प्रकाश 5:3-6
प्रकाश 5:3-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
स्वर्गमा अथवा पृथ्वीमा वा पृथ्वीमुनि यो चर्मपत्रको मुट्ठो खोल्न वा त्यसभित्र हेर्न सक्ने कोही थिएन। कोही पनि त्यो चर्मपत्रको मुट्ठो खोल्ने अथवा त्यसभित्र हेर्ने योग्यको नपाइएको हुनाले म खूबै रोएँ। तब धर्म-गुरुहरूमध्ये एक जनाले मलाई भने, “नरोऊ! हेर, यहूदाका कुलको सिंह, दाऊदको मूल यो मुट्ठो र यी सात वटा मोहोरहरू खोल्न विजयी हुनुभएको छ।” तब मैले एउटा थुमा उभिरहनुभएको देखें, जो मारिएको जस्तो देखा पर्नुहुन्थ्यो। उहाँ सिंहासन र चार जीवित प्राणीहरूका बीचमा, र धर्म-गुरुहरूका माझमा हुनुहुन्थ्यो। उहाँका सात वटा सीङ र सात वटा आँखा थिए, जुनहरू सारा पृथ्वीमा पठाइएका परमेश्वरका सात आत्मा हुन्।
प्रकाश 5:3-6 नेपाली समकालीन संस्करण (NCV)
तर स्वर्गमा अथवा पृथ्वीमा वा पृथ्वीमुनि भएका कसैले पनि त्यस चर्मपत्रलाई खोल्न र पढ्न सकेनन्। अनि म रोइरहें, किनकि त्यस चर्मपत्र खोल्ने र पढ्ने योग्यका कोही पनि पाइएन। तब धर्मगुरुहरूमध्ये एक जनाले मलाई भने, “नरोऊ! हेर, यहूदाको कुलको सिंह, दाविदको सिंहासनको उत्तराधिकारी यो चर्मपत्र र यी सातओटा मोहरहरू खोल्न विजयी हुनुभएको छ।” तब मैले काटिनुभएको थुमाजस्तो कसैलाई सिंहासनको बीचमा उभिरहनुभएको देखें, जसको चारैतिर चारओटा जीवित प्राणीहरू र धर्मगुरुहरू थिए। थुमाका सातओटा सिङहरू अनि सातओटा आँखाहरू थिए; जुनचाहिँ संसारभरि पठाइएका परमेश्वरका सात आत्माहरू हुन्।
प्रकाश 5:3-6 पवित्र बाइबल (NERV)
तर स्वर्गमा, पृथ्वीमाथि वा पृथ्वी मुनि कोही पनि थिएन जसले त्यो बेह्रिएको चर्म-पत्र खोल्न वा भित्र हेर्न सक्थ्यो। म साह्रै रोएँ किनभने त्यो बेह्रिएको चर्मपत्र खोल्ने वा हेर्ने कोही थिएन। तर अग्रजहरू मध्ये एक जनाले मलाई भने, “नरोऊ! यहूदाका परिवार समूहबाट सिंहले विजय प्राप्त गर्यो। उनी दाऊदका सन्तान हुनुहुन्छ। उहाँ त्यो बेह्रिएको चर्मपत्र अनि त्यसका सातवटा मोहर खोल्ने योग्यको हुनुहुन्छ।” तब मैले ती चार सजीव वस्तुहरू अग्रजहरूले वरिपरि घेरिएको सिंहासनको अगाडी एउटा भेंड़ाको पाठो उभिरहेको देखें। त्यो भेंड़ाको पाठा मारिएको थुमा जस्तो देखिन्थ्यो। त्यसका सातवटा सींङ अनि सातवटा आँखहरू थिए, यी परमेश्वरका सात-आत्माहरू हुन् जो संम्पूर्ण संसारमा पठाइएका थिए।
प्रकाश 5:3-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर स्वर्गमा, पृथ्वीमा अनि पातालमा कागज खोलेर भित्र हेर्न सक्ने कोही पनि थिएन। यसो हुँदा म धेरै रोएँ, कारण कागजको मुट्ठा खोलेर हेर्न कोही योग्यको पाइएन। एक जना धर्म-गुरुले मलाई भने, “नरोऊ, हेर, यहूदा कुलको सिंह, जो दाऊदका वंशका महान् हुनुहुन्छ, उहाँ विजयी हुनुभएको छ र सातवटा मोहर तोडी त्यो कागजको मुट्ठा खोल्न सक्नुहुन्छ।” त्यसपछि मैले चार जीवित प्राणीहरू र धर्म-गुरुहरूले घेरेको त्यो सिंहासनको बीचमा एउटा थुमा उभिरहेको देखें। यो थुमाचाहिँ मारिएको जस्तो देखिन्थ्यो। त्यसका सातवटा सिङ र सातै आँखा थिए जुनचाहिँ सारा पृथ्वीमा पठाइएका परमेश्वरका सात आत्मा हुन्।