भजनसंग्रह 71:15-16
भजनसंग्रह 71:15-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो मुखले तपाईंको धार्मिकता, र तपाईंबाट हुने उद्धारको विषयमा सारा दिन बोल्नेछ, यद्यपि तिनको परिमाण मलाई थाहा छैन। हे परमप्रभु परमेश्वर, तपाईंका शक्तिशाली कार्यको म घोषणा गर्नेछु, तपाईंका धार्मिकताको मात्र म घोषणा गर्नेछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 71 पढ्नुहोस्भजनसंग्रह 71:15-16 पवित्र बाइबल (NERV)
तपाईं कति असल हुनुहुन्छ भनेर म मानिसहरूलाई भन्नेछु। एकपल्ट मात्र होइन धेरै पल्ट तपाईंले मलाई बचाएको कुरो म तिनीहरूलाई भन्नेछु। ती समयहरूको गन्ती नै छैन। हे परमप्रभु मेरो स्वामी म तपाईंको महानताको बारेमा बताउनेछु। म तपाईंको बारेमा र तपाईंको भलाईको विषय बताउनेछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 71 पढ्नुहोस्भजनसंग्रह 71:15-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म तपाईंको भलाइबारे भन्नेछु, दिनभरि म तपाईंको मुक्तिको विषयमा कुरा गर्नेछु, जुन मुक्तिबारे मैले पूरा बुझ्न पनि सकेको छैनँ। हे सार्वभौम परमप्रभु, म तपाईंको सामर्थ्यको प्रशंसा गर्नेछु, तपाईंको भलाइबारे मात्र अरूलाई उच्च स्वरले भन्नेछु।
शेयर गर्नुहोस्
भजनसंग्रह 71 पढ्नुहोस्