प्रकाश 6:1-17
प्रकाश 6:1-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसपछि थुमाले सात वटा मोहरमध्ये पहिलो मोहरलाई खोल्नुभएको मैले देखें र ती चार जीवित प्राणीमध्ये एउटाले गर्जनको जस्तो सोरले “आऊ!” भनेको मैले सुनें। मेरो अगाडि सेतो एउटा घोडा देखा पर्यो र यसमाथि चढ्ने मानिसले एउटा धनु समाएको थियो, त्यसलाई एउटा मुकुट दिइयो र अरूलाई जित्दै विजय पाउनलाई त्यो अघि बढेर गयो। त्यसपछि थुमाले दोस्रो मोहर खोल्नुभयो र मैले दोस्रो जीवित प्राणीले “आऊ!” भनेको सुनें। अर्को एउटा रातो घोडा निस्क्यो र मानिसहरूले एक-अर्कालाई मारामार गरून् भनेर त्यस रातो घोडामाथि चढ्नेलाई लडाइँ ल्याउने अधिकार दिइएको थियो। उसलाई एउटा ठूलो तरवार दिइयो। त्यसपछि थुमाले तेस्रो मोहर खोल्नुभयो र तेस्रो जीवित प्राणीले “आऊ!” भनेको मैले सुनें। कालो घोडा निस्क्यो। यसमाथि चढ्ने मानिसको हातमा एउटा तराजु थियो। “एक दिनको ज्यालाले एक किलो गहुँ वा तीन किलो जौ किन्न सकिन्छ तर भद्राक्ष र अङ्गुरका बोटलाई खति नगर।” अनि थुमाले चौथो मोहर खोल्नुभयो र चौथो जीवित प्राणीले “आऊ!” भनेको मैले सुनें। मैले हेरें! हल्का पहेंलो रङ्गको एउटा घोडा देखा पर्यो। यसमाथि चढ्नेको नाउँ “मृत्यु” थियो र पाताल पनि यसको पछि लागेको थियो। तिनीहरूलाई लडाइँ, अनिकाल, महामारी र जङ्गली जन्तुहरूद्वारा एक चौथाइ भाग नाश गर्ने अधिकार दिइएको थियो। यसपछि थुमाले पाँचौँ मोहर खोल्नुभयो र वेदीमुनि परमेश्वरको वचन सुनाएको र उहाँको साँचो साक्षी बनेको कारणले मारिएका विश्वासी सहिदहरूका आत्माहरू मैले देखें। उनीहरूले यसो भनेर ठूलो सोरले कराए, “हे पवित्र, सत्य, सर्वशक्तिमान् परमप्रभु! हामीलाई मारेको कारण पृथ्वीका मानिसहरूलाई कहिले न्याय गरी उचित दण्ड दिनुहुनेछ?” यी प्रत्येकलाई एक-एक वटा सेतो पोशाक दिइएको थियो र तिनीहरूलाई यसो भनिएको थियो कि तिमीहरूका सहकर्मी र भाइहरू सबै तिमीहरूजस्तै नमारिउञ्जेल विश्राम गर। अनि थुमाले छैटौँ मोहर खोल्नुभएको मैले देखें। एउटा डरलाग्दो भूइँचालो गयो। कालो, खस्रो कपडाजस्तो घाम अँध्यारो भयो र जून रगतजस्तो पूरै रातो भयो। हुरीले नेभाराको रूख हल्लाउँदा त्यसका नपाकेका फल झारेझैँ आकाशका ताराहरू पृथ्वीमा खसे। कागज बेरिएझैँ आकाश हटेर गयो र पहाड र टापुहरू आफ्नै ठाउँबाट सारिए। यसपछि संसारका राजा, शासक, सेनापति, धनी, अधिकारी, कमारा, मुक्त र अरू सबै मानिसहरू ओडार, पर्वत र चट्टानका कुना-काप्चातिर लुके। तिनीहरूले पर्वत र चट्टानलाई भने, “सिंहासनमा विराजमान् हुनुहुनेको सामुबाट र थुमाको क्रोधबाट हामीलाई लुकाउन हामीमाथि खस किनभने तिनीहरूले न्याय र सजाय दिने ठूलो दिन आइसक्यो र कसले त्यो दिन सहन सक्ला?”
प्रकाश 6:1-17 पवित्र बाइबल (NERV)
तब, भेंडा़को पाठाले सातवटा मोहर मध्ये पाहिलो मोहर खोलेको बेला मैले हेरें। मैले ती चार सजीव वस्तुहरू मध्ये एक बस्तु गर्जनको जस्तै आवाजमा बोलेको सुनें, “आऊ”। अनि मैले देखें त्यहाँ मेरो अघि एउटा सेतो घोडा थियो। घोड सवारको धनु थियो। घोड-सवारलाई मुकुट प्रदान गरियो। अनि तिनी विजेता झैं अझ विजय हासिल गर्न अघि बढे। भेंडा़को पाठाले दोस्रो मोहर खोल्यो। तब मैले दोस्त्रो सजीव वस्तुले “आऊ” भनेको सुनें। तब अर्को घोडा वाहिर आयो। त्यो रातो घोडा थियो। त्यो घोड-सवारलाई पृथ्वीदेखि शान्ति उठाएर लाने अनि मानिसहरूलाई एक-अर्कामा हत्या गराउने अधिकार प्रदान गरियो। त्यस घोड-सवारलाई एक विशाल तरवार दिइयो। त्यो भेंडा़को पाठाले तेस्रो मोहर खोल्यो। तब मैले तेस्रो सजीव वस्तुले “आऊ” भनेको सुनें। मैले हेरे, अनि त्यहाँ कालो घोडा थियो। घोड-सवारले आफ्नो हातमा एक जोर तराजु लिएको थियो। तब मैले केही आवाज जस्तै सुनें। त्यो स्वर ती चार सजीव वस्तुहरू भएको स्थानबाट आएको थियो। त्यो आवाजले भन्यो, “एक दिनको पारिश्रमिक एक किलो गहुँ अनि एक दिनको परिश्रमिक तीन किलो जौं, तर तेल अनि दाखरस नष्ट नपार्नु।” त्यो भेंडा़को पाठाले चौथो मोहर खोल्यो। तब मैले चौथो सजीव वस्तुले “आऊ” भनेको सुनें। मैले हेरें अनि त्यहाँ मेरो अघि पहेंलो रङ्गको घोडा थियो। त्यो घोडसवार मृत्यु थियो। उसको पछि पाताल लोकले पछ्याइरहेथ्यो। तिनीहरूलाई एक-चौथाइ पृथ्वीमाथि तरवार, अकाल, महामारी अनि पृथ्वीका जङ्गली पशुहरूद्वारा मानिसहरूलाई मार्ने अधिकार दिइएको थियो। त्यो भेंडा़को पाठाले पाँचौं मोहर खोल्यो। तब मैले वेदी मूनि केही आत्माहरू देखें। ती आत्माहरू ती मारिएका मानिसहरूका थिए किनभने तिनीहरू परमेश्वरको सन्देश अनि तिनीहरूले प्राप्त गरेको सत्याप्रति विश्वासी थिए। यी आत्माहरूले ठूलो स्वरमा कराए, “पवित्र अनि सत्य परमप्रभु, हाम्रो हत्या गरेकोमा पृथ्वीका मानिसहरूको न्याय गर्नमा अनि उनीहरूलाई दण्ड दिनमा कति लामो समय र्पखिरहनु हुन्छ?” त्यसपछि ती आत्माहरू प्रत्येकलाई सेतो पोशाक दिइयो। तिनीहरूलाई केही समय प्रतीक्षा गर्नु भनियो। तिनीहरूका अझ कोही भाइहरू जसलाई तिनीहरू जस्तै मारिनु थियो ख्रीष्टका सेवामा तिनीहरूसित थिए। ती आत्माहरूलाई यो मार्ने काम पुरा नभए सम्म प्रतीक्षा गर्नु भनियो। तब, त्यो भेंडा़को पाठाले छैटौं मोहर खोल्यो। त्यहाँ डरलाग्दो भूँईचालो गयो। सूर्य, केशले बनिएको वस्त्र जस्तै कालो भयो। चन्द्रमा पूर्ण रगत जस्तै रातो भइहाल्यो। आकाशका ताराहरू, तेज हावाले नेभाराको रुखबाट नेभाराहरू झरे जस्तै पृथ्वीमा भरे। आकाश पत्र बेह्रिए झैं हरायो। अनि हरेक पर्वत अनि द्वीप आफ्ना ठाँउबाट सरे। तब समस्त मानिसहरू गुफाहरूमा अनि पर्वतका चट्टानहरूमुनि लुके। त्यहाँ संसारका राजाहरू, शासकहरू, सेनाध्यक्षहरू, अनि शक्ति सम्पन्न मानिसहरू थिए। हरेक मानिस, दास अनि मुक्त सबैले स्वयंलाई लुकाए। मानिसहरूले पर्वत अनि चट्टानहरूलाई भने, “हामीमाथि खस। हामीलाई सिंहासनमा बस्ने तिनी एकबाट लुकाऊ। हामीलाई भेंडा़को पाठाको क्रोधबाट बचाऊ। तिनीहरूको क्रोध दिवस आईपुग्यो अनि यसको विरुद्धमा को उभिन सक्छ?”
प्रकाश 6:1-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब थुमाले ती सातमध्ये एउटा मोहोर तोड्नुभएको मैले देखें, तब चार जीवित प्राणीहरूमध्ये एक जनाले मेघ गर्जन जस्तो आवाजले यसो भनेको मैले सुनें, “आऊ!” अनि मैले एउटा सेतो घोडा देखें, त्यसमाथि सवार हुनेसित एउटा धनु थियो, र त्यसलाई एउटा मुकुट दिइयो, अनि त्यो विजयी भएर विजय गर्न निस्क्यो। जब उहाँले दोस्रो मोहोर तोड्नुभयो, तब दोस्रो जीवित प्राणीले “आऊ” भनेको मैले सुनें। अर्को एउटा उज्ज्वल रातो घोडा बाहिर निस्किआयो। मानिसहरूले एक-अर्काको हत्या गरून् भनी यस घोड़सवारलाई पृथ्वीबाट शान्ति हरण गर्ने अख्तियार दिइयो। त्यसलाई एउटा ठूलो तरवार दिइयो। जब उहाँले तेस्रो मोहोर तोड्नुभयो, तेस्रो जीवित प्राणीले “आऊ” भनेको मैले सुनें। मैले एउटा कालो घोडा देखें। घोड़सवारको हातमा एउटा तराजू थियो। ती चार जीवित प्राणीका बीचमा एउटा आवाजले यसो भनेजस्तो मैले सुनें, “एक दिनको ज्यालामा एक किलो गहूँ, र एक दिनको ज्यालामा तीन किलो जौ, तर तेल र दाखमद्यलाई हानि नगर्नू।” जब उहाँले चौथो मोहोर तोड्नुभयो, तब चौथो जीवित प्राणीले “आऊ” भनेको मैले सुनें। मैले पहेँलो घोडा देखें, र घोड़सवारको नाउँचाहिँ “मृत्यु” थियो, र “पाताल” चाहिँ त्यसको पछिपछि लागेको थियो। अनि पृथ्वीको चौथाइ भागलाई तरवार, अनिकाल, महामारी र पृथ्वीका जङ्गली जनावरहरूद्वारा मार्ने अख्तियार तिनीहरूलाई दिइएको थियो। जब उहाँले पाँचौँ मोहोर तोड्नुभयो, तब वेदीमुन्तिर मैले तिनीहरूका आत्माहरू देखें, जो परमेश्वरका वचनको निम्ति र तिनीहरूले दिएका गवाहीको कारण मारिएका थिए। अनि तिनीहरूले यसो भनेर चर्को सोरले कराए, “हे सर्वशक्तिमान् पवित्र र सत्य प्रभु, अझै कहिलेसम्म तपाईंले पृथ्वीमा रहनेहरूको इन्साफ गर्नुहुन्न र हाम्रो रगतको बदला लिनुहुन्न?” तिनीहरू प्रत्येकलाई एउटा सेतो पोशाक दिइयो, र तिनीहरूका सहकर्मी र भाइहरू पनि तिनीहरूजस्तै मारिएर संख्यामा पूरा नभएसम्म केही बेर विश्राम गर्नू भनी तिनीहरूलाई भनियो। जब उहाँले छैटौँ मोहोर तोड्नुभयो, तब मैले ठूलो भूकम्प गएको देखें। सूर्य भाङ्ग्राजस्तो कालो भयो, र पूर्णिमाको चन्द्रमा रगतजस्तै रातो भयो। अनि अञ्जीरको रूखलाई बतासले हल्लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्वीमा खसे। आकाशचाहिँ चर्मपत्रको मुट्ठो बेह्रिएझैँ लोप भयो, र हरेक टापू र पहाड तिनीहरूका आ-आफ्ना ठाउँबाट हटेर गए। तब पृथ्वीका राजाहरू, राजकुमारहरू, जर्नेलहरू, धनीहरू, बलियाहरू, हरेक दास र स्वतन्त्र मानिस पहाड़का गुफाहरू र चट्टानहरू हुँदो लुके। तिनीहरूले पहाड़हरू र चट्टानहरूलाई भने, “हामीमाथि खस, र सिंहासनमा विराजमान हुनुहुनेको मुहारबाट, र थुमाको क्रोधबाट हामीलाई लुकाओ, किनकि उहाँहरूका क्रोधको ठूलो दिन आएको छ, र यसको अगि को खड़ा हुन सक्छ?”
प्रकाश 6:1-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
थुमाले सात वटा छापहरूमध्ये पहिलो छाप खोल्नुभएको मैले देखेँ। तब ती चार जीवित प्राणीहरूमध्ये एउटाले गर्जनझैँ आवाजमा यसो भनिरहेको सुनेँ, “आऊ!” अनि त्यहाँ मैले मेरो सामु एउटा सेतो घोडा देखेँ! त्यसमाथि सवारले एउटा धनु समातेको थियो, र उसलाई एउटा मुकुट दिइयो; अनि ऊ विजय गर्ने उद्देश्यले विजयीझैँ निस्क्यो। जब थुमाले दोस्रो छाप खोल्नुभयो, तब मैले दोस्रो जीवित प्राणीले यसो भनिरहेको सुनेँ, “आऊ!” अनि अर्को उज्ज्वल रातो घोडा आयो। उसलाई एउटा ठूलो तरवार दिइयो। त्यसको सवारलाई संसारदेखि शान्ति उठाइलैजाने र मानिसहरूले एक-अर्कालाई मारून् भन्ने अख्तियार दिइयो। जब थुमाले तेस्रो छाप खोल्नुभयो, तब मैले तेस्रो जीवित प्राणीले यसो भनिरहेको सुनेँ, “आऊ!” मैले हेरेँ, र मेरो सामु एउटा कालो घोडा थियो! त्यसको सवारको हातमा एउटा तराजु थियो। तब ती चार जीवित प्राणीहरूमध्ये एउटा आवाजले यसो भनिरहेको मैले सुनेँ, “एक दिनको ज्याला एक किलो गहुँ र एक दिनको ज्याला, तीन किलो जौ; तेल र दाखमद्यलाई हानि नगर्नू!” जब थुमाले चौथो छाप खोल्नुभयो, मैले चौथो जीवित प्राणीले यसो भनिरहेको सोर सुनेँ, “आऊ!” मैले हेरेँ, मेरो सामु एउटा हल्का हरियो रङ्गको घोडा थियो! त्यसको सवारलाई मृत्यु भन्ने नाम दिइएको थियो, र पातालचाहिँ त्यसको पछि-पछि लागेको थियो। तिनीहरूलाई संसारको चौथाइ भागलाई तरवारले, कालले, रूढीले र संसारका जङ्गली जन्तुहरूले मार्ने शक्ति दिइएको थियो। जब थुमाले पाँचौँ छाप खोल्नुभयो, तब मैले वेदीको मुनि तिनीहरूका आत्माहरूलाई देखेँ, जो परमेश्वरको वचनको कारण र आफ्नो साक्षी कायम राखेको कारण मारिएका थिए। तिनीहरूले जोडसित यसो भने, “हे सार्वभौम, पवित्र र सत्य प्रभु, तपाईंले कहिलेसम्म संसारका बासिन्दाहरूमाथि न्याय गरेर हाम्रा रगतको बदला लिनुहुन्न र?” तब ती प्रत्येकलाई पाउसम्म लामो सेतो वस्त्र दिइयो; अनि तिनीहरूका सङ्गी-सेवकहरू र दाजुभाइ-दिदीबहिनीहरू पनि तिनीहरूझैँ मारिएर संख्यामा पूरा नभएसम्म केही समय पर्खिनू भनी तिनीहरूलाई भनियो। थुमाले छैटौँ छाप खोल्नुभएको मैले हेरेँ। तब एउटा ठूलो भुइँचालो गयो। सूर्यचाहिँ बाख्राको रौँले बनिएको भाङ्ग्राझैँ कालो भयो; अनि सम्पूर्ण चन्द्रमा रगतजस्तो रातो भयो; अनि आकाशका ताराहरूचाहिँ नपाकेका अञ्जीरहरू हावाले हल्लाइँदा झरेझैँ पृथ्वीमा झरे। आकाशचाहिँ पत्रको मुठाझैँ बेह्रिएर गयो; अनि प्रत्येक पहाड र टापुचाहिँ आफ्नो ठाउँबाट हटिगए। तब संसारका राजाहरू, राजकुमारहरू, सेनापतिहरू, धनीहरू, पराक्रमीहरू, प्रत्येक सेवक र स्वतन्त्र व्यक्ति, ओडार, चट्टान र पहाडहुँदो लुके। तिनीहरूले पहाड र चट्टानहरूलाई भने, “हामीमाथि खस र हामीलाई सिंहासनमाथि बस्नुहुनेको अनुहारदेखि र थुमाको क्रोधदेखि लुकाइदेओ! किनकि उहाँहरूको क्रोधको महा दिन आइपुगेको छ, र यसको सामना कसले गर्न सक्ला र?”