भजनसंग्रह 85:8-10
भजनसंग्रह 85:8-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु परमेश्वरले के भन्नुहुन्छ, सो म सुन्नेछु। उहाँले आफ्नो प्रजासँग, आफ्ना पवित्र जनहरूसँग शान्तिको प्रतिज्ञा गर्नुहुन्छ, तर तिनीहरू फेरि मूर्खतातिर नलागून्। निश्चय नै उहाँसँग भय मान्नेहरूका नजिकै उहाँको उद्धार छ, र उहाँको महिमा हाम्रो देशमा वास गरोस्। प्रेम र विश्वस्तता आपसमा मिल्छन्, धार्मिकता र शान्तिले एक-अर्कोलाई चुम्बन गर्छन्।
भजनसंग्रह 85:8-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु परमेश्वरले के भन्दै हुनुहुन्छ, म सुन्दै छु, यदि हामी आफ्ना मूर्ख चालमा फेरि हिँडेनौं भने उहाँले आफ्ना प्रजाका लागि शान्ति दिने प्रतिज्ञा गर्नुहुन्छ। उहाँको आदर गर्नेहरूलाई बचाउन उहाँ साँच्चै तयार हुनुहुन्छ, हामीलाई बचाउनलाई उहाँको उपस्थिति हाम्रो देशमा रहिरहनेछ। प्रेम र विश्वासनीयताले आपसमा भेट गर्नेछन्, धार्मिकता र शान्तिले अँगालो मार्नेछन्।

भजनसंग्रह 85:8-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह परमेश्वरले जे भन्नुहुनेछ, त्यो म सुन्नेछु; उहाँले आफ्ना प्रजाहरू, र आफ्ना विश्वासयोग्य सेवकहरूसँग शान्तिको प्रतिज्ञा गर्नुहुन्छ— तर तिनीहरू फेरि मूर्खतातिर नलागून्। निश्चय नै उहाँको भय मान्नेहरूको नजिकै उहाँको मुक्ति छ; ताकि उहाँको महिमा हाम्रो देशमा बास गरोस्। अचुक प्रेम र विश्वासयोग्यता आपसमा मिल्छन्; धार्मिकता र शान्तिले एक-अर्कालाई चुम्बन गर्छन्।
भजनसंग्रह 85:8-10 पवित्र बाइबल (NERV)
उहाँले के भन्नुहुन्छ भनेर मैले मेरो कानलाई परमप्रभु परमेश्वरतिर लगाएँ। परमेश्वरले भन्नुभयो कि उहाँका मानिसहरू, अनि विश्वासी चेलाहरूको निम्ति त्यहाँ शान्ति छ। यदि तिनीहरू पछि फर्केर मुर्खताको बाटोमा हिडेनन् भने, उनीहरूले शान्ति पाउने छन्। परमेश्वरले चाँडै आफ्नो चेलाहरूलाई बचाउनुँ हुनेछ। हामीहरू चाँडै इज्जतको साथ हाम्रा स्थानमा पस्नेछौ। परमेश्वरको साँच्चो प्रेममा उनका सबै भक्तजनहरू भेट हुन्छन्। धार्मिकता र शान्तिले तिनीहरूलाई चुम्बन गरी स्वागत गर्नेछन्।