भजनसंग्रह 88:13-15
भजनसंग्रह 88:13-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर हे परमप्रभु, म त तपाईंमा नै पुकारा गर्दछु, र बिहानै मेरो प्रार्थना तपाईंको सामुन्ने आउँछ। हे परमप्रभु, तपाईं मलाई किन इन्कार गर्नुहुन्छ? आफ्नो मुहार मबाट किन लुकाउनुहुन्छ? युवावस्थादेखि नै म दु:खमा परेको छु, र मर्न लागेको छु तपाईंका त्रासबाट म पीडित छु, र म निराश भएको छु।

भजनसंग्रह 88:13-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, तर म सहायताको निम्ति तपाईंमा पुकार गर्दछु; बिहानै मेरो प्रार्थना तपाईंको सामु आउँछ। हे याहवेह, तपाईं मलाई किन इन्कार गर्नुहुन्छ? अनि आफ्नो मुहार मबाट किन लुकाउनुहुन्छ? मेरो युवावस्थादेखि नै म सताइएको छु, र मर्न लागेको छु; तपाईंको त्रासबाट म पीडित छु, र म निराश भएको छु।
भजनसंग्रह 88:13-15 पवित्र बाइबल (NERV)
हे परमप्रभु, म तपाईंको सहायताको निम्ति प्रार्थना गरिरहेको छु। प्रत्येक प्रातःकालमा म तपाईंमा प्रार्थना गर्दछु। हे परमप्रभु, किन तपाईंले मलाई त्यागनु भयो? किन मेरो कुरा सुन्न अस्वीकार गर्नुहुन्छ? युवा अवस्थादेखि नै म कमजोर र रोगी थिएँ। मैले तपाईंको क्रोध सहें, म असहाय छु।
भजनसंग्रह 88:13-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु, मद्दतको निम्ति म तपाईंलाई पुकार्दछु, हरेक बिहान म तपाईंसँग प्रार्थना गर्दछु। परमप्रभु, किन मलाई अस्वीकार गर्नुहुन्छ? किन मदेखि मुख फर्काउनुहुन्छ? म युवा छँदैदेखि सधैँ मैले दु:ख-कष्ट भोगेको छु र मृत्युको नजिकसम्म पुगेको छु। तपाईंका दण्डका बोझले म थाकिसकेको छु।