भजनसंग्रह 69:1-36
भजनसंग्रह 69:1-36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमेश्वर, मलाई बचाउनुहोस्, किनकि पानी मेरो गर्दनसम्म आइसकेको छ। उभिने ठाउँ नभएको गहिरो दलदलमा म डुब्दैछु, गहिरो पानीमा फसेको छु, बाढ़हरू ममाथि उर्लंदैछन्। मदतको लागि कराउँदा-कराउँदा म थाकेको छु, मेरो घोक्रो सुकिसकेको छ। मेरा परमेश्वरको बाटो हेर्दा-हेर्दा मेरा आँखा धमिला भएका छन्। विनाकारण मलाई घृणा गर्नेहरू मेरो शिरका कपालभन्दा धेरै छन्। विनाकारण मेरा शत्रु हुनेहरू धेरै छन्, जसले मलाई मार्न खोज्छन्। मैले नलुटेका चीजहरू फिर्ता गर्न मलाई बाध्य भएको छ। हे परमेश्वर, तपाईं मेरो मूर्खता जान्नुहुन्छ, र मेरा दोष तपाईंबाट लुकेको छैन। तपाईंमा आशा राख्नेहरू मेरो कारणले अनादरमा नपरून्, हे परमप्रभु, सर्वशक्तिमान् परमप्रभु। हे इस्राएलका परमेश्वर, तपाईंलाई खोज्नेहरू मेरो कारणले शर्ममा नपरून्। किनभने तपाईंकै खातिर मैले तिरस्कार सहेको छु, र लाजले मेरो अनुहारलाई ढाकेको छ। मेरा भाइहरूका बीचमा म बिरानो भएको छु, र मेरी आमाका छोराहरूमा म विदेशी भएको छु। किनकि तपाईंका भवनको जोशले मलाई जलाएको छ, तपाईंलाई निन्दा गर्नेहरूको निन्दा ममाथि आइपरेको छ, म रुँदा र उपवास बस्दा, मैले उपहास सहनुपर्दछ, जब म भाङ्ग्राको लुगा लगाउँछु, मानिसहरू मेरो ठट्टा गर्दछन्। मूल ढोकामा बस्नेहरू मलाई खिज्याउँछन्, र म त मतवालाहरूको गीत भएको छु। तर म तपाईंलाई प्रार्थना गर्दछु, हे परमप्रभु, तपाईंको निगाहको बेलामा। तपाईंको महान् प्रेममा, हे परमेश्वर, तपाईंको निश्चित उद्धारले मलाई उत्तर दिनुहोस्। दलदलमा डुब्नुदेखि मलाई बचाउनुहोस्, मलाई घृणा गर्नेहरूबाट र गहिरो पानीबाट मेरो उद्धार गर्नुहोस्। पानीको बाढ़ले मलाई नछोपोस्, अथवा जलले मलाई ननिलोस्, वा चिहानले आफ्नो मुख ममाथि बन्द नगरोस्। तपाईंका प्रेमको उत्तमतामा, हे परमप्रभु, मलाई उत्तर दिनुहोस्, आफ्नो महान् कृपामा मतर्फ फर्कनुहोस्। तपाईंको मुहार आफ्नो दासदेखि नफर्काउनुहोस्। मलाई झट्टै उत्तर दिनुहोस्, किनकि म दु:खमा परेको छु। मेरो नजिक आउनुहोस् र मेरो उद्धार गरिदिनुहोस्, मेरा शत्रुहरूको कारण मलाई मोल तिरेर छुटाउनुहोस्। मेरो तिरस्कार, मेरो शर्म र मेरो बेइज्जत तपाईंलाई थाहा छ। मेरा सबै शत्रुहरू तपाईंकै अगि छन्। तिरस्कारले मेरो मन भाँचेको छ, र म निस्सहाय भएको छु। मलाई टिठ्याउने कोही छन् कि भनेर मैले खोजें, तर कोही थिएन, र सान्त्वना दिनेहरू पनि, तर कोही थिएन। तिनीहरूले मेरो खानामा पित्त हाले, र मेरो तिर्खामा तिनीहरूले मलाई सिर्का दिए। तिनीहरूका निम्ति राखिएको भोजन तिनीहरूका निम्ति पासो बनोस्, यो नै प्रतिफल र धराप बनोस्। तिनीहरूका आँखा धमिला होऊन् र देख्न नसक्ने बनून्, र तिनीहरूको कमर सदा कुप्रिरहोस्। तिनीहरूमाथि तपाईंको क्रोध खन्याउनुहोस्, र तपाईंको दन्किरहेको क्रोध तिनीहरूमाथि आइपरोस्। तिनीहरूको छाउनी उजाड भइजाओस्। तिनीहरूका पालहरूमा कोही वास नगरून्। किनकि जसलाई तपाईंले हिर्काउनुभएको छ, त्यसलाई नै तिनीहरू सताउँछन्, र जसलाई तपाईंले घायल पार्नुभएको छ, त्यसलाई तिनीहरू अझ बढ़ी कष्ट दिन्छन्। तिनीहरूलाई अपराधमाथि अपराधको दोषारोपण गर्नुहोस्, र तिनीहरू तपाईंका उद्धारको सहभागी हुन नपाऊन्। जीवनको पुस्तकबाट तिनीहरूका नाउँ मेटिऊन्, र धर्मीहरूका साथमा नलेखिऊन्। म त दु:ख र पीडामा छु, हे परमेश्वर, तपाईंको उद्धारले मलाई रक्षा गरोस्। स्तुति गाएर म परमेश्वरका नाउँको प्रशंसा गर्नेछु, र धन्यवाद चढ़ाएर म उहाँको महिमा गर्नेछु। बलिको साँढ़ेभन्दा यी कुराले परमप्रभुलाई बढ़ी प्रसन्न पार्नेछन्, सीङ र खुर भएको गोरुभन्दा पनि बढ़ी प्रसन्न पार्नेछन्। यो देखेर थिचोमिचोमा परेकाहरू रमाउनेछन्— हे परमेश्वरलाई खोज्ने हो, तिमीहरूको हृदय जीवित होस्। परमप्रभुले दरिद्रहरूको पुकारा सुन्नुहुन्छ, र बन्धनमा परेका आफ्ना जनलाई तुच्छ ठान्नुहुन्न। स्वर्ग र पृथ्वी र समुद्र र तिनमा चलहल गर्ने साराले उहाँको प्रशंसा गरून्। किनकि परमेश्वरले सियोनलाई बचाउनुहुनेछ, र यहूदाका सहरहरूलाई फेरि निर्माण गर्नुहुनेछ। तब मानिसहरू त्यहाँ बस्नेछन् अनि त्यसलाई कब्जा गर्नेछन्। उहाँका दासहरूका सन्तान त्यसको उत्तराधिकारी हुनेछन्, र उहाँको नाउँलाई प्रेम गर्नेहरू त्यहाँ वास गर्नेछन्।
भजनसंग्रह 69:1-36 पवित्र बाइबल (NERV)
हे परमेश्वर, मेरो सम्पूर्ण सङ्कटहरूबाट बचाउँनु होस्! मेरो मुखसम्म पानी उठिसक्यो। त्यहाँ उभिने कुनै ठाउँ छैन। म तल-तल दलदलमा भाँसिदैछु, म गहिरो पानी भित्र छु, अनि छालहरूले मलाई जोडसँग चारैतिर हिर्काई रहेछन्। तपाईंको सहायताको लागि गुहार माग्नलाई बोलाउँदा बोलाउँदा म कमजोर भइरहेछु। मेरो घाँटी पोलिरहेछ। म तपाईंको सहयोगको निम्ति मेरो आँखा नट्टयाउन्जेल सम्म पर्खिरहें, मेरा शिरका केशहरू भन्दा धेरै शत्रुहरू छन्। कारणनै बिना तिनीहरू मलाई हेला गर्छन्। तिनीहरूले मलाई विध्वंश पार्ने पूरा चेष्टा गरे। मेरो विषयमा तिनीहरू झूटो कुराहरू गर्छन्, तिनीहरू झूटा छन् र मैले सामानहरू चोरें भन्छन्। तिनीहरूले मलाई जबर्जस्ती नचोरेका चीजहरूको मूल्य तिर्न लगाउँदछन्। हे परमेश्वर, तपाईं जान्नुहुन्छ कि, मैले कुनै गल्ती काम गरेको छैन। म तपाईंदेखि आफ्ना पापहरू लुकाउन सक्तिनँ। हे मेरो स्वामी, सेनाहरूका परमेश्वर, मेरो लागि तपाईंका भक्तजनहरूलाई लज्जित नपार्नु होस्। हे इस्राएल का परमेश्वर, जो तपाईंमाथि निर्भरछन, तपाईका उपासकहरूलाई मेरो कारणले लज्जित हुन नदिनुहोस्। मेरो अनुहार शरमले ढाकिएको छ। म तपाईंको निम्ति त्यो शरम सहन्छु। मेरो दाज्यू-भाइहरूले मलाई परदेशी जस्तो व्यवहार गर्दैछन्। मेरो आमाको छोराहरूले मलाई विदेशी सरह व्यवहार गर्दैछन्। तपाईंको मन्दिर तर्फको मेरो दरिलो जोशले मलाई नष्ट पारिरहेछ। म ती मानिसहरूदेखि जसले तपाईंलाई खिसी गर्दछ उपहासको पात्र बनिरहेछु। म रोएँ र उपवास बसें, अनि तिनीहरूले यसो गरेको देखेर खिसी गरे। आफ्नो उदासीपन देखाउनलाई थोत्रो पोशाक लगाएँ, अनि मानिसहरूले मेरो विषयमा ठट्टा गरे। तिनीहरूले जनसमूहमा मेरो विषय कुराहरू गर्छन। मद्यपान गर्नेहरूले मेरो निम्ति उपहासपूर्ण गीतहरू बनाए। तर, हे परमप्रभु, यो प्रार्थना तपाईंको निम्ति होः तपाईंले मलाई ग्रहण गरेको चाहन्छु। हे परमेश्वर, म तपाईंबाट प्रेमसाथ जवाफ चाहन्छु, म जान्दछु कि मलाई बचाउँन तपाईंमाथि भरोसा गर्नसक्छु। दलदल देखि मलाई तान्नु होस्। मलाई दलदल भित्र भासिन नदिनुहोस्। मलाई यो गहन पानीबाट बचाउनुहोस्। मलाई ती मानिसहरूबाट बचाउनु होस् जसले मलाई हेला गर्छन्। पानीका छालहरूमा मलाई डुब्न नदिनुहोस्। गहीरो प्वालले मलाई निल्न नदिनुहोस्। मलाई मेरो शत्रुहरूबाट र यो गम्भीर कष्टबाट बचाउनुहोस्। हे परमप्रभु, तपाईंको प्रेम असल छ। म पट्टि फर्कनु होस् र तपाईंको महान् दयाले मलाई सहायता गर्नुहोस्। तपाईंको दासबाट मुख नफर्काउनु होस्। म सङ्कटमा छु। चाँडो, मलाई सघाउँनु होस्। आउनु होस् र मेरो प्राण जोगाउनु होस्। मेरो शत्रुहरूबाट मलाई जोगाउनु होस्। मेरो लज्जितपन तपाईं जान्नुहुन्छ, मेरो शत्रुहरूले मलाई अपमान गरेको तपाईं जान्नुहुन्छ, तिनीहरूले मलाई ती कुराहरू गर्दै गरेको तपाईंले देख्नुभयो। गालीले मलाई धूलो-पिठो पारेको छ। म गालीको कारणले मर्न लागेको छु म संवेदना पर्खिएको छु, तर कसैबाट पाउन सकिन। म कतिपय मानिसहरूलाई सान्त्वनाको निम्ति पर्खीं बसें, तर कोही पनि आएन। तिनीहरूले मलाई खानलाई विष दिए। तिनीहरूले मलाई सिर्का दिए, दाखरस दिएनन्। तिनीहरूका टेबलहरू खानाहरूले सजिएका छन्। तिनीहरूसँग त्यस्तो विशाल बन्धुत्वपूर्ण भोजहरू छन्। मलाई ती भोजहरूले विनाश गर्ला भन्ने लाग्दछ। तिनीहरूका आँखा अन्धा होउन्, अनि तिनीहरूको पीठ्यूँ सधैँको निम्ति दुर्बल हुन दिनुहोस्। तपाईंका सम्पूर्ण क्रोधहरूका अनुभव तिनीहरूले पनि गरून्। तिनीहरूका घरहरू रित्तो पारिदिनुहोस्। कोही पनि त्यहाँ बस्न नपाओस्। तिनीहरूलाई दण्ड दिनुहोस्, अनि तिनीहरू भाग्नेछन्। त्यसपछि तिनीहरूले कुरा गर्दा पीडा र घायलहरू पाउनेछन्। तिनीहरूका अधर्म कामहरूको लागि दण्ड दिनुहोस्। तपाईं कत्तिको असल हुनुहुन्छ, भनी तिनीहरूलाई नदेखाउनु होस्। जीवनको पुस्तकबाट तिनीहरूको नाउँ मेटि दिनुहोस्, तिनीहरूका नाउँ धर्मी मानिसहरूको साथमा नलेखि दिनुहोस्। म दुःखीत र पीडित छु। परमेश्वर मलाई उठाउनु होस्, मलाई बचाउनु होस्। म परमेश्वरको नाउँ गीतमा प्रशंसा गर्नेछु। म धन्यवादको गीतहरूमा प्रशंसा गर्नेछु। यसले परमेश्वरलाई खुशी पार्नेछ! यो साँढे र अन्य पशुहरू मारेर बली चढाउनु भन्दा उत्तम हुनेछ। नम्र मानिसहरू जो परमेश्वरलाई उपासना गर्न आएका छन्। यी कुरा जानेर तिनीहरू खुशी हुने छन्। किनकि परमप्रभुले दीन-दुःखी र असहायकहरूको पुकारा सुन्नु हुन्छ। कैदमा परेका मानिसहरूलाई पनि परमप्रभुले मन पराउनु हुन्छ। स्वर्ग र पृथ्वीले, परमेश्वरको प्रशंसा गरून्। समुद्र र यसमा भएका जम्मै चीजहरूहो! परमप्रभुको प्रशंसा गर। परमप्रभुले सियोनलाई बचाउनुहुनेछ। परमप्रभुले यहूदाका शहरहरू अझ एकपल्ट निर्माण गर्नु हुनेछ ताकि उहाँका मानिसहरू त्यहाँ फेरि बस्न सकुन्। उहाँका दासहरूका सन्तानले त्यो धर्ती पाउनेछन्, मानिसहरू ज-जसले उहाँको नाउँलाई प्रेम गर्दछन् उनीहरू त्यहाँ बस्ने छन्।
भजनसंग्रह 69:1-36 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमेश्वर! मलाई बचाउनुहोस्! मेरो घाँटीसम्म पानी आइपुगेको छ। म गहिरो हिलोमा डुब्दै छु र ओबानो जमिन छैन, म गहिरो पानीमा छु र भलमा म डुब्न आँटेको छु। मद्दतको लागि पुकार्दा-पुकार्दा म थाकिसकें र मेरो घाँटी दुख्दै छ। तपाईंको मद्दतको बाटो हेर्दा-हेर्दा मेरा आँखा टट्टाइसके। मलाई बिनाकारण घृणा गर्नेहरूको सङ्ख्या मेरो टाउकोको केशभन्दा धेरै छ, मेरा शत्रुहरूले मेरा विरुद्धमा झूटा कुरा भन्छन्, तिनीहरू बलिया छन् र मलाई मार्न चाहन्छन्। मैले नचोरेको चीजबीज तिनीहरूले मलाई फर्काउन लाउँछन्। हे परमेश्वर! मेरा पाप तपाईंदेखि लुकेका छैनन्, तपाईं जान्नुहुन्छ, म कति मूर्ख भएको छु। मेरो कारणले तपाईंमाथि भरोसा गर्नेहरू लाजमा नपरून्। हे सर्वशक्तिमान् सार्वभौम परमप्रभु! तपाईंलाई पुज्नेहरूलाई मेरा कारणले बदनाम नहोस्! हे इस्राएलका परमेश्वर! तपाईंको कारण मेरो अपमान भएको छ र म लाजमा परेको छु। मेरा दाजुभाइहरूले मलाई नचिनेझैँ गर्छन्, मेरो परिवारभित्र म परदेशीझैँ छु। तपाईंको मन्दिरप्रति मेरो भक्ति आगोझैँ बल्दछ, तपाईंलाई गरेका अपमानहरू ममाथि पर्दै छन्। म उपवास बसेर आफैंलाई नम्र पार्दछु, मानिसहरूले मेरो अपमान गर्छन्। म शोकको समयमा लगाउने लुगा लाएर विलाप गर्दछु र तिनीहरूले मेरो हाँसो उडाउँछन्। तिनीहरूले मेरा बारेमा बाटो-बाटोमा कुरा गर्छन् र मतवालाहरूले मेरो बारेमा गीत रच्छन्। तर मचाहिँ तपाईंलाई प्रार्थना गर्छु, हे परमप्रभु! तपाईंले रोज्नुभएको समयमा मलाई उत्तर दिनुहोस्, हे परमेश्वर! आफ्नो महान् प्रेमको कारण मलाई उत्तर दिनुहोस् किनभने तपाईंले “बचाउँछु” भनी गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहुन्छ। हिलोमा डुब्नदेखि मलाई बचाउनुहोस् मलाई मेरा शत्रुहरू र गहिरा पानीदेखि जोगाउनुहोस्। भल-पानी ममाथि नआओस्, त्यसका गहिराइमा मलाई डुब्न नदिनुहोस्, मलाई चिहानमा पर्न नदिनुहोस्। तपाईंको अटुट प्रेमबाट पाइने भलाइमा, हे परमप्रभु, मलाई उत्तर दिनुहोस्, तपाईंको महान् प्रेममा मतिर फर्कनुहोस्! आफ्नो दासदेखि आफैंलाई नलुकाउनुहोस्, म ठूलो कष्टमा छु; मलाई अहिले उत्तर दिनुहोस्। मकहाँ आउनुहोस् र मलाई बचाउनुहोस्, मेरा शत्रुहरूदेखि मेरो रक्षा गर्नुहोस्। तपाईं जान्नुहुन्छ कि कसरी मेरो अपमान भएको छ, कसरी मेरो बदनाम र बेइज्जत भएको छ। तपाईंले मेरा सबै बैरीहरू देख्नुहुन्छ। अपमान भएर मेरो हृदय टुटेको छ र मेरो मनमा पीडा छ। मैले मायाको आशा गरेको थिएँ तर पाइनँ, सान्त्वनाको आशा राखेको थिएँ, त्यो पनि पाइनँ। म भोकाउँदा तिनीहरूले मलाई विष दिए, तिर्खाउँदा सिर्का पिउन दिए। तिनीहरूका भोजले तिनीहरूकै नाश गरोस्, तिनीहरूका पवित्र भोजले तिनीहरूको पतन होस्। तिनीहरूलाई अन्धा पार्नुहोस्। तिनीहरूका ढाड कुप्रिरहोस्। आफ्नो रिस तिनीहरूमाथि खन्याउनुहोस्, तपाईंको क्रोधले तिनीहरूलाई विह्वल पारोस्। तिनीहरूका तम्बुमा कोही पनि जिउँदो नछोडिओस् र तिनीहरूका पाल रित्तै होस्। जसलाई तपाईंले दण्ड दिनुभएको छ, तिनीहरूलाई उनीहरूले खेदो गर्छन्, जसलाई तपाईंले घाइते बनाउनुभएको छ, तिनीहरूका दु:खका बारेमा उनीहरूले कुरा गर्छन्। तिनीहरूका सबै पापको हिसाब राख्नुहोस्, तिनीहरूले तपाईंको उद्धारको केही भाग नपाऊन्। जीवितहरूको पुस्तकबाट तिनीहरूका नामहरू मेटिऊन्, तपाईंको प्रजासँग तिनीहरूको गन्ती नहोस्। तर म दु:खी र निराश छु, मलाई उठाउनुहोस्, हे परमेश्वर! मलाई बचाउनुहोस्! भजन गाएर म परमेश्वरको प्रशंसा गर्छु, उहाँलाई धन्यवाद चढाएर म उहाँको महान्ताबारे उच्च स्वरले भन्नेछु। त्यसो गरेकोले परमप्रभुलाई गाईवस्तु चढाएको भन्दा वा साँढे होमबलि गरेको भन्दा बढ्ता आनन्द दिनेछ। त्यो देख्दा सताइएकाहरू हर्षित हुनेछन् र परमेश्वरलाई पुज्नेहरूले उत्साह पाउनेछन्, अभावमा परेकाहरूका बिन्ती परमप्रभुले सुन्नुहुन्छ र कैदमा परेका आफ्ना प्रजालाई भुल्नुहुन्न। स्वर्ग, पृथ्वी, समुद्र र त्यहाँ भएका सारा सृष्टिले परमेश्वरको प्रशंसा गर। उहाँले यरूशलेमलाई बचाउनुहुनेछ, यहूदाका सहरहरू फेरि बनाउनुहुनेछ। उहाँका प्रजा त्यहाँ बास गर्नेछन् र त्यस ठाउँमाथि अधिकार गर्नेछन्। उहाँका दासका छोरा-नातिहरूले त्यस देशमा अधिकार गर्नेछन्, उहाँलाई प्रेम गर्नेहरू त्यहाँ बास गर्नेछन्।

भजनसंग्रह 69:1-36 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे परमेश्वर, मलाई बचाउनुहोस्; किनकि पानी मेरो घाँटीसम्म आइसकेको छ। म गहिरो दलदलमा डुब्दैछु, जहाँ उभिने ठाउँ नै छैन। म गहिरो पानीमा डुबेको छु; बाढीहरू ममाथि उर्लन्छन्। सहायताको लागि पुकार गर्दा-गर्दा म थाकिसकेको छु; मेरो घाँटी सुकेको छ। मेरा परमेश्वरको खोजी गर्दा-गर्दा मेरा आँखाहरू कमजोर भएका छन्। कारणविना मलाई घृणा गर्नेहरू मेरो टाउकोका केशभन्दा धेरै छन्; कारणविना मेरा शत्रुहरू धेरै छन्, जसले मलाई मार्न खोजिहिँड्छन्। जुन कुरा मैले चोरेकै छैनँ, मलाई त्यसको भरपाई गर्न बाध्य तुल्याइएको छु। हे परमेश्वर, तपाईं मेरो मूर्खता जान्नुहुन्छ; मेरा दोषहरू तपाईंबाट लुकेका छैनन्। हे प्रभु, सेनाहरूका याहवेह, तपाईंमा आशा राख्नेहरू मेरो कारणले शर्ममा नपरून्; हे इस्राएलका परमेश्वर, तपाईंलाई खोज्नेहरू मेरो कारणले लाजमा नपरून्। किनकि तपाईंको खातिर मैले तिरस्कार सहेको छु; मेरो अनुहार लाजले ढाकेको छ। मेरा आफन्तका बीचमा म विदेशी भएको छु, मेरा साक्खै दाजुभाइ-दिदीबहिनीहरूका बीच म बिरानो भएको छु; किनकि तपाईंको घरप्रतिको जोशले मलाई खाएको छ, र तपाईंलाई अपमान गर्नेहरूको अपमान ममाथि आइपरेको छ। जब म रुन्छु, र उपवास बस्छु, मैले अपमान सहनैपर्छ; जब म भाङ्ग्रा लगाउँछु, मानिसहरू मेरो हाँसो गर्दछन्। सहरको मूलढोकामा बस्ने मानिसहरूले मेरो ठट्टा उडाउँछन्; अनि म मतवालाहरूको गीत बनेको छु। तर हे याहवेह, तपाईंको ग्रहणयोग्य समयमा, म तपाईंलाई प्रार्थना गर्दछु; हे परमेश्वर, तपाईंको अचुक प्रेममा, तपाईंको निश्चित छुटकाराले मलाई उत्तर दिनुहोस्। मलाई दलदले हिलोबाट बचाउनुहोस्! मलाई डुब्न नदिनुहोस्, घृणा गर्नेहरूबाट, गहिरो पानीबाट मलाई बचाउनुहोस्! मलाई पानीको बाढीले नछोपोस् वा पानीको गहिराइले मलाई ननिलोस्, वा चिहानको मुख ममाथि बन्द नहोस्! हे याहवेह, तपाईंको अचुक प्रेमको उत्तमतामा मलाई जवाफ दिनुहोस्; तपाईंको महान् कृपामा मतिर फर्कनुहोस्। तपाईंको सेवकबाट आफ्नो मुहार नलुकाउनुहोस्; मलाई चाँडै जवाफ दिनुहोस्, किनकि म सङ्कटमा परेको छु। मेरो नजिक आएर मेरो उद्धार गर्नुहोस्; मेरा शत्रुहरूका कारण मलाई छुटाउनुहोस्! म अपमानित भएको, म शर्ममा परेको, र मेरो बेइज्जत भएको तपाईंलाई थाहा छ; मेरा सबै शत्रुहरू तपाईंकै सामु छन्। अपमानले गर्दा मेरो मन टुटेको छ; र म निरीह भएको छु; मलाई सहानुभूति देखाउने कोही छन् कि भनेर खोजी गरेँ, तर कोही थिएनन्; र सान्त्वना दिनेहरू पनि खोजेँ, तर कोही भेटिनँ। मेरो खानामा तिनीहरूले पित्त हाले, म तिर्खाउँदा सिर्का पिउन दिए। तिनीहरूका अगि राखिएको भोजन तिनीहरूका निम्ति पासो बनोस्; र तिनीहरूका समृद्धि नै तिनीहरूको पासो बनोस्! तिनीहरूका आँखाहरू अँध्यारा होऊन्, र तिनीहरूले नदेखून्; तिनीहरूका ढाड सदा कुप्रिरहून्! तपाईंको क्रोध तिनीहरूमाथि खन्याउनुहोस्; तपाईंको रिसको आगो तिनीहरूमाथि आइपरोस्! तिनीहरूको स्थान उजाड भइजाओस्; तिनीहरूका पालहरूमा बास गर्ने कोही नहोस्। किनकि तपाईंले ताडना दिनु भएकाहरूलाई तिनीहरूले सताउँछन्, र तपाईंले घाइते पार्नुभएकाहरूका बारेमा तिनीहरूले कुरा काट्छन्। तपाईंले तिनीहरूको अपराधमाथि अपराधको हिसाब राख्नुहोस्; र तिनीहरू तपाईंको मुक्तिमा सहभागी हुन नपाऊन्। जीवनको पुस्तकबाट तिनीहरूका नाम मेटिओस्, र धर्मी जनहरूसँग तिनीहरू गन्ती नहोऊन्। तर म त दुःखित र पीडित छु— हे परमेश्वर, तपाईंको मुक्तिले मलाई सुरक्षा गरोस्! गीत गाएर म परमेश्वरको नामको प्रशंसा गर्नेछु, र धन्यवादसाथ उहाँलाई महिमा गर्नेछु। यस कुराले याहवेहलाई साँढेको बलिभन्दा बढी सिङ र खुर भएको बहरको बलिले भन्दा बढी प्रसन्न पार्नेछ। थिचोमिचोमा परेकाहरू यो कुरा देखेर रमाउनेछन्— हे परमेश्वरलाई खोज्नेहरू हो, तिमीहरूको हृदय नयाँ जोसले भरियोस्। याहवेहले अभावमा परेकाहरूको पुकार सुन्नुहुन्छ, र बन्धनमा परेका आफ्ना मानिसहरूलाई अवहेलना गर्नुहुन्न। स्वर्ग, पृथ्वी, समुद्र र तिनमा हिँड्डुल गर्ने सारा सृष्टिले परमेश्वरको प्रशंसा गरून्! किनकि परमेश्वरले सियोनलाई बचाउनुहुनेछ, र यहूदाका सहरहरूलाई पुनर्निर्माण गर्नुहुनेछ। तब उहाँका मानिसहरू त्यहाँ बस्नेछन्, र त्यसमाथि कब्जा गर्नेछन्; उहाँका सेवकहरूका सन्तानहरू त्यहाँ उत्तराधिकार हुनेछन्; अनि उहाँको नामलाई प्रेम गर्नेहरू त्यहाँ बास गर्नेछन्।