भजनसंग्रह 68:32-35
भजनसंग्रह 68:32-35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे पृथ्वीका राज्य हो, परमेश्वरको स्तुतिगान गर, परमप्रभुका प्रशंसाको स्तुति गाओ— सेला उहाँ, जो प्राचीन स्वर्गमा सवार हुनुहुन्छ, जो आफ्नो शक्तिशाली आवाजसित गर्जनुहुन्छ। परमेश्वरको सामर्थ्यको घोषणा गर, जसको प्रताप इस्राएलमा छाएको छ, जसको शक्ति आकाशमा छ। हे परमेश्वर, आफ्नो पवित्रस्थानमा तपाईं भययोग्य हुनुहुन्छ। इस्राएलका परमेश्वरले आफ्नो प्रजालाई शक्ति र बल दिनुहुन्छ। परमेश्वरको प्रशंसा होस्।
भजनसंग्रह 68:32-35 पवित्र बाइबल (NERV)
हे पृथ्वीका राजाहरू हो! परमेश्वरको गुण गाऊ। हाम्रो स्वामीको स्तुति-गान गर! परमेश्वरकोलागि गीत गाऊ! उहाँ रथद्वारा सनातन आकाश भएर आउनु भईरहेछ। उहाँको शक्तिशाली आवाज सुन! परमेश्वरको प्रशंसा गाऊ, किनभने उहाँ इस्राएल माथि महिमित राजा हुनुहुन्छ अनि उहाँको शक्ति आकाशमा छ। हे परमेश्वर आफ्ना मन्दिरमा तपाईं डरलाग्दो हुनुहुन्छ। इस्राएलका परमेश्वरले आफ्ना मानिसहरूलाई बल र शक्ति दिनुभयो, परमेश्वरको प्रशंसा गर।
भजनसंग्रह 68:32-35 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे संसारका राज्यहरू हो! परमेश्वरको स्तुति गाओ, प्राचीनकालदेखिका आकाशमा सवार हुनुहुने परमप्रभुको प्रशंसा गाओ। उहाँ उच्च स्वरले कराउनुभएको सुन। परमेश्वरको सामर्थ्यबारे स्वर उचालेर भन, उहाँको गौरव इस्राएलमाथि छाएको छ, उहाँको सामर्थ्य आकाशमा फैलिएको छ। इस्राएलका परमेश्वर आफ्ना मन्दिरदेखि आउनुहुँदा कति डरलाग्दो देखिनुहुन्छ! उहाँले आफ्ना प्रजालाई शक्ति र बल दिनुहुन्छ।