प्रकाश 2:25-28
प्रकाश 2:25-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसो भए तापनि जे तिमीहरूसँग छ, म नआउञ्जेल त्यसलाई थामिराख। जसले जित्छ र मेरा कामहरूलाई आखिरसम्मै कायम राख्छ, त्यसलाई म जाति-जातिमाथि अधिकार दिनेछु, र फलामको डन्डाले माटोका भाँड़ाहरू टुक्रा-टुक्रा पारेर फोरेझैँ त्यसले तिनीहरूलाई शासन गर्नेछ, जसरी मैले पनि मेरा पिताबाट अधिकार पाएको छु। म त्यसलाई बिहानको तारा दिनेछु।
प्रकाश 2:25-28 नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूसित जे छ, म नआउन्जेल बलियो गरी पक्रिराख। म तिमीहरूलाई योभन्दा अरू दुःख दिन्नँ।’ त्यसकारण जसले विजय हासिल गर्दछ, अनि अन्त्यसम्म मेरो इच्छा पालन गर्दछ, जसरी मैले मेरा पिताबाट अधिकार पाएको छु, म त्यसलाई राष्ट्रहरूमाथि अधिकार दिनेछु। अनि ‘त्यसले तिनीहरूमाथि फलामको राजदण्डले शासन गर्नेछ; त्यसले तिनीहरूलाई माटाको भाँडा फुटाएझैं फुटाउनेछ।’ जसरी मैले मेरा पिताबाट अधिकार पाएको छु, म त्यसलाई बिहानको तारा पनि दिनेछु।
प्रकाश 2:25-28 पवित्र बाइबल (NERV)
म नआएसम्म तिमीहरू यही तरीकामा बस। “जसले विजय प्राप्त गर्छ अनि, अन्तिम सम्म मैले चाहेका कुराहरू गरिरहन्छ म ती प्रत्येकलाई राष्ट्रहरूमाथि अधिकार दिनेछु उसले तिनीहरूमाथि अत्यन्तै कडा शासन चलाउनेछ। उसले त्यसलाई फुटेको माटाका भाँडाहरू जस्तै टुक्रा-टुक्रा पार्नेछ। जस्तो मैले मेरा पिताबाट अधिकार पाएँ, म त्यस व्यक्तिलाई दिनेछु, म त्यस व्यक्तिलाई विहानको तारा दिनेछु।
प्रकाश 2:25-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर म नआएसम्म तिमीहरूसित जे-जे छन्, तिनमा दृढ रहो। जसले जित्छ र अन्तसम्म मेरो इच्छा पूरा गरिरहन्छ, त्यसलाई म जाति-जातिमाथि अधिकार गर्न दिनेछु। त्यसपछि तिनीहरूमाथि एउटा फलामको डण्डाले शासन गर्नेछौ र तिनीहरूलाई माटाको भाँडाझैँ चकनाचुर पार्नेछौ। मैले पिताबाट पाएको यो अधिकार म तिमीहरूलाई दिनेछु। म तिमीहरूलाई बिहानको तारा पनि दिनेछु।