भजनसंग्रह 86:11-17
भजनसंग्रह 86:11-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, मलाई तपाईंका मार्गको शिक्षा दिनुहोस्, र म तपाईंको सत्यतामा हिँड्नेछु। मलाई एकाग्र हृदय दिनुहोस्, र म तपाईंका नाउँको भय मानूँ। हे परमप्रभु मेरा परमेश्वर, मेरो सम्पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु, र म सदासर्वदा तपाईंका नाउँको महिमा गर्नेछु। किनकि मप्रति तपाईंको प्रेम महान् छ, तपाईंले मेरो प्राणलाई पातालको गहिराइबाट छुटाउनुभएको छ। हे परमेश्वर, अहङ्कारी मानिसहरूले मलाई आक्रमण गरिरहेछन्, र निष्ठुर मानिसहरूको दल मेरो ज्यानको पछि लागेको छ, ती मानिसहरू जसले तपाईंलाई सम्झना गर्दैनन्। तर हे परमप्रभु, तपाईं कृपालु र अनुग्रही परमेश्वर हुनुहुन्छ, क्रोध गर्नमा ढिला, प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ। मतिर फर्कनुहोस्, र ममाथि दया गर्नुहोस्, आफ्नो दासलाई तपाईंको शक्ति दिनुहोस्, र आफ्नी दासीको छोरालाई बचाउनुहोस्। तपाईंका उदारताको एउटा चिन्ह मलाई दिनुहोस्, र मलाई घृणा गर्नेहरू त्यो देखेर शर्ममा परून्, किनकि हे परमप्रभु, तपाईंले मलाई सहायता गर्नुभएको छ, र सान्त्वना दिनुभएको छ।
भजनसंग्रह 86:11-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, मलाई तपाईंको मार्ग सिकाउनुहोस्; ताकि म तपाईंको विश्वासयोग्यतामा भर पर्न सकूँ; मलाई एकाग्र मन दिनुहोस्, र म तपाईंको नामको भय मान्न सकूँ। हे प्रभु, मेरा परमेश्वर, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु; म सदासर्वदा तपाईंको नामको महिमा गर्नेछु। किनकि मप्रति तपाईंको अचुक प्रेम महान् छ; तपाईंले मेरो जीवनलाई पातालको गहिराइबाट छुटाउनुभएको छ। हे परमेश्वर, अहङ्कारी मानिसहरूले मलाई आक्रमण गरिरहेका छन्; निर्दयी मानिसहरूका समूहले मलाई मार्न खोजिरहेका छन्— ती मानिसहरू, जसले तपाईंलाई आदर गर्दैनन्। तर प्रभु, तपाईं दयालु र अनुग्रही परमेश्वर हुनुहुन्छ; रिसाउनमा ढिलो, प्रेम र सत्यतामा भरिपूर्ण हुनुहुन्छ। मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस्; आफ्नो शक्ति तपाईंको सेवकलाई दिनुहोस्, र आफ्नी सेविकाको छोरालाई बचाउनुहोस्! किनकि म तपाईंको सेवा गर्दछु। तपाईंका भलाइको चिन्ह मलाई दिनुहोस्; र मलाई घृणा गर्नेहरू, त्यो देखेर शर्ममा परून्; किनकि हे याहवेह, तपाईंले मलाई सहायता गर्नुभएको छ र सान्त्वना दिनुभएको छ।
भजनसंग्रह 86:11-17 पवित्र बाइबल (NERV)
हे परमप्रभु, तपाईंको तरिकाहरू सिकाउनु होस्, अनि म बाँच्नेछु र सत्य पालन गर्नेछु। मलाई मेरो जीवनको मुख्य चीज, तपाईंको नाउँमा पूजा गरिरहन सहायता गर्नु होस्। हे परमेश्वर, मेरो स्वामी तपाईंको प्रशंसा गर्दछु। मेरो सम्पूर्ण हृदयबाट म तपाईंको नामको अनन्त सम्मान गर्नेछु। हे परमेश्वर, तपाईंसँग मप्रति कति बढ्ता प्रेम छ? तपाईंले मलाई मुत्युको मुखबाट बचाउनु भयो। अंहकारीहरूले ममाथि आक्रमण गरिरहेछन्, परमेश्वर। निर्दयी झुण्डका मानिसहरूले मलाई मार्ने कोशिश गरिरहेछन्। अनि त्यस्ता मानिसहरूले तपाईंको इज्जत गर्दैनन्। हे स्वामी तपाईं दया र कृपाले पूर्ण भएको परमेश्वर हुनुहुन्छ। तपाईंमा धैर्य, सत्यता र कृपाले भरिपूर्ण छ। परमेश्वर, तपाईंले मेरो कुरा सुनेको र मप्रति कृपालु भएको देखाउनु होस्। म तपाईंको दास हुँ, मलाई बल प्रदान गर्नुहोस्। म तपाईंको दास हुँ, मलाई बचाउनु होस्! परमेश्वर, तपाईंले मलाई साथ दिएको संकेत दिनुहोस्। मेरो शत्रुहरूले त्यो संकेत हेर्नेछन् अनि तिनीहरू असन्तुष्ट हुनेछन्। त्यसले तपाईंले मेरो प्रार्थना सुन्नु भएको बुझाउँछ अनि मलाई तपाईंले सहायता दिनु हुनेछ।
भजनसंग्रह 86:11-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मैले कसो गर्नुपर्ने हो, हे परमप्रभु, मलाई सिकाउनुहोस् र विश्वासयोग्यतासाथ म तपाईंको आज्ञा मान्नेछु। पूरा भक्तिसित तपाईंको सेवा गर्न मलाई सिकाउनुहोस्। हे प्रभु, मेरा परमेश्वर, सम्पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु, म सधैँभरि तपाईंको महान्ताबारे घोषणा गर्नेछु। ममाथि तपाईंको कति ठूलो अटुट प्रेम छ, तपाईंले मलाई चिहानदेखि बचाउनुभएको छ। हे परमेश्वर, घमण्डीहरू मेरा विरुद्धमा आउँदै छन्, एक हुल निष्ठुर मानिसहरू, जसले तपाईंलाई ध्यानै दिँदैनन्, तिनीहरूले मलाई मार्ने चेष्टामा छन्। तर हे प्रभु, तपाईं दयामाया र प्रेम गर्नुहुने परमेश्वर हुनुहुन्छ, तपाईं सदासर्वदा धीरजी, दयालु र विश्वासयोग्य हुनुहुन्छ। मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस्, मलाई बल दिनुहोस् र बचाउनुहोस् किनभने मेरी आमाजस्तै म तपाईंको सेवा गर्दै छु। परमप्रभु, मलाई तपाईंको भलाइको प्रमाण दिनुहोस्। तपाईंले मलाई दिनुभएको सान्त्वना र मद्दत देखेर मलाई घृणा गर्नेहरू लाजमा पर्नेछन्।