भजनसंग्रह 8:3-6
भजनसंग्रह 8:3-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब म तपाईंको हातले बनाएको आकाशलाई, र तपाईंले स्थापित गर्नुभएका जून र ताराहरूमाथि विचार गर्छु, मानिस के हो, र तपाईं त्यसको वास्ता राख्नुहुन्छ? मानिसको छोरो के हो, र तपाईं त्यसको फिक्री गर्नुहुन्छ? तपाईंले त्यसलाई स्वर्गीय प्राणीहरूभन्दा केही मात्र सानो बनाउनुभयो, र त्यसलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ। आफ्नो हातका कामहरूमाथि तपाईंले त्यसलाई शासक बनाउनुभएको छ। सबै थोक तपाईंले त्यसका पैतालामुनि राखिदिनुभएको छ
भजनसंग्रह 8:3-6 पवित्र बाइबल (NERV)
हे परमप्रभु, म तपाईंको आफ्नो हातले बनाउनु भएको स्वर्गलाई हेर्छु। अनि तपाईंले सृष्टि गर्नु भएका जुन र ताराहरूलाई हेर्छु, र म अचम्म मान्छु, किन मानिसहरू तपाईंका लागि महत्वपूर्ण छन्? किन तपाईंले तिनीहरूलाई ध्यान दिनु हुन्छ? किन तपाईंले तिनीहरूको त्यति वास्ता राख्नुहुन्छ? किन तपाईंले तिनीहरूको त्यति सम्झना गर्नुहुन्छ? तर मानिसहरू तपाईंको लागि महत्वपूर्ण छन्! किनकी तिनीहरूलाई तपाईंले स्वर्गीय प्राणीहरू (स्वर्गदूत) जस्तै बनाउनु भयो, अनि तिनीहरूलाई महिमा र आदरको मुकुट पहिराउनु भयो। तपाईंले सिर्जना गर्नु भएका प्रत्येक थोकको मालिक तिनीहरूलाई बनाउनु भयो। तपाईंले प्रत्येक कुराको निम्ति तिनीहरूलाई अधिकार दिनुभयो।
भजनसंग्रह 8:3-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तपाईंले बनाउनुभएको आकाशलाई जब म हेर्दछु र तपाईंले बसाल्नुभएका जून र ताराहरू जब म हेर्दछु, मानिस के हो र? किन तपाईं उसको बारेमा सोच्नुहुन्छ? मरणशील मानिसलाई किन तपाईंले उसको वास्ता गर्नुहुन्छ? तरै पनि तपाईंले मानिसलाई आफूभन्दा केही मात्र कम स्तरको बनाउनुभयो र उसलाई मान र गौरव दिनुभयो। आफूले बनाएका सारा कुरा तपाईंले उसको अधीनमा दिनुभयो, तपाईंले उसलाई आफ्ना सारा सृष्टिमाथि अधिकार दिनुभयो।