YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 74:10-17

भजनसंग्रह 74:10-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे परमेश्‍वर, शत्रुहरूले कहिलेसम्‍म तपाईंको ठट्टा गर्नेछन्‌? के शत्रुले तपाईंका नाउँको निन्‍दा सधैँभरि गरिरहन्‍छन्‌? तपाईं किन आफ्‍नो बाहुली, आफ्‍नो दाहिने बाहुली पछि थामेर राख्‍नुहुन्‍छ? लुगाबाट हात निकाल्‍नुहोस्‌ र तिनीहरूलाई नाश गर्नुहोस्‌। तर हे परमेश्‍वर, तपाईं तादिदेखि नै मेरा राजा हुनुहुन्‍छ, तपाईंले पृथ्‍वीमा उद्धार ल्‍याउनुहुन्‍छ। तपाईं नै हुनुहुन्‍छ जसले आफ्‍नो शक्तिले समुद्रलाई विभक्त गर्नुभयो, तपाईंले समुद्रको ठूलो जलचरका टाउकोहरू चूर्ण पार्नुभयो। तपाईंले लिव्‍यातन्‌ जल-पशुका शिरहरू चूरचूर पार्नुभयो, र तपाईंले त्‍यसलाई वनपशुहरूका आहारको निम्‍ति दिनुभयो। तपाईं नै हुनुहुन्‍छ जसले पानीका मूल र खोलाहरू फुटाएर निकाल्‍नुभयो। तपाईंले निरन्‍तर बगिरहने नदीहरूलाई सुकाइदिनुभयो। दिन तपाईंको हो, रात पनि तपाईंकै हो। सूर्य र चन्‍द्र तपाईंले नै स्‍थापित गर्नुभयो। पृथ्‍वीका सबै साँधसिमाना तपाईंले नै लगाउनुभएको हो। तपाईंले ग्रीष्‍म ऋतु र शिशिर ऋतु बनाउनुभएको हो।

शेयर गर्नुहोस्
भजनसंग्रह 74 पढ्नुहोस्

भजनसंग्रह 74:10-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे परमेश्‍वर, कहिलेसम्म शत्रुहरूले तपाईंको ठट्टा उडाउनेछन्? के वैरीहरूले तपाईंको नामको निन्दा सदासर्वदा गर्नेछन् त? किन तपाईं आफ्नो बाहुली, तपाईंको दाहिने हात रोक्नुहुन्छ? हस्तक्षेप गर्नुहोस् र तिनीहरूलाई नष्‍ट पार्नुहोस्। तर परमेश्‍वर प्राचीन समयदेखि नै मेरा राजा हुनुहुन्छ; उहाँले नै पृथ्वीमा मुक्ति ल्याउनुहुन्छ। तपाईंले नै आफ्नो शक्तिद्वारा समुद्रलाई दुई भाग पार्नुभयो; तपाईंले समुद्रको विशाल जन्तुहरूका टाउकाहरू कुच्याउनुभयो। तपाईं नै हो, जसले लिव्यातनको शिर कुच्याउनुभयो; र त्यसलाई मरुभूमिका पशुहरूलाई आहाराको निम्ति दिनुभयो। तपाईंले छहरा र नदीनालाका मूल फुटाइदिनुभयो; तपाईंले अटुट बगिरहने नदीहरूलाई सुकाइदिनुभयो। दिन तपाईंको हो, र रात पनि तपाईंकै हो; तपाईंले नै सूर्य र चन्द्र स्थापित गर्नुभएको हो। तपाईं नै हो, जसले पृथ्वीका सबै सिमानाहरू बनाउनुभयो; तपाईंले ग्रीष्म ऋतु र शिशिर ऋतु दुवैलाई बनाउनुभयो।

शेयर गर्नुहोस्
भजनसंग्रह 74 पढ्नुहोस्

भजनसंग्रह 74:10-17 पवित्र बाइबल (NERV)

हे परमेश्वर, कहिले सम्म शत्रुले हामीलाई खेलौना बनाउने हो? के तपाईं आफ्नो निन्दा गराउन तिनीहरूलाई सधैँ दिइरहनुहुन्छ? हे परमेश्वर, तपाईंले यति कठिन दण्ड हामीलाई किन दिनुहुन्छ? तपाईंले आफ्नो महान-शक्तिले हामीलाई पूर्ण रूपमा नष्ट पार्नु भयो। हे परमेश्वर, तपाईं लामो समयदेखि हाम्रो राजा हुनु भएको छ, तपाईंले यस देशमा धेरै युद्धहरू जिताउनलाई सहयोग गर्नु भएकोछ। हे परमेश्वर, तपाईंले आफ्नो महान् शक्ति प्रयोग गर्नुभयो, समुद्रलाई दुइ भागमा विभाजन गर्नुभयो। तपाईंले विशाल समुद्रको राक्षसहरूलाई जित्नु भयो, तपाईंले लिब्यातानको शिर टुक्रा-टुक्रा पार्नु भयो, अनि त्यसको शरीर जनावरहरूले खाओस् भनेर फाली दिनुभयो। तपाईंले नदीहरू र झर्नाहरू बग्ने बनाउनु भयो अनि तपाईंले नदीहरू सुकाइ दिनुभयो। हे परमेश्वर, तपाईं एक हुनुहुन्छ जसले दिन र रातलाई नियन्त्रण गर्नु हुन्छ। तपाईंले चन्द्रमा र सूर्य बनाउनु भयो। तपाईंले पृथ्वीमा सबै कुराको सीमा बनाइदिनु भयो। अनि तपाईंले ग्रीष्म ऋतु र शिशिर ऋतु बनाउनु भयो।

शेयर गर्नुहोस्
भजनसंग्रह 74 पढ्नुहोस्

भजनसंग्रह 74:10-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे परमेश्‍वर, कहिलेसम्‍म हाम्रा शत्रुहरू तपाईंमाथि हाँस्‍नेछन्? के सधैँ तिनीहरूले तपाईंको नामको अपमान गर्ने हुन्? किन हाम्रो सहायता गर्न छोड्‍नुभयो? किन आफ्‍ना हात पछिपट्टि बाँधी राख्‍नुहुन्‍छ? हे परमेश्‍वर, सुरुदेखि नै तपाईं हाम्रा राजा हुनुभएको छ; धेरैपल्‍ट तपाईंले हामीलाई बचाउनुभएको छ। तपाईंले आफ्‍नो परमशक्तिले समुद्रलाई भाग-भाग गर्नुभयो र समुद्रका डरलाग्‍दा जन्‍तुहरूका टाउका चुर-चुर पार्नुभयो। तपाईंले पानीको भयानक जन्‍तु लिव्‍यातनका टाउकाहरू चूरचूर पार्नुभयो, त्‍यसको शरीर तपाईंले मरुभूमिका जन्‍तुहरूलाई खान दिनुभयो। तपाईंले पानीका झरना र फोहोराहरूका मूल फुटाउनुभयो र ठूला-ठूला नदीहरू सुकाउनुभयो। तपाईंले रात र दिनलाई बनाउनुभयो र घाम र जूनलाई तिनका ठाउँ-ठाउँमा राख्‍नुभयो। तपाईंले पृथ्‍वीका सिमाना बाँध्‍नुभयो र गर्मी र ठन्‍डाका ऋतुहरू बनाउनुभयो।

शेयर गर्नुहोस्
भजनसंग्रह 74 पढ्नुहोस्