YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 73:1-14

भजनसंग्रह 73:1-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

साँच्‍चै नै परमेश्‍वर इस्राएलको निम्ति भलो हुनुहुन्छ; तिनीहरूको निम्ति, जसको हृदय शुद्ध छ। तर मेरा खुट्टाहरू चिप्लनै लागेका थिए; मैले टेक्ने आधार हराउनै लागेको थिएँ; किनकि जब मैले दुष्‍टहरूको उन्‍नति देखेँ, तब मैले ती घमण्डीहरूको डाह गर्न लागेँ। तिनीहरूलाई कुनै पीडा छैन; तिनीहरूका शरीर एकदम हृष्‍टपुष्‍ट र बलिया छन्। अन्य मानिसहरूझैँ तिनीहरू कष्‍टमा पर्दैनन्; मानिसलाई लाग्ने रोगहरूले तिनीहरूलाई छुँदैन। यसकारण अहङ्कार तिनीहरूका गहना हो, र हिंसा तिनीहरूका पहिरन। तिनीहरूका कठोर हृदयबाट अधर्म निस्कन्छ; तिनीहरूका दुष्‍ट कल्पनाको कुनै सीमा छैन। तिनीहरूले अरूको ठट्टा गर्दछन् र खराबी कुरा गर्दछन्; अहङ्कारसाथ अरूलाई अत्याचारको धम्की दिन्छन्। तिनीहरूका मुखले स्वर्ग हासिल गर्ने दाबी गर्दछन्, र तिनीहरूका जिब्रोले पृथ्वी अधिकार गर्दछन्। त्यसकारण तिनीहरूका मानिसहरू तिनीहरूका कुरातर्फ फर्कन्छन्, र प्रशस्ततामा पानी पिउँछन्। तिनीहरूले भन्छन्, “परमेश्‍वरले कसरी जान्‍नुहुन्छ र? के सर्वोच्‍च परमेश्‍वरमा कुनै कुराको ज्ञान छ र?” दुष्‍टहरू कस्ता हुन्छन्— तिनीहरूले निस्फिक्री भई सधैँ धनसम्पत्ति थुपार्छन्। साँच्‍चै मैले व्यर्थमा आफ्नो हृदय शुद्ध राखेको छु, र मेरो निर्दोषतामा आफ्नो हात धोएको छु। दिनभरि म कष्‍ट भोगेको छु, र हरेक बिहान मैले दण्ड भोग्नुपर्दछ।

शेयर गर्नुहोस्
भजनसंग्रह 73 पढ्नुहोस्

भजनसंग्रह 73:1-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

साँच्‍चै नै इस्राएलको निम्‍ति परमेश्‍वर भला हुनुहुन्‍छ, तिनीहरूका निम्‍ति जसको हृदय शुद्ध छ। तर मेरा खुट्टा प्राय: चिप्‍लन लागेका थिए। मैले मेरो टेक्‍ने आधार हराउन लागेको थिएँ। किनकि दुष्‍टहरूको उन्‍नति देखेर ती अहङ्कारीहरूको म डाह गर्दथें। तिनीहरूलाई कठिनाइ छैन, तिनीहरूका शरीर स्‍वस्‍थ र बलिया छन्‌। अरू मानिसहरूझैँ तिनीहरू कष्‍टमा हुँदैनन्‌, तिनीहरूमाथि मानव खराबी आइलाग्‍दैनन्‌। यसकारण अहङ्कार तिनीहरूको सिक्री हुन्‍छ, र तिनीहरू हिंसाको वस्‍त्र लाउँछन्‌। तिनीहरूका निष्‍ठुर हृदयबाट दुष्‍टता निस्‍कन्‍छ, तिनीहरूका मनको दुष्‍ट अहङ्कारको सीमा छैन। तिनीहरू ठट्टा गर्छन्‌, अनि डाहका कुरा गर्छन्‌, र आफ्‍नो अहङ्कारमा अत्‍याचार गर्ने धम्‍की दिन्‍छन्‌। तिनीहरूका मुखले स्‍वर्गकै दाबी गर्छन्‌, र तिनीहरूका जिब्राले पृथ्‍वीलाई अधिकार गर्छन्‌। यसकारण तिनीहरूका मानिसहरू तिनीहरूतर्फ फर्कन्‍छन्‌, र प्रशस्‍त पानी पिउँछन्‌। तिनीहरू भन्‍छन्‌, “परमेश्‍वरले कसरी जान्‍नुहुन्‍छ र? के सर्वोच्‍चमा ज्ञान छ र?” हेर, दुष्‍टहरू यस्‍ता छन्‌। सधैँ निश्‍चिन्‍त, तिनीहरू धन बढ़ाउँछन्‌। निश्‍चय मैले व्‍यर्थमा आफ्‍नो हृदय शुद्ध राखेको छु, र निर्दोषतामा आफ्‍नो हात धोएको छु। दिनभरि मैले आपत्ति भोगेको छु, र प्रत्येक बिहान मैले दण्‍ड भोग्‍नुपरेको छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 73 पढ्नुहोस्

भजनसंग्रह 73:1-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

साँच्‍चै नै परमेश्‍वर इस्राएलको निम्ति भलो हुनुहुन्छ; तिनीहरूको निम्ति, जसको हृदय शुद्ध छ। तर मेरा खुट्टाहरू चिप्लनै लागेका थिए; मैले टेक्ने आधार हराउनै लागेको थिएँ; किनकि जब मैले दुष्‍टहरूको उन्‍नति देखेँ, तब मैले ती घमण्डीहरूको डाह गर्न लागेँ। तिनीहरूलाई कुनै पीडा छैन; तिनीहरूका शरीर एकदम हृष्‍टपुष्‍ट र बलिया छन्। अन्य मानिसहरूझैँ तिनीहरू कष्‍टमा पर्दैनन्; मानिसलाई लाग्ने रोगहरूले तिनीहरूलाई छुँदैन। यसकारण अहङ्कार तिनीहरूका गहना हो, र हिंसा तिनीहरूका पहिरन। तिनीहरूका कठोर हृदयबाट अधर्म निस्कन्छ; तिनीहरूका दुष्‍ट कल्पनाको कुनै सीमा छैन। तिनीहरूले अरूको ठट्टा गर्दछन् र खराबी कुरा गर्दछन्; अहङ्कारसाथ अरूलाई अत्याचारको धम्की दिन्छन्। तिनीहरूका मुखले स्वर्ग हासिल गर्ने दाबी गर्दछन्, र तिनीहरूका जिब्रोले पृथ्वी अधिकार गर्दछन्। त्यसकारण तिनीहरूका मानिसहरू तिनीहरूका कुरातर्फ फर्कन्छन्, र प्रशस्ततामा पानी पिउँछन्। तिनीहरूले भन्छन्, “परमेश्‍वरले कसरी जान्‍नुहुन्छ र? के सर्वोच्‍च परमेश्‍वरमा कुनै कुराको ज्ञान छ र?” दुष्‍टहरू कस्ता हुन्छन्— तिनीहरूले निस्फिक्री भई सधैँ धनसम्पत्ति थुपार्छन्। साँच्‍चै मैले व्यर्थमा आफ्नो हृदय शुद्ध राखेको छु, र मेरो निर्दोषतामा आफ्नो हात धोएको छु। दिनभरि म कष्‍ट भोगेको छु, र हरेक बिहान मैले दण्ड भोग्नुपर्दछ।

शेयर गर्नुहोस्
भजनसंग्रह 73 पढ्नुहोस्

भजनसंग्रह 73:1-14 पवित्र बाइबल (NERV)

साँच्चै नै इस्राएल को निम्ति परमेश्वर राम्रो हुनुहुन्छ। परमेश्वर ती मानिसहरूका निम्ति राम्रो हुनुहुन्छ जसको हृदय शुद्ध छ। म प्रायः चिप्लिएँ र नियन्त्रण हराएँ। म प्रायः चुकें अनि पाप गर्न थालें। मैले दुष्ट मानिसहरू सफल भएको देखें। म ती अहंकारी मानिसहरू देखि इर्ष्यालु भएँ। ती मानिसहरू ह्रिष्टपुष्ट छन्। तिनीहरूलाई बाँच्नको लागि सङ्घर्ष गर्नु पर्दैन। ती दुष्ट मानिसहरू हामी जस्तो पीडित हुँदैनन्। अन्य मानिसहरू जस्ता तिनीहरू सङ्कटमा छैनन्। यसैले तिनीहरू अंहकारी र घृणित मानिसहरू हुन्। तिनीहरूले लगाएका बहुमूल्य गर-गहनाहरू र आर्कषक पोषाकहरू जस्तै देखिन्छन्। यदि ती मानिसहरू केही अरू थोक जस्तो देखिएको भए, तिनीहरू जान्छन् र लिन्छन्, तिनीहरूले जे चाहे पनि गर्दछन्। तिनीहरूले नीच र दुष्ट कुराहरू अरूको बारेमा भन्दछन्, तिनीहरू घमण्डी र हठी खालका छन् अनि तिनीहरूले सधैँ नै अरू माथि सहजै फाईदा उठाउने उपायहरू गर्दछन्। ती अहंकारीहरू आफूलाई देवता मान्दछन्। तिनीहरूले आफूलाई पृथ्वीको शासक ठान्छन्। यसर्थ परमेश्वरका मानिसहरू पनि उनीहरू तिर फर्किए, र तिनीहरूले जे भने तिनीहरूको निम्ति त्यही कुराहरू गरे। ती दुष्ट मानिसहरू भन्छन, “हामीहरूले के गरिरहेका छौं, भनेर परमेश्वर जान्दैनन्! सर्वोच्च परमेश्वरले जान्दैनन्।” ती घमण्डी मानिसहरू दुष्ट छन्, तर तिनीहरू धनी छन् र झन् धनी भईरहेका छन्। यसैले मैले मात्र हृदय किन शुद्ध पार्नु? किन मैले मेरो हातहरू धोई सफा राख्नु। हे परमेश्वर, म दिनभरि नै कष्ट भोग्छु अनि प्रत्येक बिहान तपाईंले मलाई दण्ड दिनुहुन्छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 73 पढ्नुहोस्

भजनसंग्रह 73:1-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

इस्राएलको लागि र शुद्ध हृदय भएकाहरूको लागि परमेश्‍वर साँच्‍चै असल हुनुहुन्‍छ। तर मैले आफ्‍ना विश्‍वास र भरोसा प्राय: हराइसकेको थिएँ, किनभने मैले दुष्‍टहरूको सबै कुरामा फलिफाप भएको देखें र अहङ्कारीहरूसँग ईर्ष्‍या गरेको थिएँ। तिनीहरूले दु:ख-कष्‍ट भोग्‍दैनन्, तिनीहरू बलिया र स्‍वस्‍थ हुन्‍छन्। अरू मानिसहरूले झैँ तिनीहरू दु:ख पाउँदैनन्; अरूले भोगेझैँ तिनीहरूले कष्‍ट भोग्‍दैनन्। यसर्थ तिनीहरूले अहङ्कारलाई मालाजस्‍तै लाउँछन् र हिँसालाई खास्‍टोजस्‍तै ओढ्छन्। तिनीहरूका हृदयदेखि खराबी निस्‍कन्‍छ र तिनका मन दुष्‍ट युक्तिहरू निकाल्‍नमा व्‍यस्‍त रहन्‍छन्। तिनीहरू अरूमाथि हाँस्‍छन् र खराब कुरा बोल्‍छन्। तिनीहरू घमण्‍डी छन् र अरूलाई सताउने युक्तिहरू रच्‍छन्। स्‍वर्गका परमेश्‍वरबारे तिनीहरूले दुष्‍ट कुरा भन्‍छन् र पृथ्‍वीका मानिसहरूलाई घमण्‍डले भरिएका आज्ञा दिन्‍छन्। यहाँसम्‍म कि परमेश्‍वरका आफ्‍ना प्रजा पनि तिनीहरूतिर फर्कन्‍छन् र तिनीहरूले भनेका कुरा झट्टै पत्‍याउँछन्। तिनीहरू भन्‍छन्, “परमेश्‍वरले जान्‍नुहुनेछैन, सर्वोच्‍च परमेश्‍वरले थाहा पाउनुहुनेछैन।” दुष्‍टहरू त्‍यस्‍ता हुन्‍छन्, तिनीहरूसँग प्रशस्‍त छ र तिनीहरूले सधैँ अझै धेरै पाइरहेका छन्। त के, मैले आफैंलाई पवित्र राखेको र पाप नगरेकोमा व्‍यर्थ छ र? हे परमेश्‍वर, तपाईंले मलाई सारा दिन कष्‍ट भोग्‍न लगाउनुभएको छ, हरेक बिहान तपाईंले मलाई दण्‍ड दिनुभएको छ।

शेयर गर्नुहोस्
भजनसंग्रह 73 पढ्नुहोस्