भजनसंग्रह 91:1-3
भजनसंग्रह 91:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जो परमप्रधानको शरणमा वास गर्दछ, त्यो मानिस सर्वशक्तिमान्को छत्रछायामुनि रहन्छ। परमप्रभुको बारेमा म भन्नेछु, “उहाँ मेरो शरणस्थान र किल्ला हुनुहुन्छ, मेरा परमेश्वर, जसमाथि म भरोसा राख्तछु।” निश्चय नै उहाँले तिमीलाई शिकारीको पासोबाट, र घातक रूढ़ीबाट बचाउनुहुनेछ।
भजनसंग्रह 91:1-3 पवित्र बाइबल (NERV)
तिमी सर्वोच्च परमेश्वरकहाँ लुक्न जान सक्छौ। तिमी सर्वशक्तिमान् परमेश्वरकहाँ सुरक्षाको लागि जान सक्छौ। म परमप्रभुलाई भन्दछु, “तपाईं मेरो सुरक्षा र मेरो किल्ला हुनुहुन्छ। मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्दछु।” परमेश्वरले तिमीलाई लुप्त विपदहरू र डरलाग्दो बिमारीहरूबाट जोगाउनुहुन्छ।
भजनसंग्रह 91:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ज-जसले सुरक्षा पाउन परमप्रभुको शरण लिन्छन् र सर्वशक्तिमान्को सुरक्षामुनि बस्छन्, तिनीहरूले उहाँलाई भन्न सक्छन्, “मलाई बचाउने र रक्षा गर्ने तपाईं हुनुहुन्छ, तपाईं मेरो परमेश्वर हुनुहुन्छ, म तपाईंमा भरोसा राख्दछु।” उहाँले तिमीलाई सबै लुकेका खतराहरूदेखि र सबै प्राणघातक रोगहरूदेखि कुशल राख्नुहुनेछ।