भजनसंग्रह 45:6-7
भजनसंग्रह 45:6-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमेश्वर, तपाईंको सिंहासन सदासर्वदाको निम्ति रहिरहन्छ, र न्यायको राजदण्ड तपाईंका राज्यको राजदण्ड हुनेछ। तपाईं धार्मिकतालाई प्रेम गर्नुहुन्छ, र अधर्मलाई घृणा गर्नुहुन्छ। यसकारण परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई आफ्ना साथीहरूभन्दा बढ्ता गरेर हर्षको तेलले तपाईंलाई अभिषेक गर्नुभएको छ।
भजनसंग्रह 45:6-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे परमेश्वर, तपाईंको सिंहासन सदाको निम्ति रहनेछ; न्यायको राजदण्ड तपाईंको राज्यको राजदण्ड हुनेछ। तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र दुष्टतालाई घृणा गर्नुहुन्छ; यसकारण परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई तपाईंका सङ्गीहरूभन्दा उच्च पार्नुभएको छ र हर्षको तेलले अभिषेक गर्नुभएको छ।
भजनसंग्रह 45:6-7 पवित्र बाइबल (NERV)
हे परमेश्वर, तपाईंको सिंहासन सदा-सर्वदाको लागि रहनेछ। धार्मिकता नै तपाईंको शाही राजदण्ड हो। तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र दुष्टतालाई घृणा गर्नुहुन्छ। यसकारण परमेश्वर तपाईंका परमेश्वरले आफ्ना साथीहरू माथि राज गर्न चुन्नुभएको छ।
भजनसंग्रह 45:6-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमेश्वरले तपाईंलाई दिनुभएको राज्य सदाकाल रहनेछ, न्यायसँग तपाईंले आफ्ना प्रजामाथि राज्य गर्नुहुन्छ। जे कुरा असल छ, त्यसलाई तपाईंले प्रेम गर्नुहुन्छ, जे कुरा खराब छ, त्यसलाई तपाईंले घृणा गर्नुहुन्छ। त्यसैले परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई चुन्नुभएको छ र अरू कुनै राजालाई भन्दा बढ्ता आनन्द तपाईंलाई दिनुभएको छ।