YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 9:7-12

भजनसंग्रह 9:7-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभुले सदाकालको निम्‍ति राज्‍य गर्नुहुन्‍छ। उहाँले न्‍यायको निम्‍ति आफ्‍नो सिंहासन तयार पार्नुभएको छ। र उहाँले धार्मिकतासित संसारको न्‍याय गर्नुहुन्‍छ, उहाँले निष्‍पक्षतासित मानिसहरूमाथि शासन गर्नुहुन्‍छ। थिचोमिचोमा परेकाहरूका निम्‍ति परमप्रभु किल्‍ला हुनुहुन्‍छ, कष्‍टको समयमा एउटा शरणस्‍थान। तपाईंको नाउँ जान्‍नेहरू जतिले आफ्‍नो भरोसा तपाईंमा राख्‍छन्‌, किनकि हे परमप्रभु, तपाईंको खोजी गर्नेहरूलाई तपाईंले त्‍याग्‍नुभएको छैन। सियोनमा विराजमान हुनुहुने परमप्रभुको स्‍तुति गाओ। मानिसहरूका बीचमा उहाँका कामहरूको घोषणा गर। किनकि रगतको बदला लिनुहुनेले सम्‍झना गर्नुहुन्‍छ। सङ्कष्‍टमा परेकाहरूको पुकारलाई उहाँले बेवास्‍ता गर्नुहुन्‍न।

शेयर गर्नुहोस्
भजनसंग्रह 9 पढ्नुहोस्

भजनसंग्रह 9:7-12 पवित्र बाइबल (NERV)

तर परमप्रभुले सदा-सर्वदा राज्य गर्नुहुन्छ, परमप्रभुले आफ्नो साम्राज्य दह्रिलो बनाउनु भएको छ। परमप्रभुले यस पृथ्वीमा भएका सबै मानिसहरूको ठीकसँग न्याय गर्नुहुन्छ। परमप्रभुले यस पृथ्वीका सबैलाई निष्पक्ष न्याय गर्नुहुन्छ। उहाँले सबै जातिहरूलाई एक समान न्याय गर्नुहुन्छ। धेरै मानिसहरू संकष्टमा फँसेका छन् र पीडित छन् किनभने तिनीहरूसँग धेरै कष्टहरू छन्। ती मानिसहरू आफ्ना समस्याहरूको बोझद्वारा श्रापित छन्। परमप्रभु, सुरक्षाको स्थान हुनुहुन्छ, तिनीहरू भाग्न सक्छन्। मानिसहरू ज-जसले तपाईंको नाउँ जान्दछन् तपाईंमाथि भरोसा राख्ने नै छन्। हे परमप्रभु, यदि मानिसहरू तपाईंकहाँ आए भने, तपाईंले उनीहरूलाई सहयोग नगरी बस्न सक्नु हुन्न। तिमीहरू जो सियोनमा बस्द छौ परमप्रभुको प्रशंसा गाऊ। अन्य मानिसहरूलाई पनि परमप्रभुले गर्नु भएका महान् कार्यहरूको विषयमा भन। परमप्रभुले ती मानिसहरूलाई सम्झनु भयो जसले उहाँलाई गुहारे। ती दुःखी मानिसहरू सहयोगको लागि चिच्याए अनि परमप्रभुले उनीहरूलाई बिर्सनु भएन।

शेयर गर्नुहोस्
भजनसंग्रह 9 पढ्नुहोस्

भजनसंग्रह 9:7-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तर परमप्रभु सदाको लागि राजा हुनुहुन्‍छ, उहाँले न्‍याय गर्न आफ्‍नो सिंहासन तयार पार्नुभएको छ। उहाँले धर्मसित संसारमाथि राज्‍य गर्नुहुन्‍छ, उहाँले न्‍यायसँग जातिहरूको न्‍याय गर्नुहुन्‍छ। सताइएकाहरूले परमप्रभुमा शरण पाउँदछन्, कष्‍टका समयमा उहाँमा रक्षा पाउँछन्। हे परमप्रभु! तपाईंलाई चिन्‍नेहरूले तपाईंमा भरोसा राख्‍छन्, तपाईंमा शरण लिनेहरूलाई तपाईंले छोड्‍नुहुन्‍न। सियोनमा राज्‍य गर्नुहुने परमप्रभुको प्रशंसा गाओ, सबै जातिहरूलाई उहाँको कामबारे भन। परमेश्‍वरले कष्‍टमा परेकाहरूलाई याद गर्नुहुन्‍छ, उहाँले तिनीहरूको पुकार भुल्‍नुहुन्‍न र तिनीहरूलाई कष्‍ट दिनेहरूलाई उहाँले दण्‍ड दिनुहुन्‍छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 9 पढ्नुहोस्

भजनसंग्रह 9:7-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याहवेहले सदासर्वदाको निम्ति राज्य गर्नुहुन्छ; उहाँले आफ्नो सिंहासन न्यायको निम्ति स्थापित गर्नुभएको छ। उहाँले धार्मिकतामा संसारको न्याय गर्नहुन्छ; उहाँले जाति-जातिहरूमाथि निष्पक्षसाथ न्याय गर्नुहुन्छ। याहवेह थिचोमिचोमा परेकाहरूका निम्ति शरणस्थान हुनुहुन्छ, सङ्कष्‍टको समयमा उहाँ किल्‍ला हुनुहुन्छ। तपाईंका नाम जान्‍नेहरूले तपाईंमा भरोसा राख्दछन्, किनकि, हे याहवेह, तपाईंको खोजी गर्नेहरूलाई तपाईंले कहिल्यै त्याग्नुभएको छैन। सियोनमा विराजमान हुनुहुने याहवेहको स्तुति गाओ; जाति-जातिहरूका बीच उहाँका कामहरूको घोषणा गर। किनकि रक्तपातको बदला लिनुहुनेले सम्झना राख्नुहुन्छ; उहाँले सङ्कष्‍टमा परेकाहरूको पुकारलाई बेवास्ता गर्नुहुन्‍न।

शेयर गर्नुहोस्
भजनसंग्रह 9 पढ्नुहोस्