भजनसंग्रह 52:8-9
भजनसंग्रह 52:8-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर मचाहिँ परमेश्वरको भवनमा हरियो जैतूनको वृक्षसमान छु। म परमेश्वरको कहिल्यै नटुङ्गिने प्रेममा सदासर्वदा भरोसा राख्तछु। तपाईंले जे गर्नुभएको छ त्यसको निम्ति म सदासर्वदा तपाईंको स्तुति गर्नेछु। म तपाईंको नाउँमाथि भरोसा गर्नेछु, किनकि तपाईंको नाउँ असल छ। तपाईंका भक्तजनहरूको उपस्थितिमा म तपाईंको प्रशंसा गर्नेछु।
भजनसंग्रह 52:8-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर मचाहिँ परमेश्वरको भवनमा बढेको हरियो जैतुनको रूखजस्तो छु; म परमेश्वरको अचुक प्रेममा सदासर्वदा भरोसा गर्दछु। तपाईंले गर्नुभएका कार्यहरूका कारण भक्तजनहरूको उपस्थितिमा सधैँ म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंको नाममा म आशा राख्नेछु; किनकि तपाईंको नाम असल छ।
भजनसंग्रह 52:8-9 पवित्र बाइबल (NERV)
तर म परमेश्वरको मन्दिरमा उम्रिने हरियो धुपीको रूख जस्तै हुँ। म सदा-सर्वदा परमेश्वरको स्नेहपूर्ण करूणामा भरोसा गर्नेछु। हे परमेश्वर, जुन कामहरू तपाईंले गर्नुभयो म ती कुराहरूको सदासर्वदा स्तुति गर्नेछु। म भक्तजनहरूका समक्ष तपाईंको नाउँ लिनेछु किनभने यो अति राम्रो छ!
भजनसंग्रह 52:8-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर म परमेश्वरको भवनमा उम्रेको एउटा भद्राक्षको रूखजस्तो छु, म युग-युगको लागि उहाँको अनन्त प्रेममा भरोसा राख्दछु। हे परमेश्वर! तपाईंले जे गर्नुभयो, त्यसको निम्ति म तपाईंलाई सधैँभरि धन्यवाद चढाउनेछु, तपाईंको प्रजाको माझमा तपाईं भलो हुनुहुन्छ भनी म भन्नेछु।