YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 70:1-5

भजनसंग्रह 70:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे परमेश्‍वर, मेरो उद्धार गर्न छिटो गर्नुहोस्‌, हे परमप्रभु, मलाई मदत गर्न चाँड़ै आउनुहोस्‌। मेरो प्राण लिन खोज्‍नेहरू लाज र अन्‍योलमा परून्‌। मेरो विनाशको कामना गर्नेहरू सबै पिठिउँ फर्काएर जाऊन्‌ र अपमानित होऊन्‌। मेरो ठट्टा उड़ाउनेहरू आफ्‍नै लाजले गर्दा व्‍याकुल होऊन्‌। तर ज-जसले तपाईंलाई खोज्‍छन्‌, ती सबै तपाईंमा रमाऊन्‌ र आनन्‍दित होऊन्‌। तपाईंको मुक्तिलाई प्रेम गर्नेहरूले निरन्‍तर भनून्‌, “परमेश्‍वरको नाउँ उच्‍च होस्‌!” तर म त गरीब र दरिद्र छु, मकहाँ चाँड़ै आउनुहोस्‌, हे परमेश्‍वर। तपाईं मेरा सहायक र मलाई छुटकारा दिने हुनुहुन्‍छ। हे परमप्रभु, विलम्‍ब नगर्नुहोस्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 70 पढ्नुहोस्

भजनसंग्रह 70:1-5 पवित्र बाइबल (NERV)

हे परमेश्वर, मलाई बचाउनु होस्! हे परमेश्वर, मलाई सहायता गर्नलाई आत्तुरी गर्नुहोस्। मानिसहरूले मलाई मार्ने कोशिश गरिरहेछन्। तिनीहरूलाई असन्तुष्ट पार्नुहोस्। तिनीहरूलइ अपमानित पार्नुहोस्। मानिसहरू मप्रति अधर्म काम गर्न चाहन्छन्। तिनीहरूका पतन हुन्छ र लज्जित अनुभव गर्छन् भन्ने मलाई लाग्दछ। मानिसहरूले मलाई हाँसोको पात्र बनाए। ज-जसले मेरो निन्दा गरे जुन कुराको निम्ति तिनीहरू योग्य छन् तिनीहरूले त्यो पाउन सकुन्। ज-जसले तपाईंको उपासना गर्छन, तिनीहरू खुबै खुशी होऊन्। जसले तपाईंको मुक्तिलाई प्रेम गर्छन् सधैँ तपाईंको प्रशंसा गरून्। हे परमेश्वर! म दीन-दुःखी र असहाय मानिस हुँ। हे परमेश्वर! चाँडो आएर मलाई बचाउनु होस्! हे परमेश्वर, तपाईंले मात्र मलाई बचाउन सक्नु हुन्छ! अझ विलम्ब नगर्नुहोस्!

शेयर गर्नुहोस्
भजनसंग्रह 70 पढ्नुहोस्

भजनसंग्रह 70:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे परमेश्‍वर! मलाई बचाउनुहोस्। हे परमप्रभु! अहिले मलाई सहायता गर्नुहोस्। मलाई मार्न खोज्‍नेहरूको हार होस् र तिनीहरू अन्‍योलमा परून्। म कष्‍टमा पर्दा खुसी हुनेहरूको बेइज्‍जत होस् र तिनीहरू भाग्‍नुपरोस्। मलाई खिसी गर्नेहरू आफ्‍नो हार भएकाले बिचलित होऊन्। तपाईंकहाँ आउनेहरूले आनन्‍द गरून् र रमाऊन्। तपाईंले दिनुभएको मुक्तिको लागि धन्‍यवादी हुनेहरूले सधैँ यसो भनून्, “परमेश्‍वर कति महान् हुनुहुन्‍छ!” म दुर्बल र असहाय छु, हे परमेश्‍वर, चाँडो मकहाँ आउनुहोस्। तपाईं मेरो मुक्तिदाता र परमप्रभु हुनुहुन्‍छ; मेरो मद्दतको लागि चाँडै आउनुहोस्।

शेयर गर्नुहोस्
भजनसंग्रह 70 पढ्नुहोस्