प्रकाश 10:1-11
प्रकाश 10:1-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसपछि मैले अर्को शक्तिशाली स्वर्गदूत स्वर्गबाट ओर्लिरहेको देखें। उनको जिउलाई बादलले ढाकेको थियो र टाउको वरिपरि इन्द्रेणी थियो। उनको अनुहार घामजस्तो थियो र खुट्टाचाहिँ आगोका खम्बाजस्ता थिए। उनको हातमा खोलिएको सानो कागजको मुठो थियो। उनले आफ्ना दाहिने खुट्टाले समुद्रमा र देब्रे खुट्टाले भूमिमा टेके अनि सिंह गर्जेको जस्तो ठूलो सोरले उनी कराए र कराउनेबित्तिकै ती सातै गर्जन गड्याङ्-गुडुङ गरे। ती सातवटा गर्जन गड्याङ्-गुडुङ गर्नेबित्तिकै मैले लेख्न आँटेको थिएँ। तर स्वर्गबाट यसो भन्ने एउटा सोर मैले सुनें, “सातवटा गर्जनले बोलेको कुरा नलेख तर यो कुरा मनमा लुकाइराख।” समुद्र र भूमिमा टेक्ने मैले देखेका ती शक्तिशाली स्वर्गदूतले स्वर्गतिर आफ्नो दाहिने हात उचालेर परमेश्वरको नाउँमा एउटा वाचा बाँधे। सधैँ जिउँदो हुनुहुने, आकाश, पृथ्वी, समुद्र र तिनीहरूमा भएका सबै कुरालाई सृष्टि गर्नुहुने परमेश्वरको नाउँमा यो वाचा बाँधिएको थियो। स्वर्गदूतले भने, “अब ढीलो हुँदैन।” तर सातौँ स्वर्गदूतले आफ्नो तुरही फुकेपछि परमेश्वरले आफ्ना सेवक अगमवक्ताहरूलाई बताउनुभएको गुप्त योजना पूरा गर्नुहुनेछ। अघि आकाशबाट आएको सोरले फेरि यसो भनेको सुनें, “जाऊ! समुद्र र भूमिमा टेक्ने ती स्वर्गदूतको हातबाट त्यो खोलिराखेको कागजको मुठो लेऊ।” अनि म ती स्वर्गदूतकहाँ गएर त्यो कागज मागें र उनले मलाई भने, “लाऊ, खाऊ! तिम्रो पेटमा त्यो अमिलो हुनेछ तर तिम्रो मुखमा महजस्तो मीठो हुनेछ।” दूतको हातबाट मैले त्यो कागजको मुठो लिएर खाएँ। मेरो मुखमा महजस्तो मीठो भयो तर खाइसकेपछि त्यो मेरो पेटमा गएर अमिलो भयो। अनि मलाई यस्तो हुकुम भयो, “तिमीले धेरै मानिस, धेरै जाति, धेरै भाषा र धेरै राजाहरूलाई परमेश्वरको वचन फेरि सुनाउनुपर्छ।”
प्रकाश 10:1-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मैले बादलमा लपेटिएको अर्का शक्तिशाली स्वर्गदूतलाई स्वर्गबाट ओर्लेका देखें। तिनको शिरमा इन्द्रेनी थियो, र तिनको मुहार सूर्यजस्तो र पाउहरू आगोका खामाजस्ता थिए। तिनको हातमा खोलिराखेको एउटा सानो चर्मपत्रको मुट्ठो थियो। तिनले आफ्नो दाहिने खुट्टा समुद्रमा र देब्रे खुट्टा जमिनमा राखे। अनि सिंह गर्जेझैँ तिनी ठूलो सोरले कराए, र तिनी कराएपछि सात मेघ गर्जनहरूको आवाज आयो। जब ती सात मेघ गर्जनहरूले आ-आफ्ना आवाज निकाले, म लेख्नै लागेको थिएँ, त्यसै बेला स्वर्गबाट यसो भन्ने आवाज मैले सुनें, “ती सात मेघ गर्जनहरूले निकालेका आवाजलाई गुप्त राख, र ती नलेख।” तब समुद्र र जमिनमा उभिएका जुन स्वर्गदूतलाई मैले देखेका थिएँ, तिनले आफ्नो हात स्वर्गतिर उचाले। अनि सदासर्वदा जीवित रहनुहुने, तथा स्वर्ग र त्यसमा भएका कुराहरू, पृथ्वी र त्यसमा भएका कुराहरू, समुद्र र त्यसमा भएका कुराहरूलाई सृष्टि गर्नुहुनेको नाउँमा तिनले शपथ खाएर अब ढिलो हुनेछैन भने। तर ती दिनहरूमा जब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुक्नै लाग्छन्, उहाँले आफ्ना दास अगमवक्ताहरूलाई घोषणा गर्नुभएझैँ परमेश्वरको रहस्य पूरा हुनेछ। तब स्वर्गबाट मैले सुनेको आवाजले मलाई फेरि यसो भन्यो, “जाऊ, समुद्र र जमिनमा उभिने दूतको हातमा भएको खुला चर्मपत्रको मुट्ठो लेऊ।” अनि म स्वर्गदूतकहाँ गएँ र त्यो सानो चर्मपत्रको मुट्ठो मागें। अनि तिनले मलाई भने, “यो लेऊ, र खाऊ। यसले तिम्रो पेट अमिलो गराउनेछ, तर तिम्रो मुखमा चाहिँ त्यो महजस्तै गुलियो हुनेछ।” मैले ती स्वर्गदूतको हातबाट त्यो सानो चर्मपत्रको मुट्ठो लिएँ, र खाएँ। मेरो मुखमा त्यो महजस्तै गुलियो भयो। तर त्यो खाएपछि मेरो पेट अमिलो भयो। तब मलाई यो भनियो, “तिमीले धेरै मानिसहरू, जातिहरू, भाषाहरू र राजाहरूका विषयमा फेरि अगमवाणी बोल्नुपर्नेछ।”

प्रकाश 10:1-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब मैले अर्को शक्तिशाली स्वर्गदूतलाई स्वर्गबाट तल आइरहेको देखेँ। तिनले बादल ओढेका थिए; तिनको शिरमाथि एउटा इन्द्रेणी थियो; अनि तिनको अनुहार सूर्यझैँ र पाउहरू आगोका खम्बाहरूजस्ता थिए। तिनले एउटा सानो चर्मपत्र समाइराखेका थिए, जुन तिनको हातमा खुल्लै थियो। तिनले आफ्नो दाहिने पाउ समुद्रमाथि र देब्रे पाउ जमिनमाथि राखेका थिए। अनि तिनी सिंह गर्जिएझैँ चर्को आवाजमा चिच्याए। जब तिनी चिच्याए, तब सात वटा मेघ गर्जनका आवाजहरूले बोले। अनि जब सात वटा मेघ गर्जनहरू बोले, तब मैले लेख्नै लागेको थिएँ; तर मैले स्वर्गबाट यसो भन्दै गरेको आवाज सुनेँ, “सात वटा गर्जनहरूले बोलेका कुराहरूमा छाप लगाऊ, र त्यसलाई नलेख।” तब मैले देखेका समुद्र र जमिनमा उभिरहेका ती स्वर्गदूतले आफ्नो दाहिने हात स्वर्गतिर उचाले। अनि तिनले उहाँको नाममा शपथ खाए, जो सदासर्वदा जिउनुहुन्छ, जसले स्वर्ग र त्यसमा भएका सबै थोक, जमिन र त्यसमा भएका सबै थोक र समुद्र, त्यसमा भएका सबै थोक सृजनुभयो र भन्नुभयो, “अब ढिलो हुनेछैन! तर जब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुक्न लागेका दिनहरूमा, उहाँले आफ्ना सेवकहरू र अगमवक्ताहरूलाई भन्नुभएजस्तै गरी परमेश्वरको रहस्य पूरा हुनेछ।” तब स्वर्गबाट आएको आवाज मसित फेरि बोल्यो: “जाऊ, समुद्र र जमिनमाथि पाउ राखेका स्वर्गदूतको हातमा भएको खुल्ला चर्मपत्र लेऊ।” यसकारण म त्यस स्वर्गदूतकहाँ गएँ, र त्यो सानो चर्मपत्र मागेँ। तिनले मलाई भने, “यसलाई लेऊ, र खाऊ। यसले तिम्रो पेटलाई अमिलो बनाइदिनेछ, तर तिम्रो मुखभित्र यो महजस्तै गुलियो हुनेछ।” मैले त्यो सानो चर्मपत्र स्वर्गदूतको हातबाट लिएर त्यसलाई खाएँ। त्यो मेरो मुखमा महझैँ गुलियो भयो, तर जब मैले खाएँ, तब त्यो मेरो पेटमा अमिलो भयो। तब मलाई यसो भनियो, “तिमीले धेरै मानिसहरू, राष्ट्रहरू, भाषाहरू र राजाहरूको विषयमा फेरि अगमवाणी गर्नैपर्छ।”
प्रकाश 10:1-11 पवित्र बाइबल (NERV)
तब, मैले अर्को शक्तिवान स्वर्गदूतलाई स्वर्गबाट ओर्लिरहेको देखे। त्यो स्वर्गदूतले बादलको पोशाक लगाएको थियो। तिनको शिर इन्द्रेणीले घेरिएको थियो। त्यो स्वर्गदूतको अनुहार सूर्य जस्तो थियो, उसका पाउहरू आगोको स्तम्भहरू जस्ता थिए। त्यो स्वर्गदूतसित एउटा पुस्तिका थियो। त्यो पुस्तिका उसको हातमा खोलिएको थियो। त्यो स्वर्गदूतले उसको दाहिने खुट्टा समुद्रमा अनि देब्रे खुट्टा भूमिमा राखेको थियो। त्यो स्वर्गदूत सिंह गर्जेको जस्तो ठूलो स्वरले करायो। स्वर्गदूत कराए पछि, सात-गर्जनले पनि बोल्यो। ती सात गर्जनले बोले, अनि मैले लेख्न शुरु गरें। तर, तब मैले स्वर्गबाट आएको स्वर सुनें। त्यो स्वरले भन्यो, “ती सात गर्जनले भनेका कुरा नलेख। तिनीहरूलाई गुप्त राख।” तब, मैले समुद्र अनि भूमिमा पाउ राख्ने स्वर्गदूतले आफ्नो दाहिने हात स्वर्गतिर उठाएको देखें। त्यो स्वर्गदूतले, उहाँ एक जो सदासर्वदा रहनु हुन्छ, उहाँको शक्तिद्वारा प्रतिज्ञा गर्यो। उहाँ नै एक हुनुहुन्छ जसले आकाश अनि त्यसमा देखिएका सबै कुरा सृष्टि गर्नुभयो। उहाँले पृथ्वी अनि यसमा भएका सबै कुरा सृष्टि गर्नु भयो अनि उहाँले समुद्र अनि त्यसमा देखिएका सबै सृष्टि गर्नुभयो। त्यो स्वर्गदूतले भन्यो, “अब अधिक प्रतिक्षा हुने छैन। ती दिनहरूमा जब सातौं स्वर्गदूत आफ्नो तुरही फुक्न तयार हुन्छ, परमेश्वरका गुप्त योजना पूर्ण हुनेछन। यो योजना, परमेश्वरले आफ्ना सेवकहरूलाई भनेको सुसमाचार हो, जो अगमवक्ताहरू हुन्।” तब मैले फेरि स्वर्गबाट त्यही आवाज सुनें। त्यो आवाजले मलाई भन्यो, “जाऊ अनि त्यो खुल्ला पुस्तिका लेऊ जो स्वर्गदूतको हातमा छ। यो त्यही स्वर्गदूत हो जो सागर अनि भूमिमा उभिरहेको छ।” यसर्य म त्यो स्वर्गदूतकहाँ गएँ अनि त्यो सानो बेह्रेको पुस्तिका मलाई दिनु भनी माँगें। त्यो स्वर्गदूतले मलाई भन्यो, “यो सानो पुस्तिका लेऊ अनि यसलाई खाऊ। तिम्रो भूँडीमा यो अमिलो हुनेछ। तर तिम्रो मुखमा यो मह जस्तो मीठो हुनेछ।” यसर्थ मैले स्वर्गदूतको हातबाट त्यो सानो बेह्रेको पुस्तिका लिएँ अनि मैले त्यो खाँए। मेरो मुखमा त्यो मह जस्तो मीठो भयो। तर मैले त्यो खाई सकें पछि त्यसको स्वाद भुँडीमा अमिलो भयो। तब मलाई भनियो, “तिमीले फेरि अनेक जाति, धेरै राष्ट्रहरू, अनेक भाषाहरू अनि राजाहरूको बारेमा अगमवाणी गर्नु पर्छ।”