YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 7:12-17

भजनसंग्रह 7:12-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यदि मानिसले पश्‍चात्ताप गरेन भनेता, उहाँले आफ्‍नो तरवारमा शान लाउनुहुनेछ। उहाँले आफ्‍नो धनुमा ताँदो चढ़ाउनुहुनेछ। उहाँले आफ्‍ना घातक शस्‍त्रहरू तयार पार्नुभएको छ। उहाँले आफ्‍ना काँड़हरूलाई अग्‍निबाण तुल्‍याउनुहुन्‍छ। जसको कल्‍पना दुष्‍टताले पूर्ण छ, र उपद्र्याइँ सोच्‍दछ, त्‍यसले भ्रमलाई जन्‍म दिन्‍छ। जसले खनेर एउटा खाल्‍डो बनाउँछ, त्‍यसले खनेको खाल्‍डोभित्र त्‍यो आफै जाकिन्‍छ। त्‍यसको उपद्र्याइँ त्‍यसको आफ्‍नै टाउकोमा खनिन्‍छ, त्‍यसको अत्‍याचार त्‍यसकै थाप्‍लोमाथि ओइरिन्‍छ। परमप्रभुका धार्मिकताको कारण म उहाँमा धन्‍यवाद चढ़ाउनेछु, र सर्वोच्‍च परमप्रभुको स्‍तुति म गाउनेछु।

शेयर गर्नुहोस्
भजनसंग्रह 7 पढ्नुहोस्

भजनसंग्रह 7:12-17 पवित्र बाइबल (NERV)

यदि परमेश्वरले कुनै निर्णय लिनु भयो भने उहाँले आफ्नो मन बदल्नु हुन्न। यदि दुष्ट मानिसहरू परिर्वतन हुँदैनन् भने, परमेश्वर तिनीहरूलाई सजाय दिनु तयार हुनुहुन्छ। परमेश्वरले आफ्नो तरवार उध्याउनु भएकोछ अनि काँड हान्न तयार हुनुहुन्छ। दुष्ट मानिसहरूले दिएको कष्ट र पीरहरू तपाईंले निश्चय देख्नु भएकोछ। यस विषायमा तपाईंले केही गर्नुहोस्। ती असहाय मानिसहरूलाई सहायता गर्ने कोही पनि छैनन्। दृष्टीहीनको निम्ति तपाईं रक्षक हुनुहुन्छ। तिनीहरूले पाउनु पर्नै दण्ड पाउने छन्, जो अरूको लागि कपटी छन्। तर तिनीहरूले जस्तो रोपेका छन् त्यस्तै फल पाउनेछन्। म परमप्रभुको प्रशंसा गाउँदछु किनभने उहाँ असल हुनुहुन्छ। सर्वोच्च परमप्रभुको नाउँको म प्रशंसा गर्नेछु।

शेयर गर्नुहोस्
भजनसंग्रह 7 पढ्नुहोस्

भजनसंग्रह 7:12-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिनीहरूले आफ्‍ना बानी-बेहोरा सुधार्दैनन् भने परमेश्‍वरले आफ्‍नो तरवारमा सान लाउनुहुनेछ। उहाँले आफ्‍नो धनु तानेर हान्‍नलाई तयार पार्नुहुन्‍छ, उहाँले आफ्‍ना घात गर्ने हतियारहरू उठाउनुहुन्‍छ र अग्‍नि-वाण ताक्‍नुहुन्‍छ। हेर्नुहोस्, कसरी दुष्‍ट मानिसहरूले दुष्‍ट कुरा सोच्‍छन्। तिनीहरू झैँ-झगडा गर्ने युक्ति गर्छन्, छल-कपट गर्छन्। तर अरूलाई थापेको पासोमा तिनीहरू आफैं पर्छन्। आफ्‍ना दुष्‍कर्मको दण्‍ड तिनीहरू आफैं भोग्‍छन् र आफ्‍ना हिँसाको चोट आफैं खप्‍छन्। तपाईंको न्‍यायको लागि म परमप्रभुलाई धन्‍यवाद दिन्‍छु। म सर्वोच्‍च परमप्रभुको प्रशंसा गाउँछु।

शेयर गर्नुहोस्
भजनसंग्रह 7 पढ्नुहोस्