भजनसंग्रह 44:23-26
भजनसंग्रह 44:23-26 पवित्र बाइबल (NERV)
उठ्नु होस्, मेरो स्वामी! किन तपाईं सुतिरहनु भएको छ? उठ्नु होस्! हामीलाई सदाको निम्ति नछोडनु होस्! परमेश्वर, तपाईं किन हामीदेखि लुकिरहनु हुन्छ? तपाईंले हाम्रो पीर र सङ्कटहरूलाई बिर्सिनु भयो? हामीलाई फोहोर भित्र हुत्याइएको छ। हाम्रो शरिर धूलोमा पल्टिरहेको छ। हे परमेश्वर, उठ्नु होस् र हामीलाई सहयोग गर्नुहोस्। तपाईंको स्नेहपूर्ण करूणाले हामीलाई बचाउनुहोस्।
भजनसंग्रह 44:23-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उठ्नुहोस् परमप्रभु, तपाईं किन सुत्नुहुन्छ? जाग्नुहोस्, हामीलाई सदाको निम्ति नत्याग्नुहोस्। तपाईं किन आफ्नो मुहार लुकाउनुहुन्छ, र हाम्रा दु:ख र हामीमाथिको थिचोमिचो बिर्सनुहुन्छ? हामी त धूलोमै मिलिसकेका छौं, हाम्रा शरीर माटोमै टाँसिसकेका छन्। उठ्नुहोस्, हामीलाई गुहार गर्नुहोस्, तपाईंको कहिले नटुङ्गिने प्रेमको कारण हाम्रो उद्धार गरिदिनुहोस्।
भजनसंग्रह 44:23-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे प्रभु, उठ्नुहोस्! तपाईं किन सुत्नुहुन्छ? जाग्नुहोस्! हामीलाई सदाको लागि नत्याग्नुहोस्। किन तपाईं आफ्नो मुहार लुकाउनुहुन्छ र हाम्रा दुःख र हामीमाथिको अत्याचार बिर्सनुहुन्छ? हामी धुलोसम्मै झारिएका छौँ; हाम्रो पेट जमिनमै टाँसिसकेको छ। उठ्नुहोस् र हामीलाई सहायता गर्नुहोस्; तपाईंको अचुक प्रेमको कारण हाम्रो उद्धार गरिदिनुहोस्!
भजनसंग्रह 44:23-26 पवित्र बाइबल (NERV)
उठ्नु होस्, मेरो स्वामी! किन तपाईं सुतिरहनु भएको छ? उठ्नु होस्! हामीलाई सदाको निम्ति नछोडनु होस्! परमेश्वर, तपाईं किन हामीदेखि लुकिरहनु हुन्छ? तपाईंले हाम्रो पीर र सङ्कटहरूलाई बिर्सिनु भयो? हामीलाई फोहोर भित्र हुत्याइएको छ। हाम्रो शरिर धूलोमा पल्टिरहेको छ। हे परमेश्वर, उठ्नु होस् र हामीलाई सहयोग गर्नुहोस्। तपाईंको स्नेहपूर्ण करूणाले हामीलाई बचाउनुहोस्।
भजनसंग्रह 44:23-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उठ्नु होस्! प्रभु, तपाईं किन निदाउनुभयो? ब्युँझनुहोस्! हामीलाई सधैँभरि नत्याग्नुहोस्। तपाईं किन हामीदेखि लुक्दै हुनुहुन्छ? हाम्रा दु:ख र कष्ट नभुल्नुहोस्। भूइँमा चकनाचुर भएर हामी लडेका छौं। हार भएर हामी धुलोमा सुतेका छौं। हाम्रा सहायताको लागि आउनुहोस्! आफ्नो अटुट प्रेमको कारणले हामीलाई बचाउनुहोस्।