YouVersion लोगो
खोज आइकन

प्रकाश 19:11-21

प्रकाश 19:11-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मैले स्‍वर्ग उघ्रेको देखें र त्‍यहाँ एउटा सेतो घोडा थियो। त्‍यसमाथि सवार हुनुहुने “विश्‍वासयोग्‍य” र “सत्‍य” कहलाइनुहुन्‍छ। धार्मिकतामा उहाँले इन्‍साफ र युद्ध गर्नुहुन्‍छ। उहाँका आँखा आगोका ज्‍वालाजस्‍ता थिए, र उहाँका शिरमा धेरै राजमुकुट थिए। उहाँमा एउटा नाउँ अङ्कित थियो, जो उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन। उहाँले रगतमा चोबलिएको पोशाक पहिरनुभएको थियो, र उहाँको नाउँ “परमेश्‍वरको वचन” थियो। स्‍वर्गका सेनाहरू सेता र स्‍वच्‍छ मलमलका वस्‍त्र पहिरिई सेता घोडाहरूमा चड़ेर उहाँको पछिपछि लागे। जाति-जातिहरूलाई प्रहार गर्न उहाँको मुखबाट धारिलो तरवार निस्‍कन्‍छ, र उहाँले फलामको डन्‍डाले तिनीहरूमाथि शासन गर्नुहुनेछ। सर्वशक्तिमान्‌ परमेश्‍वरका क्रोधको दाख-कुण्‍ड उहाँले कुल्‍चनुहुन्‍छ। उहाँका पोशाक र तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” अङ्कित छ। तब मैले एउटा स्‍वर्गदूत सूर्यमा उभिरहेका देखें। तिनले मध्‍य आकाशमा उड्‌ने सबै पक्षीहरूलाई चर्को सोरले यसो भने, “आओ, परमेश्‍वरको ठूलो भोजमा भेला होओ। तिमीहरूले राजाहरू, कप्‍तानहरू, शक्तिशाली मानिसहरू र घोडाहरू र तीमाथि सवार हुनेहरू, फुक्‍का र कमारा-कमारीहरू, ठूला र साना सबैको मासु खानेछौ।” अनि घोडामा सवार हुने र उहाँका सेनाहरूका विरुद्धमा युद्ध गर्न त्‍यो पशु र पृथ्‍वीका राजाहरू र तिनका सेनाहरू भेला भएका मैले देखें। तब त्‍यो पशु र त्‍यसको उपस्‍थितिमा अचम्‍म काम गर्ने झूटो अगमवक्ता दुवै पक्राउ परे। यी अचम्‍मका कामहरूद्वारा त्‍यस झूटो अगमवक्ताले त्‍यस पशुको छाप लिने र त्‍यसको मूर्तिको पूजा गर्नेहरूलाई बहकाएको थियो। यी दुवै जलिरहेको गन्‍धकको अग्‍नि-कुण्‍डमा जिउँदै फालिए। बाँकी रहेकाहरूचाहिँ घोडामाथि सवार हुनुहुनेको मुखबाट निस्‍केको तरवारद्वारा मारिए, र सबै पक्षीहरूले तिनका मासु अघाउञ्‍जेल खाए।

शेयर गर्नुहोस्
प्रकाश 19 पढ्नुहोस्

प्रकाश 19:11-21 नेपाली समकालीन संस्करण (NCV)

मैले स्वर्ग उघ्रिएको देखें, अनि मेरो सामु एउटा सेतो घोडा थियो, जसको सवारलाई विश्‍वासयोग्य र सत्य भनिन्छ। उहाँले निष्पक्षसित न्याय र लडाइँ गर्नुहुन्छ। उहाँका आँखाहरू बल्दै गरेको आगोजस्ता छन्, अनि उहाँका शिरमा धेरै मुकुटहरू छन्। उहाँमा एउटा नाउँ लेखिएको छ, जो उहाँबाहेक अरू कसैले जान्दैन। उहाँले रगतमा चोपिएको एउटा पोशाक पहिरिनुभएको छ; अनि उहाँको नाउँ परमेश्‍वरको वचन हो। सेता घोडाहरूमा सवार भएका अनि मिहिन सेता र स्वच्छ मलमलको वस्त्र पहिरेका स्वर्गीय सेनाहरूले उहाँलाई पछ्याइरहेका थिए। राष्ट्रहरूलाई प्रहार गर्नलाई उहाँको मुखबाट एउटा धारिलो तरवार निस्केको छ। “उहाँले फलामको राजदण्डले तिनीहरूमाथि शासन गर्नुहुनेछ।” उहाँले सर्वशक्‍तिमान परमेश्‍वरको क्रोधको मद्यको कोल कुल्चनुहुनेछ। उहाँको वस्त्र र तिघ्रामा यो नाउँ लेखिएको छ: राजाहरूका राजा अनि प्रभुहरूका प्रभु। अनि मैले एकजना स्वर्गदूतलाई सूर्यमा उभिरहेका देखें, जसले आकाशको बीचमा उडिरहेका चराहरूलाई चर्को सोरमा भनिरहेका थिए, “आओ, परमेश्‍वरको ठूलो भोजको लागि एकसाथ भेला होओ, अनि तिमीहरूले राजाहरू, सेनापतिहरू, शक्‍तिशाली योद्धाहरू, घोडाहरू, त्यसका सवारहरू अनि स्वतन्त्र र सेवक सेविकाहरू, ठूला र सानाहरू सबैका मासु खान पाउनेछौ।” तब मैले त्यस पशु, र पृथ्वीका राजाहरू अनि तिनीहरूका सेनाहरूलाई त्यस घोडामाथि सवार हुनुहुने र उहाँका सेनाहरूसित युद्ध गर्नलाई एकसाथ भेला भएको देखें। तर त्यो पशु अनि त्यसको पक्षमा अचम्मका शक्‍तिशाली कामहरू गर्ने त्यो झूटा अगमवक्‍ता पक्राउ पर्‍यो। यी अलौकिक चिन्हहरूद्वारा पशुको छाप लाउने, र त्यसको मूर्तिलाई आराधना गर्नेहरूलाई बहकाएको थियो। ती दुवै गन्धक अग्निकुण्डमा जिउँदै फालिए। अरू बाँकी रहेकाहरूचाहिँ घोडामा सवार हुनुहुनेको मुखबाट निस्केको तरवारद्वारा मारिए, अनि सबै चराहरूले तिनीहरूका मासु लुछ्दै खाएर अघाए।

शेयर गर्नुहोस्
प्रकाश 19 पढ्नुहोस्

प्रकाश 19:11-21 पवित्र बाइबल (NERV)

तब मैले खोलिएको स्वर्ग देखें। मेरो सामुन्ने एउटा सेतो घोडा थियो। घोड सवारलाई विश्वासी अनि सत्य भनिन्छ। तिनी ठीक न्याय गर्छन् अनि साँच्चो लडाँईं लडाउँछन्। तिनका आँखा बल्दै गरेको आगो जस्तो छ। तिनका शिरमा अनेक मुकुटहरू छन्। तिनको नाउँ तिनीमाथि लेखिएको छ। तर तिनी मात्र एक जना छन् जसले त्यो नाउँ जान्दछन्। अन्य कुनै मानिसले त्यो नाउँ जान्दैन। तिनले रगतमा डुबाएको पोशाक पहिरेका थिए। तिनको नाउँ परमेश्वरको वचन हो। स्वर्गका सेनाहरू तिनलाई पछ्याइ रहेका थिए। तिनीहरू सेता घोडामा सवार थिए। तिनीहरू सेतो अनि सफा चिल्लो मलमलका पहिरनमा थिए। घोडसवारको मुखबाट एक धारिलो तरवार बाहिर निस्कन्छ। तिनले राष्ट्रहरूलाई परास्त गर्नका निम्ति यो तरवार प्रयोग गर्नेछन्। तिनले फलामे डन्डाले राष्ट्रहरूमाथि शासन गर्नेछन्। तिनले सर्वशक्तिमान् परमप्रभुको भयानक प्रकोपको दाख-भट्टीमा अङ्गूर निचोर्ने छन्। तिनको पोशाक अनि तिनको फिलामा यो नाउँ लेखिएको थियो: राजाहरूका राजा अनि प्रभुहरूका प्रभु त्यसपछि मैले सूर्यमा उभिएका एउटा स्वर्गदूतलाई देखें। त्यो स्वर्गदूतले ठूलो स्वरमा माथि आकाशमा उडिरहेका सबै पंक्षीहरूलाई भने, “परमेश्वरको महा-भोजमा सम्मिलित हुनु एक साथ आऊ। राजाहरू, सेनाका सेनाध्यक्षहरू अनि प्रसिद्ध मानिसहरूको मासु खान एक साथ आऊ। घोड़ाका अनि तिनका सवारहरूका अनि सबै मुक्त, दास, साना अनि ठूला मानिसहरूको मासु खान एक साथ आऊ।” त्यसपछि मैले त्यो पशु अनि पृथ्वीका राजाहरू देखें। तिनीहरूका सेनाहरू घोड़-सवार अनि तिनका सेनासित युद्ध गर्नका निम्ति एकसाथ भेला भएका थिए। तर त्यो पशुलाई कब्जा गरियो। झूटो अगमवक्तलाई पनि कैद गरियो। यो झूटो अगमवक्ता त्यो थियो जसले त्यो पशुको निम्ति चमत्कारीक संकेतहरू गरेको थियो। झूटो अगमवक्ता त्यो थियो जसले त्यो पशुको लागि चमत्कारिक संकेतहरू गर्थ्यो। असत्य अगमवक्ताले ती मानिसहरूलाई जसमा पशुको चिन्ह लगाइको थियो अनि पशुका मूर्तिलाई पूजा गर्थे, छक्याउन चमत्कारिक कर्महरू गर्थ्यो। त्यो झूटो अगमवक्त अनि पशुलाई गन्धक बल्ने आगोको कुवामा फ्याँकी दिए। तिनीहरूका सेनाहरू घोड-सवारको मुखबाट निस्केको तरवारद्वारा मारिए। सम्पूर्ण पक्षीहरूले पेट भरुन्जेल ती शवहरू खाए।

शेयर गर्नुहोस्
प्रकाश 19 पढ्नुहोस्

प्रकाश 19:11-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

अनि मैले स्‍वर्ग खोलिएको देखें र एउटा सेतो घोडा देखें। त्‍यो घोडामाथि सवारी हुनेको नाउँ ‘विश्‍वासिलो र सत्‍य’ रहेछ। उहाँले ठीकसित न्‍याय गर्नुहुन्‍छ र लडाइँ गर्नुहुन्‍छ। उहाँका आँखा आगोको ज्‍वालाजस्‍ता रहेछन् र उहाँका टाउकोमा धेरै मुकुट थिए। उहाँको एउटा नाउँ लेखिएको थियो तर त्‍यो नाउँ उहाँलाई मात्र थाहा छ। उहाँले लाउनुभएको लुगा रगतले भरिएको थियो। उहाँको नाउँचाहिँ “परमेश्‍वरको वचन” हो। सेता घोडामा चढेका र सफा सेता लुगा लाएका स्‍वर्गका सेनाहरू उहाँका पछि-पछि लागे। उहाँको मुखबाट एउटा धारिलो तरवार निस्‍केको थियो। त्‍यो तरवार लिएर उहाँले जाति-जातिलाई जित्‍नुहुनेछ। उहाँले उनीहरूमाथि कडा शासन गर्नुहुनेछ र कोलमा दाख कुल्‍ची रस निकालेझैँ उहाँले सर्वशक्तिमान् परमेश्‍वरको क्रोधको कोलमा तिनीहरूलाई कुल्‍चनुहुनेछ। उहाँको लुगा र उहाँको तिघ्रामा “राजाहरूका राजा र प्रभुहरूका प्रभु” भन्‍ने नाउँ लेखिएको थियो। यसपछि मैले घाममाथि उभिरहेका एक स्‍वर्गदूत देखें। आकाशमा उडिरहेका सबै चराहरूलाई यसो भनेर ठूलो सोरले उनी कराए, “आओ, परमेश्‍वरको ठूलो भोज खान जम्‍मा होओ। राजाहरू, सेनापतिहरू र सेनाहरूका मासु, घोडा-घोडामा चढ्‍नेहरूको मासु, ठूला र साना, कमारा र फुक्‍का सबैको मासु खान आओ!” “तब त्‍यो जनावर र संसारका राजा आ-आफ्‍ना सेना लिएर सेता घोडामा सवारी हुनेको र उहाँका सेनाहरूको विरोधमा लडाइँ गर्न जम्‍मा भएका मैले देखें। जनावर र त्‍यसको अगाडि अचम्‍मका चिन्‍हहरू देखाउने त्‍यो झूटो अगमवक्ता पनि कैदी भयो। ती अचम्‍मका चिन्‍हहरूले नै त्‍यसले त्‍यो जनावरको चिन्‍ह लाउने र जनावरको मूर्ति पूज्‍नेहरूलाई छलेको थियो। ती दुवै जिउँदै गन्‍धकले जलिरहेको त्‍यो आगोको कुण्‍डमा फ्‍याँकिए अनि तिनीहरूका सेना चाहिँ घोडामाथि सवारी हुनेको मुखबाट निस्‍केको तरवारले मारिए। चराहरूले ती सबैका लाश खाएर अघाए।

शेयर गर्नुहोस्
प्रकाश 19 पढ्नुहोस्