भजनसंग्रह 69:6-9
भजनसंग्रह 69:6-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईंमा आशा राख्नेहरू मेरो कारणले अनादरमा नपरून्, हे परमप्रभु, सर्वशक्तिमान् परमप्रभु। हे इस्राएलका परमेश्वर, तपाईंलाई खोज्नेहरू मेरो कारणले शर्ममा नपरून्। किनभने तपाईंकै खातिर मैले तिरस्कार सहेको छु, र लाजले मेरो अनुहारलाई ढाकेको छ। मेरा भाइहरूका बीचमा म बिरानो भएको छु, र मेरी आमाका छोराहरूमा म विदेशी भएको छु। किनकि तपाईंका भवनको जोशले मलाई जलाएको छ, तपाईंलाई निन्दा गर्नेहरूको निन्दा ममाथि आइपरेको छ
भजनसंग्रह 69:6-9 पवित्र बाइबल (NERV)
हे मेरो स्वामी, सेनाहरूका परमेश्वर, मेरो लागि तपाईंका भक्तजनहरूलाई लज्जित नपार्नु होस्। हे इस्राएल का परमेश्वर, जो तपाईंमाथि निर्भरछन, तपाईका उपासकहरूलाई मेरो कारणले लज्जित हुन नदिनुहोस्। मेरो अनुहार शरमले ढाकिएको छ। म तपाईंको निम्ति त्यो शरम सहन्छु। मेरो दाज्यू-भाइहरूले मलाई परदेशी जस्तो व्यवहार गर्दैछन्। मेरो आमाको छोराहरूले मलाई विदेशी सरह व्यवहार गर्दैछन्। तपाईंको मन्दिर तर्फको मेरो दरिलो जोशले मलाई नष्ट पारिरहेछ। म ती मानिसहरूदेखि जसले तपाईंलाई खिसी गर्दछ उपहासको पात्र बनिरहेछु।
भजनसंग्रह 69:6-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मेरो कारणले तपाईंमाथि भरोसा गर्नेहरू लाजमा नपरून्। हे सर्वशक्तिमान् सार्वभौम परमप्रभु! तपाईंलाई पुज्नेहरूलाई मेरा कारणले बदनाम नहोस्! हे इस्राएलका परमेश्वर! तपाईंको कारण मेरो अपमान भएको छ र म लाजमा परेको छु। मेरा दाजुभाइहरूले मलाई नचिनेझैँ गर्छन्, मेरो परिवारभित्र म परदेशीझैँ छु। तपाईंको मन्दिरप्रति मेरो भक्ति आगोझैँ बल्दछ, तपाईंलाई गरेका अपमानहरू ममाथि पर्दै छन्।