प्रकाश 5:9-10
प्रकाश 5:9-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले यसो भन्दै एउटा नयाँ गीत गाए: “तपाईं यो चर्मपत्रको मुट्ठो लिने र त्यसका मोहोरहरू तोड्ने योग्यका हुनुहुन्छ, तपाईं मारिनुभयो र आफ्नो रगतद्वारा तपाईंले परमेश्वरको निम्ति हरेक कुल, भाषा, मानिस र जातिबाट मानिसहरूलाई छुटकारा दिनुभयो, र तिनीहरूलाई राज्य र हाम्रा परमेश्वरका पूजाहारी बनाउनुभएको छ, र तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन्।”
प्रकाश 5:9-10 नेपाली समकालीन संस्करण (NCV)
अनि तिनीहरूले एउटा नयाँ गीत गाए: “तपाईं यो चर्मपत्र लिने र त्यसका छापहरू खोल्ने योग्यको हुनुहुन्छ, किनकि तपाईं काटिनुभएको थियो, अनि तपाईंको रगतद्वारा तपाईंले मानिसहरूलाई प्रत्येक कुल र भाषाबाट अनि जातिहरूलाई र राष्ट्रहरूलाई परमेश्वरको निम्ति किन्नुभयो। तपाईंले तिनीहरूलाई हाम्रा परमेश्वरको सेवा गर्नलाई एक राज्य र पूजाहारीहरू बनाउनुभयो; अनि तिनीहरूले संसारमा राज्य गर्नेछन्।”
प्रकाश 5:9-10 पवित्र बाइबल (NERV)
अनि तिनीहरू सबैले भेंडा़को पाठाको लागि एउटा नयाँ गीत गाए: “तिमी त्यो बेह्रिएको चर्मपत्र लिन अनि त्यसको मोहर खोल्न योग्य छौ, किनभने तिमी मारिएका थियौ, अनि तिम्रो रगतद्वारा तिमीले परमेश्वरका निम्ति हरेक जाति, भाषा, कुल अनि राष्ट्रबाट मानिसहरूलाई किन्यौ। यी मानिसहरूलाई तिमीले राज्यको रुप दियौ अनि, तिमीले यी मानिहरूलाई हाम्रा परमेश्वरका निम्ति पूजाहारीहरू बनायौ। अनि तिनीहरूले पृथ्वीमाथि शासन गर्नेछन्।”
प्रकाश 5:9-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उनीहरूले यसो भनेर एउटा नयाँ गीत गाए, “यस कागजको मुट्ठा लिन र यसका मोहर तोडेर खोल्न तपाईं मात्र योग्य हुनुहुन्छ किनभने तपाईं मारिनुभयो र आफ्नो रगतले सबै कुल, भाषा, देश र जातिबाट परमेश्वरको लागि मानिसहरूलाई किन्नुभयो। त्यसबाट हाम्रा परमेश्वरका सेवा गर्नलाई पूजाहारीको एउटा राज्य खडा गर्नुभयो अनि तिनीहरूले संसारमाथि राज गर्नेछन्।”