भजनसंग्रह 79:1-7
भजनसंग्रह 79:1-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमेश्वर, जाति-जातिहरूले तपाईंको उत्तराधिकारलाई आक्रमण गरेका छन्। तपाईंको पवित्र मन्दिरलाई तिनीहरूले बिटुलो पारेका छन्। तिनीहरूले यरूशलेमलाई संहार पारिदिएका छन्। तपाईंका दासहरूका शव तिनीहरूले आकाशका पक्षीहरूलाई आहारको निम्ति दिएका छन्, तपाईंका पवित्र जनहरूका मासु जङ्गली जनावरहरूलाई दिएका छन्। तिनीहरूले उनीहरूको रगत पानीजस्तै यरूशलेमको चारैतिर बगाएका छन्, र उनीहरूलाई गाड्ने कोही छैनन्। हाम्रा छिमेकीहरूका निम्ति हामी निन्दाका पात्र हौं। अनि हाम्रा वरिपरि बस्नेहरूका हामी उपहासका र गिल्लाका पात्र हौं। कहिलेसम्म, हे परमेश्वर? के तपाईं हामीहरूसँग सधैँभरि क्रोधित भइरहनुहुन्छ? तपाईंको डाह आगोझैँ कतिसम्म दन्की नै रहनेछ? ती जातिहरू जसले तपाईंलाई स्वीकार गर्दैनन्, ती राज्यहरू जसले तपाईंलाई पुकार्दैनन्, तिनीहरूमाथि तपाईंको क्रोध खन्याउनुहोस्। किनभने तिनीहरूले याकूबलाई निलेका छन्, अनि तिनको वासस्थान उजाड पारेका छन्।
भजनसंग्रह 79:1-7 पवित्र बाइबल (NERV)
हे परमेश्वर, अन्य राष्ट्रहरू तपाईंको मानिसहरूसँग लडाइँ गर्न आए। ती मानिसहरूले तपाईंको पवित्र मन्दिर भत्काईदिए तिनीहरूले यरूशलेमलाई भग्नावशेष बनाई छोडे। शत्रुले तपाईंका दासहरू र भक्तजनहरूका शरीरहरू जङ्गली चराहरूले र जङ्गली जनावरहरूले खाओस् भनी छाडिदिए। परमेश्वर, ती शत्रुले पानी सरह रगत नबगुन्जेल सम्म तपाईंका मानिसहरू मारे। ती मृत शरीरहरू गाड्नलाई सम्म कोही पनि भएनन्। हाम्रा वरिपरिका गाउँलेहरूले हामीलाई खिसी गरे। हाम्रो चारैतिर भएका मानिसहरू हामीमाथि हाँसेर हाम्रो खिल्ली उडाए। हे परमेश्वर, के तपाईं हामीसँग सधैँको निम्ति रिसाउनु हुनेछ? के तपाईंको बलिया भावनाहरू आगो झैं अनवरत झल्दछ? हे परमेश्वर, तपाईंको क्रोध ती सम्प्रदायहरूप्रति उतार्नु होस् जुन सम्प्रदायले तपाईंलाई चिन्दैन। तपाईंको क्रोध ती सम्प्रदायहरूप्रति उतार्नु होस् जसले सहायताको निम्ति तपाईंको नाउँ पुकार्दैन। ती सम्प्रदायरूले याकूबलाई र उसको देशलाई ध्वंश पारे।
भजनसंग्रह 79:1-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमेश्वर! अविश्वासीहरूले तपाईंको देशमाथि आक्रमण गरेका छन्। तिनीहरूले तपाईंको पवित्र मन्दिरलाई अपवित्र गरेका छन् र यरूशलेमलाई ध्वंस पारिराखेका छन्। गिद्धहरूले खानलाई तपाईंका प्रजाका लाशहरू र जङ्गली जनावरले खानलाई तपाईंका दासहरूका लाश तिनीहरूले छोडिराखेका छन्। तिनीहरूले तपाईंका प्रजाका रगत पानीझैँ बगाए, यरूशलेमभरि पानीझैँ रगत बग्यो, मरेकाहरूलाई गाड्नलाई कोही बाँचेनन्। वरिपरिका देशहरूले हाम्रो अपमान गर्छन्, तिनीहरूले खिसी गरेर हाम्रो हाँसो उडाउँछन्। हे परमप्रभु! के सधैँभरि तपाईं हामीसँग रिसाउनुहुन्छ? के आगोझैँ तपाईंको क्रोध दन्किरहनेछ? तपाईंको रिस तपाईंलाई नपुज्ने देशहरूमाथि र तपाईंलाई प्रार्थना नगर्ने मानिसमाथि खन्याउनुहोस् किनभने तिनीहरूले तपाईंका प्रजालाई मारेका छन् र तपाईंको देश स्वाहा पारेका छन्।