YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 39:9-13

भजनसंग्रह 39:9-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

म मौन थिएँ, मैले आफ्‍नो मुख खोलिनँ, किनभने त्‍यो गर्ने तपाईं नै हुनुहुन्‍छ। तपाईंको प्रहार मबाट हटाउनुहोस्‌, तपाईंको हातको मुक्‍काबाट म पराजित भएको छु। तपाईंले मानिसलाई त्‍यसका पापको निम्‍ति हप्‍काउनुहुन्‍छ र ताड़ना दिनुहुन्‍छ, कीराले खाएझैँ त्‍यसको सम्‍पत्तिलाई सखाप पारिदिनुहुन्‍छ। प्रत्‍येक मानिस एक मुट्ठी सास मात्र हो। सेला “हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस्‌, मदतको लागि मैले गरेको क्रन्‍दन सुनिदिनुहोस्‌, मेरो आँसु त्‍यसै नटारिदिनुहोस्‌, किनकि मेरा सबै पुर्खाहरूजस्‍तै म एक प्रवासी हुँ, एउटा विदेशीझैँ म तपाईंसित वास गर्दछु। म बिदा हुन अघि र मेरो नाम मेटिन अघि नै मबाट क्रोधको दृष्‍टि हटाउनुहोस्‌, र म फेरि हर्षित हुन सकूँ।”

शेयर गर्नुहोस्
भजनसंग्रह 39 पढ्नुहोस्

भजनसंग्रह 39:9-13 पवित्र बाइबल (NERV)

म केही पनि भन्ने छैन। म आफ्नो मुख खोल्ने छैन, म आफ्नो मुख खोल्ने छैन। परमप्रभु, के गर्नु पर्ने त्यो तपाईंले नै गर्नुहोस्। तर परमेश्वर, मलाई सजाय दिन रोक्नु होस्, यदि तपाईं रोकिनु भएन भने मलाई नष्ट पार्नुहुनेछ! हे परमप्रभु, मैले गल्ती काम गरेको कारण दण्ड दिनुभयो, तिनीहरूले ठीक बाँच्ने तरिका सिकुन्। जसरी माउकीराले लुगा नष्ट पार्छ मानिसहरूले मन पराउने थोकहरू उहाँले नाश पार्नुहुन्छ। हो, हाम्रो जीवन चाँडै नै हराएर जाने बादल जस्तो छ। हे परमप्रभु, मेरा प्रार्थना सुन्नुहोस्! मेरा ती विलापका शब्दहरू सुन्नुहोस्, मेरा आँसुहरू हेर्नुहोस्। तपाईंसँग यस जीवनबाट पार गरेर जाने म खाली एक यात्री हुँ। मेरा सबै पिता-पुर्खाहरू जस्ता म यहाँ क्षणिकको निम्ति मात्र छु। हे परमप्रभु, मलाई एक्लो छोडी दिनुहोस् अनि मरेर जानुअघि मलाई खुशी हुन दिनुहोस्।

शेयर गर्नुहोस्
भजनसंग्रह 39 पढ्नुहोस्

भजनसंग्रह 39:9-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

म चुप लाग्‍नेछु, एक शब्‍द बोल्‍नेछैनँ किनभने मलाई यस्‍तो कष्‍ट दिने तपाईं हुनुहुन्‍छ। मलाई अरू दण्‍ड नदिनुहोस्। तपाईंको प्रहारले म मर्न आँटेको छु। तपाईंले आफ्‍ना हप्‍काइद्वारा मानिसलाई उसका पापको दण्‍ड दिनुहोस्, अनि उसले मन पराएका कुरालाई किराले जस्‍तै नष्‍ट पारिदिनुहुन्‍छ। साँच्‍चै, मानिस एक मुट्ठी सासभन्दा केही बढी छैन! हे परमप्रभु! मेरो प्रार्थना सुन्‍नुहोस्। मेरो पुकार कान थापेर सुन्‍नुहोस्। म रुँदा मेरो सहायता गर्न आउनुहोस्। मेरा सबै पुर्खाहरूजस्‍ता म पनि केही दिनको लागि मात्र तपाईंको पाहुना हुँ। मलाई छोडिदिनुहोस् र मर्नुभन्दा अघि, मेरो अन्‍त हुनुभन्दा अघि मैले केही आनन्‍द पाउन सकूँ।

शेयर गर्नुहोस्
भजनसंग्रह 39 पढ्नुहोस्