प्रकाश 1:1-2
प्रकाश 1:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशू ख्रीष्टको प्रकाश, जो परमेश्वरले चाँड़ै हुन आउने कुराहरू आफ्ना सेवकहरूलाई देखाउन उहाँलाई दिनुभयो। उहाँले आफ्नो दूत पठाउनुभएर यो कुरा आफ्नो सेवक यूहन्नालाई प्रकट गरिदिनुभयो। यूहन्नाले देखेका सबै कुराहरूको, अर्थात् परमेश्वरको वचन र येशू ख्रीष्टको साक्षीको गवाही दिए।
प्रकाश 1:1-2 नेपाली समकालीन संस्करण (NCV)
येशू ख्रीष्टको प्रकाश, जो परमेश्वरले येशू ख्रीष्टलाई दिनुभयो, ताकि येशू ख्रीष्टका सेवकहरूले चाँडै हुन आउने कुराहरू देखून्। उहाँले आफ्ना दूत पठाईकन यो आफ्नो सेवक यूहन्नालाई प्रकट गर्नुभयो, तिनैले परमेश्वरको वचनको लागि र येशू ख्रीष्टको गवाहीको लागि, आफूले देखेका सबै थोकहरूको विवरण दिए।
प्रकाश 1:1-2 पवित्र बाइबल (NERV)
यो येशू ख्रीष्टको अभिमानिस हो। परमश्वरले येशूलाई यी कुराहरू, अब चाँडै जे घट्नेवाला छ सो उनका सेवकहरूलाई दर्शाउनका निम्ति प्रदान गर्नुभयो। ख्रीष्टले आफ्ना सेवक यूहन्नालाई यी कुराहरू दर्शाउनका निम्ति आफ्ना स्वर्गदूत पठाउँनु भयो। यूहन्नाले आफूले देखेका कुरा भने। यही सत्य हो की येशू ख्रीष्टले तिनलाई भन्नुभयो अनि यो परमश्वरको सन्देश हो।
प्रकाश 1:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यो पुस्तकको कुरा येशू ख्रीष्टले प्रकट गर्नुभएको हो। आफ्ना सेवकहरूले चाँडै हुने घटनाहरूको बारेमा बुझ्न सकून् भनेर परमेश्वरले येशूलाई यो दर्शन दिनुभएको थियो। येशूले यी कुरा बताउन एक जना दूतलाई आफ्ना सेवक यूहन्नाकहाँ पठाउनुभयो। आफूले देखेका सबै कुरा यूहन्नाले बताएका छन्। उनले बताएका परमेश्वरको सन्देश र येशू ख्रीष्टले देखाउनुभएको सत्य कुरा यी नै हुन्।