प्रकाश 7:1-17
प्रकाश 7:1-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसपछि पृथ्वीमा वा समुद्रमा वा रूखमा बतास नचलोस् भनी चार स्वर्गदूतहरू पृथ्वीका चारै बतासलाई रोकेर पृथ्वीका चार कुनामा उभिरहेका मैले देखें। तब जीवित परमेश्वरको मोहोर साथमा लिई अर्को एक जना स्वर्गदूत पूर्वबाट उक्लेका मैले देखें। पृथ्वी र समुद्रलाई हानि पुर्याउने अख्तियार दिइराखेका चार स्वर्गदूतलाई यसो भनेर तिनले चर्को सोरले भने, “हामीले हाम्रा परमेश्वरका दासहरूका निधारमा मोहोर नलाउञ्जेल पृथ्वी, समुद्र वा रूखहरूलाई केही हानि नगर।” तब मैले मोहोर लगाइएकाहरूको संख्या सुनें। तिनीहरू एक लाख चवालीस हजार थिए, र तिनीहरू इस्राएलका सन्तानको प्रत्येक कुलबाट थिए। यहूदाको कुलबाट बाह्र हजारलाई मोहोर लगाइयो, रूबेनको कुलबाट बाह्र हजारलाई, गादको कुलबाट बाह्र हजारलाई, आशेरको कुलबाट बाह्र हजारलाई, नप्तालीको कुलबाट बाह्र हजारलाई, मनश्शेको कुलबाट बाह्र हजारलाई, शिमियोनको कुलबाट बाह्र हजारलाई, लेवीको कुलबाट बाह्र हजारलाई, इस्साखारको कुलबाट बाह्र हजारलाई, जबूलूनको कुलबाट बाह्र हजारलाई, योसेफको कुलबाट बाह्र हजारलाई, बेन्यामीनको कुलबाट बाह्र हजारलाई मोहोर लगाइयो। यसपछि कुनै मानिसले गन्न नसक्ने एउटा ठूलो भीड, जो हरेक जाति, सबै कुलहरू, मानिसहरू र भाषा बोल्नेबाट थियो, सेता पोशाक पहिरेर हातमा खजूरका हाँगा लिई सिंहासन र थुमाको सामुन्ने उभिरहेको मैले देखें। तिनीहरू उच्च सोरले कराए: “सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्वर र थुमामा मुक्ति छ।” अनि सिंहासन, धर्म-गुरुहरू र चार जीवित प्राणीहरूका वरिपरि सबै स्वर्गदूतहरू उभिए, र तिनीहरू सिंहासनको सामुन्ने घोप्टो परी यसो भन्दै परमेश्वरलाई दण्डवत् गरे। “आमेन! हाम्रा परमेश्वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, सम्मान, शक्ति र सामर्थ्य सदासर्वदा होस्। आमेन!” धर्म-गुरुहरूमध्ये एक जनाले मलाई सोधे, “यी सेता पोशाक लाउनेहरू को हुन्, र कहाँबाट आएका हुन्?” अनि मैले तिनलाई भने, “हजुर, तपाईं नै जान्नुहुन्छ।” तिनले मलाई भने, “यिनीहरू ती नै हुन्, जुनहरू महासङ्कष्टबाट आएका हुन्, र तिनीहरूले आ-आफ्ना पोशाकहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्। यसैकारण, “तिनीहरू परमेश्वरका सिंहासनको सामुन्ने छन्, र दिनरात उहाँको मन्दिरमा उहाँको सेवा गर्दछन्, र सिंहासनमा विराजमान हुनुहुनेले आफ्नै उपस्थितिले तिनीहरूलाई शरण दिनुहुनेछ। तिनीहरू कहिल्यै भोकाउने र तिर्खाउनेछैनन्, सूर्यको राप अथवा कुनै प्रचण्ड ताप तिनीहरूमाथि पर्नेछैन, किनकि सिंहासनको बीचमा हुनुहुने थुमा तिनीहरूका गोठालो हुनुहुनेछ, र तिनीहरूलाई डोर्याएर जिउँदो पानीको स्रोतसम्म लानुहुनेछ, र परमेश्वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”
प्रकाश 7:1-17 पवित्र बाइबल (NERV)
यो घट्ना पछि मैले चारवटा स्वर्गदूतहरूलाई पृथ्वीका चारकुनामा उभिएको देखें। ती स्वर्गदूतहरूले वायुलाई भूमिमा वा समुद्रमा वा कुनै बृक्षमा वहनदेखि रोक्नुको लागि पृथ्वीका चारै वायुलाई समातिरहेका थिए। त्यसपछि मैले अर्को स्वर्गदूतलाई पूर्वबाट आइरहेको देखें। त्यो स्वर्गदूतको साथमा सजीव परमेश्वरको मोहर थियो। त्यो स्वर्गदूतले ठूलो स्वरमा ती चार स्वर्गदूतहरूलाई बोलाए। ती चार स्वर्गदूतहरू ती थिए जसलाई परमेश्वरले पृथ्वी अनि समुद्रलाई चोट पुर्याउने शक्ति दिनु भएको थियो। त्यो स्वर्गदूतले ती चार स्वर्गदूतहरूलाई भने, “भूमि वा समुद्र वा बृक्षहरूलाई, हाम्रा परमेश्वरको सेवा गर्ने मानिसहरूको निधारमा हामीले चिन्ह नलगाउन्जेल चोट नपुर्याऊ।” तब मैले, कति जना मानिसहरूलाई चिन्हित गरियो, त्यो सुनें। त्याहाँ एकलाख चवालीस हजार थिए। तिनीहरू इस्राएलका मानिसहरूको हरेक कुल समूहबाट थिए: यहूदाको कुल समूहबाट 12,000 रुबेनको कुल समूहबाट 12,000 गादको कुल समूहबाट 12,000 आशेरको कुल समूहबाट 12,000 नप्तालीको कुल समूहबाट 12,000 मनश्शेको कुल समूहबाट 12,000 शिमियोनको कुल समूहबाट 12,000 लेवीको कुल समूहबाट 12,000 इस्साखारको कुल समूहबाट 12,000 जबूलूनको कुल समूहबाट 12,000 यूसुफको कुल समूहबाट 12,000 बेन्यामीनको कुल समूहबाट 12,000 त्यासपछि मैले हेरें, अनि त्यहाँ कसैले गनिनसक्ने मानिसहरू थिए। तिनीहरू पृथ्वीका हरेक राष्ट्र, जाति, कूल अनि विभिन्न भाषाका मानिसहरू थिए। तिनीहरू सिंहासन अनि भेंडा़को पाठा सामुन्ने उभिरहेका थिए। तिनीहरू सबै सेतो पोशाकमा थिए अनि तिनीहरूका हातमा खजूरका हाँगा थिए। तिनीहरू ठूलो स्वरमा कराए, “हाम्रा परमेश्वर जो सिंहासनमा विराजमान हुनुहुन्छ अनि भेंडा़को पाठाको जय होस्।” अग्रजहरू अनि ती चार सजीव वस्तुहरू त्यहाँ थिए। सबै स्वर्गदूतहरू तिनीहरूको अघि सिंहासनको वरिपरि थिए। ती स्वर्गदूतहरूले सिंहासनको अघि घुँडा टेके अनि परमेश्वरको उपासना गरे। तिनीहरूले भने, “आमिन! प्रशंसा, महिमा, ज्ञान, धन्यवाद, सम्मान, शक्ति अनि पराक्रम सदा-सर्वदा हाम्रा परमेश्वरलाई रहोस्। आमिन।” तब एकजना अग्रजले मलाई सोधे, “यी सेता पोशाकका मानिसहरू को हुन्? तिनीहरू कहाँवाट आएका हुन्?” मैले उतर दिएँ, “महाशय, तपाईंले चिन्नुहुन्छ।” अनि अग्रजले भने, “यी ती मानिसहरू हुन् जसले महा-यातना भोगेर आएका छन्। तिनीहरूले भेंडा़को रगतले आफ्ना पोशाक धोएका छन्। अब तिनीहरू शुद्ध अनि सेता भएका छन्। यसर्थ अहिले यी मानिसहरू परमेश्वरको सिंहासनको सामुन्ने छन्। तिनीहरू दिन रात परमेश्वरको उपासना उहाँको मन्दिरमा गर्छन्। अनि उनी एक, जो सिंहासनमा बस्छन् तिनीहरूलाई रक्षा गर्नेछन्। तिनीहरूले कहिल्यै भोकाएको महशुस गर्ने छैनन्। तिनीहरू फेरि कहिल्यै तृषित हुने छैनन्। सूर्यले तिनीहरूलाई कहिले क्षति पुर्याउने छैन। तिनीहरूलाई गर्मिले पोल्ने छैन। सिंहासनको माझमा भएको भेंडा़को पाठा तिनीहरूको गोठालो हुनुहुनेछ। उनले तिनीहरूलाई पानीको मुलतिर लानेछन् जसले जीवन प्रदान गर्नेछन्। अनि परमेश्वरले तिनीहरूका आँखाबाट प्रत्येक थोपा आँसु पुछिदिनेछन्।”
प्रकाश 7:1-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसपछि मैले चार जना स्वर्गदूतहरूलाई पृथ्वीको चार कुनामा उभिरहेका देखेँ, जसले जमिनमा, समुद्रमा अथवा कुनै रूखमा कतैबाट पनि बतास नचलोस् भनेर रोक्नलाई पृथ्वीका चारै वटा बतासलाई रोकिराखेका थिए। तब मैले जीवित परमेश्वरको छाप लिएर अर्को स्वर्गदूतलाई पूर्वबाट उक्लिरहेको देखेँ। उनले जमिन र समुद्रलाई हानि गर्ने अख्तियार पाएका चार जना स्वर्गदूतहरूलाई जोडसित भने, “जबसम्म हामीले परमेश्वरका सेवकहरूका निधारहरूमा छाप लगाइसक्दैनौँ, तबसम्म जमिन, समुद्र अथवा रूखहरूलाई हानि नगर्नू।” तब मैले छाप पाएकाहरूको संख्या सुनेँ, अर्थात् तिनीहरू इस्राएलका सबै कुलहरूबाट 1,44,000 थिए। यहूदाको कुलबाट 12,000 लाई छाप लगाइयो। रूबेनको कुलबाट 12,000 लाई, गादको कुलबाट 12,000 लाई, आशेरको कुलबाट 12,000 लाई, नप्तालीको कुलबाट 12,000 लाई, मनश्शेको कुलबाट 12,000 लाई, शिमियोनको कुलबाट 12,000 लाई, लेवीको कुलबाट 12,000 लाई, इस्साखारको कुलबाट 12,000 लाई, जबूलूनको कुलबाट 12,000 लाई, योसेफको कुलबाट 12,000 लाई, बेन्यामीनको कुलबाट 12,000 लाई छाप लगाइयो। त्यसपछि मैले प्रत्येक राष्ट्र, कुल, जाति र भाषाबाट कसैले गन्न नसक्ने एउटा ठूलो भीडलाई सिंहासनको र थुमाको सामु उभिरहेका देखेँ। तिनीहरूले पाउसम्मै लामो सेतो वस्त्र पहिरेका र हातमा खजूरका हाँगाहरू लिएका थिए। तिनीहरू चर्को सोरमा कराए: “सिंहासनमा विराजमान हुनुहुने, हाम्रा परमेश्वर र थुमामा मुक्ति छ।” सबै स्वर्गदूतहरू सिंहासन, प्रधानहरू र चार वटा जीवित प्राणीहरूका वरिपरि उभिरहेका थिए। तिनीहरू सिंहासनको सामु घोप्टो परे, र यसो भन्दै परमेश्वरलाई आराधना गरे, “आमेन! हाम्रा परमेश्वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, आदर, शक्ति र बल सदासर्वदा भइरहोस्! आमेन!” तब प्रधानहरूमध्ये एक जनाले मलाई सोधे, “यी सेता वस्त्र पहिरनेहरू को हुन् र कहाँबाट आएका हुन्?” तब मैले उत्तर दिएँ, “हजुर, तपाईं नै जान्नुहुन्छ।” अनि तिनले भने, “यी तिनीहरू हुन्, जो महासङ्कष्टबाट निस्केर आएका छन्; तिनीहरूले आफ्ना वस्त्रहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्। यसकारण “तिनीहरू परमेश्वरको सिंहासनको सामु छन्; अनि तिनीहरू उहाँको मन्दिरमा दिनरात उहाँको सेवा गर्छन्; अनि सिंहासनमा बस्नुहुनेले आफ्नो उपस्थितिले तिनीहरूलाई शरण दिनुहुनेछ। ‘तिनीहरू फेरि कहिल्यै भोकाउने छैनन्; तिनीहरू फेरि कहिल्यै तिर्खाउनेछैनन्। तिनीहरूलाई सूर्यको प्रचण्ड तापले पोल्नेछैन।’ किनकि सिंहासनको बीचमा हुनुहुने थुमा तिनीहरूका गोठाला हुनुहुनेछ; ‘उहाँले तिनीहरूलाई जिउँदो पानीको स्रोतसम्म डोर्याउनुहुनेछ।’ ‘अनि परमेश्वर आफैँले तिनीहरूका आँखाहरूबाट सबै आँसुहरू पुछिदिनुहुनेछ।’”
प्रकाश 7:1-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि पृथ्वीमा, समुद्रमा अथवा कुनै रूखमा हावा नचलोस् भनेर चार जना स्वर्गदूत पृथ्वीका चारै दिशाका बतासलाई रोकेर पृथ्वीका चारै कुनामा उभिरहेका मैले देखें। जिउँदो परमेश्वरको मोहर बोकेर पूर्वपट्टिबाट उक्लदैगरेको मैले एउटा स्वर्गदूत देखें र पृथ्वी र समुद्रलाई बिगार्ने अधिकार पाएका चार जना स्वर्गदूतलाई उनले ठूलो सोरले यसो भने, “हामीले हाम्रा परमेश्वरका सेवकहरूका निधारमा मोहर नलगाउञ्जेल पृथ्वी, समुद्र र रूखहरूलाई नबिगार!” अनि यसरी परमेश्वरका मोहर लागेकाहरूको सङ्ख्या इस्राएलीहरूको हरेक कुलबाट गरेर एक लाख चवालीस हजार भएको मलाई कसैले भन्यो। इस्राएलका एक कुलबाट बाह्र हजार गरी मोहर लगाइएको थियो: यहूदाको कुलबाट बाह्र हजार रूबेनको कुलबाट बाह्र हजार गादको कुलबाट बाह्र हजार आशेरको कुलबाट बाह्र हजार नप्तालीको कुलबाट बाह्र हजार मनश्शेको कुलबाट बाह्र हजार शिमियोनको कुलबाट बाह्र हजार लेवीको कुलबाट बाह्र हजार इस्साखारको कुलबाट बाह्र हजार जबूलूनको कुलबाट बाह्र हजार योसेफको कुलबाट बाह्र हजार बिन्यामीनको कुलबाट बाह्र हजार। त्यसपछि मैले हेरें अनि कसैले पनि गन्न नसक्ने एउटा ठूलो भीड देखें। उनीहरू हरेक जाति, कुल, देश र भाषाबाट आएका थिए। उनीहरू सेतो पोशाक लगाएर हातमा खजुरका स्याउला समाती मूल सिंहासन र थुमाका अगाडि उभिरहेका थिए। उनीहरू ठूलो सोरले यसो भनेर कराए: “सिंहासनमा विराजमान् हुनुहुने हाम्रा परमेश्वर र थुमाबाट नै हाम्रो उद्धार हुन्छ।” मूल सिंहासन, धर्म-गुरु र चार जीवित प्राणीका वरिपरि स्वर्गदूतहरू उभिरहेका थिए। उनीहरूले सिंहासनको अगाडि दण्डवत् गरी यसो भनेर परमेश्वरको जयजयकार गरे: “आमेन। प्रशंसा, सम्मान्, ज्ञान-बुद्धि, धन्यवाद, आदर, अधिकार र शक्ति सदासर्वदा हाम्रा परमेश्वरकै हुन्! आमेन!” एक जना धर्म-गुरुले मलाई सोधे, “यी सेता लुगा लगाएका मानिसहरू को हुन् र कहाँबाट आएका हुन्?” मैले उनलाई भनें, “मलाई थाहा छैन। हजुरलाई नै थाहा छ।” उनले मलाई भने, “उनीहरूचाहिँ ठूलो सतावट सहेर आएका छन् र उनीहरूले आफ्ना-आफ्ना लुगा थुमाको रगतले धोएर सेता पारेका छन्। यसकारण उनीहरू परमेश्वरको अगाडि छन् र दिन-रात उहाँको पवित्र मन्दिरमा उहाँको सेवा गर्छन्। सिंहासनमा विराजमान् हुनुहुनेचाहिँ उनीहरूको बीचमा रहेर तिनीहरूको रक्षा गर्नुहुनेछ। उनीहरू अबदेखि कहिल्यै भोकाउने र तिर्खाउनेछैनन्। घामले वा कुनै चर्को तापले उनीहरूलाई पोल्नेछैन किनभने सिंहासनको बीचमा हुनुहुने थुमाले नै उनीहरूको गोठालो भएर रक्षा गर्नुहुनेछ। उहाँले उनीहरूलाई जीवनको पानीका मूलमा डोर्याएर लानुहुनेछ। अनि परमेश्वरले नै उनीहरूका आँखाबाट हरेक आँसु पुछिदिनुहुनेछ।”