भजनसंग्रह 78:13-15
भजनसंग्रह 78:13-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले समुद्रलाई दुई भाग गर्नुभयो, र तिनीहरूलाई बीचबाट पारि डोर्याउनुभयो, र उहाँले पानीलाई पर्खालझैँ खड़ा गरिदिनुभयो, दिउँसो उहाँले तिनीहरूलाई बादलले र रातभरि अग्निको प्रकाशले अगुवाइ गर्नुभयो। उहाँले उजाड-स्थानमा चट्टानहरूलाई दुई भाग पार्नुभयो, र सागरमा झैँ प्रशस्त पानी पिउन दिनुभयो।
भजनसंग्रह 78:13-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले समुद्रलाई दुई भाग पार्नुभयो, र यसबाट तिनीहरूलाई पारि डोर्याउनुभयो; उहाँले पानीलाई पर्खालझैँ खडा गर्नुभयो। उहाँले तिनीहरूलाई दिनमा बादलले र रातभरि आगोको उज्यालोले अगुवाइ गर्नुभयो। उहाँले मरुभूमिमा चट्टानलाई दुई भाग पार्नुभयो, र सागरको पानीजस्तै गरी प्रशस्त पानी तिनीहरूलाई दिनुभयो

भजनसंग्रह 78:13-15 पवित्र बाइबल (NERV)
परमेश्वरले लाल समुद्रलाई चिर्नु भयो अनि मानिसहरूलाई पार गराउनु भयो। पानी तिनीहरूका लागि दुवै तिर पक्का पर्खाल भएर उभिएको थियो। प्रत्येक दिन परमेश्वरले तिनीहरूलाई अग्लो बादल सहित डोर्याउनु भयो। अनि प्रत्येक रातभरि आगोको ज्वाला वा राँको बालेर तिनीहरूलाई डोर्याउनु भयो। परमेश्वरले चट्टानलाई मरुभूमिमा फोर्नु भयो। जमीनको भित्री तहबाट उहाँले मानिसहरूलाई पानी दिनुभयो।
भजनसंग्रह 78:13-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँले समुद्र फटाउनुभयो र त्यसको बीच भएर तिनीहरूलाई डोर्याउनुभयो। पानीलाई पर्खालजस्तो भएर खडा रहन लगाउनुभयो। दिउँसो बादलले र राती आगोको उज्यालोले तिनीहरूलाई बाटो देखाउनुभयो। उहाँले मरुभूमिमा चट्टान फुटाउनुभएर त्यसका गहिराइदेखि तिनीहरूलाई पिउने पानी दिनुभयो।