भजनसंग्रह 90:9-12
भजनसंग्रह 90:9-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हाम्रा सारा दिन तपाईंको क्रोधमा बित्दछन्, सुस्केरामा हामी आफ्ना वर्षहरू बिताउँदछौं। हाम्रो आयु त सत्तरी वर्ष मात्र हो, बलले भ्यायो भने, असी पुग्ला। तापनि तिनीहरूको अवधि कष्ट र शोकमा बित्छ, किनकि आयुचाहिँ चाँड़ै बित्छ, र हामी उड़िजान्छौं। तपाईंका क्रोधको शक्ति कसले जान्दछ? किनकि तपाईंको क्रोध तपाईंलाई दिनुपर्ने भय जत्तिकै ठूलो छ। हाम्रो आयु ठीकसँग गन्न हामीलाई सिकाउनुहोस्, र हामी बुद्धिको हृदय प्राप्त गर्न सकौं।
भजनसंग्रह 90:9-12 पवित्र बाइबल (NERV)
तपाईंको क्रोधले हाम्रो जीवन समाप्त गर्न सक्छ। कानेखुसी जस्तै हाम्रो जीवन धमिलिदै जान्छ। हामी सत्तरी बर्षसम्म बाँच्न सक्छौं, यदि अझ बलियो भए अस्सी बर्षसम्म बाँच्न सक्छौं। हाम्रो जीवन कठिन काम र पीडाले भरिएको छ। त्यसपछि अचानक हाम्रो जीनव सिद्धिएर जान्छ अनि हामी उडेर टाढा जान्छौं। हे परमेश्वर! वास्तवमा कसैले पनि तपाईंको क्रोधपूर्ण शक्तिलाई जान्दैन। तर हाम्रो डर र तपाईं प्रतिको आदर तपाईंको क्रोध जतिकै महान् छ। हाम्रो जीवन कति छोटो छ भनेर हामीलाई सिकाउनु होस, ताकि हामी साँच्चि नै ज्ञानी हुन सकौं।
भजनसंग्रह 90:9-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तपाईंको क्रोधले हाम्रो आयु घटाउँदछ, कानेखुसी गरेको कुराझैँ हाम्रो जीवन बिलाउँदछ। हामी जम्मा सत्तरी वर्षसम्म जिउँछौं– बलिया छौं भन्ने असी वर्षसम्म होला; तर तिनीहरूले हामीलाई कष्ट र अफसोस मात्र ल्याउँछन्, जीवन चाँडो बितिजाँदछ र हामी गइसकेका हुन्छौं। तपाईंको क्रोधको शक्ति कसले चाल पाएको छ र? तपाईंको बल्दो क्रोधले कस्तो डर ल्याउन सक्छ, कसले जानेको छ? हामीलाई सिकाउनुहोस् कि हाम्रो जीवन कति छोटो छ र हामी बुद्धिमान् बन्न सकौं।