भजनसंग्रह 37:7-11

भजनसंग्रह 37:7-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभुको सामुन्‍ने मौन बस र धैर्यपूर्वक उहाँको प्रतीक्षा गर। मानिस आफ्‍ना कुमार्गमा फलिफाप हुँदा र त्‍यसले खराब युक्तिहरू कार्यान्‍वयन गर्दा तिमी झर्को नमान। रिसाउन छोड र क्रोधलाई त्‍याग। झर्को नमान, यसले खराबी गर्नतिर मात्र ढल्‍काउँछ। किनकि कुकर्मीहरू बहिष्‍कृत हुनेछन्‌, तर परमप्रभुको प्रतीक्षा गर्नेहरूले देश अधिकार गर्नेछन्‌। अलिक बेरपछि दुष्‍टहरू रहनेछैनन्‌, तिमीले तिनीहरूलाई खोजे तापनि तिनीहरू पाइनेछैनन्‌। तर नम्रहरूले देश अधिकार गर्नेछन्‌, र ठूलो शान्‍ति उपभोग गर्नेछन्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 37 पढ्नुहोस्

भजनसंग्रह 37:7-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याहवेहको सामु मौन भई बस, र धैर्यतापूर्वक उहाँको प्रतीक्षा गर; जब मानिसहरू आफ्ना कुमार्गहरूमा सफल हुन्छन्, तब तिनीहरूका खराब योजनाहरू सफल हुँदा झर्को नमान। रिसबाट टाढा होऊ, र क्रोधबाट फर्क; झर्को नमान—यसले खराबीतिर मात्र डोर्‍याउँछ। किनकि दुष्‍टहरू नष्‍ट पारिनेछन्; तर याहवेहको प्रतीक्षा गर्नेहरूले देशमा अधिकार गर्नेछन्। थोरै समय मात्र बाँकी छ, र दुष्‍टहरू रहनेछैनन्; तिमीले तिनीहरूलाई खोजे तापनि तिनीहरू भेट्टाइनेछैनन्। तर नम्रहरूले देश अधिकार गर्नेछन्, र शान्ति र प्रशस्ततामा जिउनेछन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 37 पढ्नुहोस्

भजनसंग्रह 37:7-11 पवित्र बाइबल (NERV)

परमप्रभुमाथि भरोसा गर, र उहाँको सहयोगको निम्ति पर्खौं। दुष्ट मानिसहरूको सफलतामा ईर्ष्या नगर। जब दुष्ट मानिसहरूले दुष्ट योजनाहरू बनाउँछन्, अनि तिनीहरूको खराब युक्तिहरूमा सफल हुन्छन्, तब तिमीहरू नरिसाओ। तिमीहरू रिसले बौलाहा न होऊ! त्यति उदास न होऊ, जसले गर्दा तिमी पनि दुष्ट कार्य गर्नेछौ। किनभने दुष्ट मानिसहरू नष्ट हुनेछन्, तर ती मानिसहरू जसले परमप्रभुलाई सहयोगको लागि बिन्ती गर्छन्, परमप्रभुले वचन दिनु भएको जमीन पाउनेछन्। चाँडै नै त्यहाँ अब दुष्ट मानिसहरू हुने छैनन्। तिमीले ती मानिसहरू खोज्नु पर्ला, तर तिनीहरू सबै गइसकेका हुनेछन्। नम्र मानिसहरूले परमेश्वरको वचन अनुसार जमीन पाउने छन् अनि तिनीहरूले प्रचूर उन्नति र आनन्द उपभोग गर्नेछन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 37 पढ्नुहोस्