YouVersion लोगो
खोज आइकन

प्रकाश 1:4-6

प्रकाश 1:4-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यूहन्‍नाबाट एशियामा भएका सात वटा मण्‍डलीहरूलाई: उहाँबाट तिमीहरूलाई अनुग्रह र शान्‍ति, जो हुनुहुन्‍छ, जो हुनुहुन्‍थ्‍यो, जो आउनुहुनेछ, र उहाँको सिंहासन अगि रहनुहुने सात आत्‍माबाट, विश्‍वासयोग्‍य साक्षी येशू ख्रीष्‍टदेखि, मृतकबाट प्रथम जीवित हुनुभएको, तथा पृथ्‍वीका राजाहरूका शासकको तर्फबाट। हामीलाई प्रेम गर्नुहुने र आफ्‍नो रगतले हामीलाई हाम्रा पापबाट स्‍वतन्‍त्र पार्नुहुनेलाई, हामीलाई एउटा राज्‍य, उहाँका पिता र परमेश्‍वरका पूजाहारीहरू तुल्‍याउनुहुने, उहाँलाई महिमा र पराक्रम सदासर्वदा होस्‌। आमेन।

शेयर गर्नुहोस्
प्रकाश 1 पढ्नुहोस्

प्रकाश 1:4-6 नेपाली समकालीन संस्करण (NCV)

यूहन्‍नाबाट, एशिया प्रान्तमा भएका सातओटा मण्डलीहरूलाई यो पत्र लेख्दैछु: उहाँबाट तिमीहरूमा अनुग्रह र शान्ति, जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, अनि जो हुनआउनुहुनेछ, अनि उहाँको सिंहासनको अघि भएका सात आत्माहरूबाट, अनि येशू ख्रीष्‍टबाट, जो विश्‍वसनीय साक्षी, मृतकहरूमध्ये पहिले जीवित हुनुभएका र पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ। उहाँ जसले हामीलाई प्रेम गर्नुहुन्छ, अनि उहाँले आफ्नो रगतले हाम्रा पापहरूबाट हामीलाई स्वतन्त्र पार्नुभयो; अनि उहाँका परमेश्‍वर र पितालाई सेवा गर्नलाई हामीलाई एउटा राज्य अनि पूजाहारी बनाउनुभयो, उहाँलाई नै महिमा र पराक्रम सदा-सर्वदा भइरहोस्! आमेन!

शेयर गर्नुहोस्
प्रकाश 1 पढ्नुहोस्

प्रकाश 1:4-6 पवित्र बाइबल (NERV)

यहून्नाबाट, एशिया प्रान्तका सातवटा मण्डलीहरूलाई: अनुग्रह अनि शान्ति रहोस् तिमीहरूलाई उहाँद्वारा जो अहिले हुनुहुन्छ, जो सदैव हुनुहुन्थ्यो, अनि जो आउँदै हुनुहुन्छ अनि उहाँको सिंहासन अघिका सात आत्माहरूद्वारा अनि विश्वासी साक्षी येशू ख्रीष्टद्वारा। मृत्युबाट बौराइनु भएको उहाँ पहिलो हुनुहुन्छ। येशू पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ। येशू नै एकजना हुनुहुन्छ जसले हामीलाई प्रेम गर्नुहुन्छ र हाम्रा पापबाट आफ्नो रगतले स्वतन्त्र तुल्याउनु भयो। येशूले हामीलाई एउटा राज्यमा परिणत गर्नुभयो। उहाँले आफ्नो पिताको सेवाको लागि हामीलाई पूजाहारीहरू बनाउनु भयो। सदाका निम्ति येशूमा महिमा अनि शक्ति रहिरहोस्। आमिन।

शेयर गर्नुहोस्
प्रकाश 1 पढ्नुहोस्

प्रकाश 1:4-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

एशियामा भएका सातै वटा मण्डलीलाई यूहन्‍नाबाट अभिवादन: परमेश्‍वर जो हुनुहुन्‍छ, हुनुहुन्‍थ्‍यो र आउनुहुनेछ र उहाँको सिंहासनअघि रहने सात आत्‍माबाट तिमीहरूलाई अनुग्रह र शान्‍ति होस्। विश्‍वासयोग्‍य साक्षी अनि मृत्‍युबाट बिउँतनेहरूमा पहिलो हुनुहुने संसारका राजाहरूका राजा, उनै येशू ख्रीष्‍टबाट पनि तिमीहरूलाई अनुग्रह र शान्‍ति। उहाँले हामीलाई प्‍यार गर्नुहुन्‍छ अनि आफ्‍नो बलिदानको रगतले हामीलाई पापबाट छुट्‍कारा दिनुभएको छ। उहाँले आफ्‍ना परमेश्‍वर र पिताको सेवा गर्न हामीलाई पूजाहारीको अधिकार दिनुभएको छ। येशू ख्रीष्‍टको आदर र अधिकार सदासर्वदा कायम रहोस्। आमेन।

शेयर गर्नुहोस्
प्रकाश 1 पढ्नुहोस्