भजनसंग्रह 37:1-40
भजनसंग्रह 37:1-40 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
दुष्ट काम गर्ने मानिसहरूलाई देखेर झर्को नमान, वा दुष्ट काम गर्नेहरूप्रति डाही नहोऊ; किनकि तिनीहरू त चाँडै घाँसजस्तै ओइलाउनेछन्, हरिया बिरुवाहरूजस्तै तिनीहरू चाँडै नष्ट हुनेछन्। याहवेहमा भरोसा राख, र भलाइ गर; ताकि देशमा आनन्दसाथ बस्न सक। याहवेहमा आनन्दित होऊ; र उहाँले तिम्रो हृदयका इच्छाहरू पूरा गरिदिनुहुनेछ। तिम्रो आफ्नो मार्ग याहवेहलाई सुम्प; उहाँमा नै भरोसा राख; र उहाँले यो गर्नुहुनेछ: उहाँले तिम्रो धार्मिकता प्रभातको ज्योतिसमान र तिम्रो न्याय मध्यदिनको सूर्यसमान पार्नुहुनेछ। याहवेहको सामु मौन भई बस, र धैर्यतापूर्वक उहाँको प्रतीक्षा गर; जब मानिसहरू आफ्ना कुमार्गहरूमा सफल हुन्छन्, तब तिनीहरूका खराब योजनाहरू सफल हुँदा झर्को नमान। रिसबाट टाढा होऊ, र क्रोधबाट फर्क; झर्को नमान—यसले खराबीतिर मात्र डोर्याउँछ। किनकि दुष्टहरू नष्ट पारिनेछन्; तर याहवेहको प्रतीक्षा गर्नेहरूले देशमा अधिकार गर्नेछन्। थोरै समय मात्र बाँकी छ, र दुष्टहरू रहनेछैनन्; तिमीले तिनीहरूलाई खोजे तापनि तिनीहरू भेट्टाइनेछैनन्। तर नम्रहरूले देश अधिकार गर्नेछन्, र शान्ति र प्रशस्ततामा जिउनेछन्। दुष्टहरूले धर्मी जनका विरुद्धमा षड्यन्त्र रच्दछन्, र तिनीहरूले तिनीहरूमाथि दाह्रा किट्दछन्; तर प्रभु दुष्टहरूमाथि हाँस्नुहुन्छ; किनकि उहाँले तिनीहरूको दिन आइरहेको जान्नुहुन्छ। दुःखी र खाँचोमा परेकाहरूलाई ढाल्न, र सत्यको बाटोमा जिउनेहरूलाई मार्न, दुष्टहरूले तरवार थुत्छन्, र धनुमा ताँदो चढाउँछन्। तर तिनीहरूका तरवारले तिनीहरूकै मुटु छेडिनेछ, र तिनीहरूका धनुहरू भाँचिनेछन्। दुष्टहरूका धेरै सम्पत्तिभन्दा धर्मी जनहरूसँग भएको थोरै कुरा उत्तम हो; किनकि दुष्टहरूको शक्ति तोडिनेछन्, तर याहवेहले धर्मीहरूलाई थामिराख्नुहुन्छ। निर्दोष मानिसहरूले याहवेहको सुरक्षामा आफ्ना दिन बिताउँछन्, र तिनीहरूको अधिकार सदासर्वदा रहनेछ। आपत्को दिनमा तिनीहरू शर्ममा पर्नेछैनन्; अनिकालको दिनमा तिनीहरूसँग प्रशस्त खानेकुरा हुनेछ। तर दुष्टहरूचाहिँ नष्ट हुनेछन्: याहवेहका शत्रुहरूचाहिँ खेतका फूलहरूजस्तै भए तापनि तिनीहरू भष्म हुनेछन्, तिनीहरू धुवाँजस्तै लोप हुनेछन्। दुष्टहरूले ऋण लिन्छन् र फर्काउँदैनन्; तर धर्मीहरूले उदारतापूर्वक दिन्छन्। याहवेहबाट आशिष् पाउनेहरूले देश अधिकार गर्नेछन्; तर उहाँबाट श्राप पाउनेहरूचाहिँ नष्ट हुनेछन्। याहवेहमा आनन्दित हुने मानिसका पाइलाहरूलाई उहाँले दह्रिलो पार्नुहुन्छ; त्यसले ठेस खाए तापनि त्यो लड्नेछैन; किनकि याहवेहले त्यसलाई आफ्नो हातले थाम्नुहुन्छ। म जवान थिएँ र अहिले वृद्ध भएको छु; तर धर्मी जनहरू त्यागिएका वा तिनका सन्तानहरूले मागेर खानुपरेको मैले कहिल्यै देखेको छैन। तिनीहरू सधैँ उदार चित्तका हुन्छन्, र खुल्ला मनले दिन्छन्; तिनीहरूका सन्तान आशिषित हुनेछन्। दुष्टताबाट फर्क र भलाइ गर; अनि तिमी देशमा सदासर्वदा बास गर्नेछौ। किनकि याहवेहले न्यायीलाई प्रेम गर्नुहुन्छ, र आफ्ना विश्वासयोग्यहरूलाई त्याग्नुहुन्न। तिनीहरू सधैँका लागि सुरक्षित पारिनेछन्; तर दुष्टका सन्तानहरू नष्ट भएर जानेछन्। धर्मी जनहरूले देशमा अधिकार गर्नेछन्, र त्यसमा सदासर्वदा बास गर्नेछन्। धर्मीका मुखबाट बुद्धिका कुरा गर्छन्, र त्यसको जिब्रोले न्यायको कुरा बोल्छ। त्यसको हृदयमा त्यसका परमेश्वरको व्यवस्था हुन्छ; त्यसका खुट्टाहरू चिप्लँदैनन्। दुष्टले धर्मीको बाटोमा पासो थापेर बस्छ, र त्यसलाई मार्ने उद्देश्य राख्दछ; तर याहवेहले धर्मी जनलाई दुष्टहरूको शक्तिमा छोड्नुहुनेछैन, न त न्याय हुँदा धर्मीलाई दोषी ठहरिन अनुमति दिनुहुन्छ। याहवेहमा आशा गर र उहाँकै मार्गमा हिँड; प्रतिज्ञाको देश अधिकार गर्न उहाँले तिमीलाई उचाल्नुहुनेछ। दुष्टको विनाश तिम्रै आँखाले देख्नेछौ। मैले एक जना दुष्ट र निर्दयी मानिसलाई आफ्नै जमिनमा उम्रेर सप्रेको बोटजस्तै देखेको छु, तर त्यो चाँडै मर्यो, र यसको ठाउँमा केही पनि रहेन; यद्यपि मैले त्यसलाई खोजेँ, तर भेट्टाउन सकिनँ। निर्दोष मानिसलाई विचार गर, र धर्मी मानिसलाई हेर; किनभने शान्तिप्रिय मानिसहरूका निम्ति सन्तति हुनेछन्। तर सबै पापीहरू नष्ट हुनेछन्; दुष्टहरूका निम्ति कुनै सन्तति हुनेछैन। धर्मी जनहरूको मुक्ति याहवेहबाट आउँछ; सङ्कष्टको समयमा उहाँ नै तिनीहरूको किल्ला हुनुहुन्छ। याहवेहले तिनीहरूलाई मदत गर्नुहुन्छ, र तिनीहरूको उद्धार गर्नुहुन्छ; उहाँले तिनीहरूलाई दुष्टबाट उद्धार गर्नुहुन्छ र बचाउनुहुन्छ; किनभने तिनीहरूले उहाँमा शरण लिन्छन्।
भजनसंग्रह 37:1-40 पवित्र बाइबल (NERV)
दुष्ट मानिसहरूप्रति उदास न होऊ। दुष्ट काम गर्नेहरूको ईर्ष्या नगर। दुष्ट मानिसहरू हरियो घाँस र उद्भिद् जस्तै हुन् जो ओइलिन्छन् अनि चाँडै मर्छन्। यदि तिमीहरू परमप्रभुमा भरोसा गर्छौ र राम्रो कामहरू गर्छौ भने, तिमीहरू भूमिले दिने धेरै चीजहरूसित बाँच्नेछौ र आनन्द लिने छौं। आनन्दसित परमप्रभुको सेवा गर अनि उहाँले तिमीहरूलाई तिमीले चाहको कुराहरू दिनुहुनेछ। परमप्रभुमाथि भरोसा गर। उहाँ माथि भरोसा गर उहाँले तिमीलाई सहायता गर्नुहुनेछ। तिमीहरूका असल कार्यहरू र निर्मलता, मध्य दिनको घाम झैं चम्कियोस्। परमप्रभुमाथि भरोसा गर, र उहाँको सहयोगको निम्ति पर्खौं। दुष्ट मानिसहरूको सफलतामा ईर्ष्या नगर। जब दुष्ट मानिसहरूले दुष्ट योजनाहरू बनाउँछन्, अनि तिनीहरूको खराब युक्तिहरूमा सफल हुन्छन्, तब तिमीहरू नरिसाओ। तिमीहरू रिसले बौलाहा न होऊ! त्यति उदास न होऊ, जसले गर्दा तिमी पनि दुष्ट कार्य गर्नेछौ। किनभने दुष्ट मानिसहरू नष्ट हुनेछन्, तर ती मानिसहरू जसले परमप्रभुलाई सहयोगको लागि बिन्ती गर्छन्, परमप्रभुले वचन दिनु भएको जमीन पाउनेछन्। चाँडै नै त्यहाँ अब दुष्ट मानिसहरू हुने छैनन्। तिमीले ती मानिसहरू खोज्नु पर्ला, तर तिनीहरू सबै गइसकेका हुनेछन्। नम्र मानिसहरूले परमेश्वरको वचन अनुसार जमीन पाउने छन् अनि तिनीहरूले प्रचूर उन्नति र आनन्द उपभोग गर्नेछन्। दुष्टहरूले धर्मी मानिसहरूका विरूद्ध खराब योजनाहरू बनाउँछन्। ती दुष्टहरूले आफ्नो क्रोध धर्मीहरूलाई दाह्रा किटेर देखाउँछन्। तर हाम्रा स्वामी, ती दुष्टहरूसँग हाँस्नु हुन्छ। उहाँले तिनीहरूमा के हुनेछ हेर्नुहुन्छ। दुष्ट मानिसहरूले आफ्ना तरवारहरू लिन्छन् र आफ्ना धनुहरू ताक्छन्। ती असहाय, गरीबहरूलाई मार्न चाहन्छन्। ती असल, ईमान्दारी मानिसहरूलाई मार्न चाहन्छन्। तर तिनीहरूको धनुहरू भाँचिने छन् र तिनीहरूका तरवारहरू आफ्नै मुटुहरूमा रोपिनेछ। दुष्ट मानिसहरूको एकदम घूइँचोभन्दा, कम्ती धार्मिक मानिसहरू नै उत्तम हुन्छन्। किनभने दुष्ट मानिसहरू नष्ट हुनेछन्, तर परमप्रभुले धार्मिक मानिसहरूको हेरचाह गर्नु हुनेछ। परमप्रभुले निर्दोष मानिसहरूलाई जीवनभरि रक्षा गर्नुहुन्छ, तिनीहरूको पुरस्कार सदा-सर्वदाका निम्ति हुनेछ। जब सङ्कटहरू आउँछन्, धर्मी मानिसहरू असन्तुष्ट हुनेछैन्। अनिकालको समयमा पनि धर्मीहरूको निम्ति खानेकुरा प्रशस्त हुनेछ। तर दुष्ट मानिसहरू परमप्रभुका शत्रुहरू हुन्, अनि तिनीहरू नष्ट हुने नै छन्। तिनीहरूका घाँटीहरू सुक्खा हुनेछन् अनि जल्ने छन्। तिनीहरू सबै नाश हुनेछन्। दुष्ट मानिसहरूले झट्टै पैसा ऋण लिन्छन् अनि कहिल्यै ती ऋण चुक्ता गर्दैनन्, तर धर्मी जनहरूले उदारतापूर्वक अरूलाई दिंदछन्। यदि धर्मी मानिसहरूले अरूहरूलाई आशीर्वाद दिए भने, तिनीहरूले परमप्रभुको वचन अनुसार जमीन पाउनेछन्। तर तिनीहरू जसलाई उहाँले सराप्नु भएको छ, सम्पूर्ण रूपमा नष्ट हुनेछन्। सतर्क भएर हिंड्ने सिपाहीलाई परमप्रभुले साथ दिनुहुन्छ। परमप्रभुले ती सिपाहीहरूलाई नष्ट हुनदेखि जोगाउनु हुन्छ। यदि त्यो सिपाहीले दगुरेर आफ्ना शत्रुलाई आक्रमण गर्छ भने परमप्रभुले उसको हात समात्नु हुनेछ, र उसलाई युद्ध गर्नुबाट जोगाउनु हुनेछ। म जावन थिएँ तर अब वृद्ध भएको छु, तर मैले कहिल्यै पनि परमेश्वरले धार्मिक मानिसहरूलाई त्याग्नु भएको देखेको छैन। मैले कहिल्यै पनि धर्मी मानिसहरूका नानीहरूले खानको लागि भीख माग्नु परेको देखेको छैन। धार्मिक मानिसहरूले उदारतापूर्वक अरूलाई दिन्छन् अनि धार्मिक मानिसहरूका नानीहरू परमप्रभुका आशीर्वाद हुन्। यदि तिमीले अधर्मका कामहरू गर्न अस्वीकार गर्यौ भने तिमी सँघै बाँच्ने छौ। परमप्रभुले न्याय मन पराउनु हुन्छ, उहाँले आफ्ना भक्तजनहरूलाई खाली हात छोड्नु हुन्न। परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैँ रक्षा गर्नुहुन्छ तर कपटी मानिसहरूलाई नाश गर्नु हुनेछ। धार्मिक मानिसहरूले परमप्रभुको वचन अनुसारको देश पाउनेछन्। तिनीहरू त्यहाँ सदा-सर्वदा बस्ने छन्। धर्मी मानिसले उत्तम सल्लाह दिंदछ। उसको निर्णय प्रत्येक मानिसको निम्ति निष्पक्ष हुन्छ। उनले परमप्रभुका उपदेशहरू मनन गरेको छ। अनि ठीक प्रकारले बाँच्नबाट ऊ कहिल्यै बन्चित हुँदैन। तर दुष्ट मानिसहरूले जहिले पनि धर्मी मानिसहरूलाई मार्ने बाटाहरू खोजिरहेका हुन्छन्। जब असल मानिसहरू दुष्ट मानिसको पासोमा पर्छन्, परमप्रभुले तिनीहरूलाई कहिल्यै पनि त्याग्नु हुन्न। जब दुष्ट मानिसहरूले असल मानिसहरूलाई न्यायालयमा लैजान्छन्, परमप्रभुले तिनीहरूलाई कहिल्यै पनि त्याग्नु हुन्न। परमप्रभुले भन्नु भएको कुराहरू गर र उहाँको सहयोगको निम्ति पर्ख। परमप्रभुले तिनीहरूलाई विजयी बनाउनु हुनेछ, अनि परमेश्वरले दिनु भएको जग्गा पाउने छौ, उहाँले दुष्टहरूलाई त्यो जग्गा छोड्न लाउनु हुनेछ। मैले एक बलवान कपटी मान्छे देखें। ऊ एकदमै सप्रेको रूख जस्तै बलियो थियो। तर ऊ हिंडी सकेको थियो। मैले उसलाई खोजें, तर भेट्न सकिनँ। शुद्ध र ईमान्दार बन। शान्ति प्रिय मानिसहरूले धेरै सन्तानहरू पाउनेछन्। तर जुन मानिसले आज्ञाहरू मान्दैन त्यो पूर्ण रूपले ध्वंश हुनेछन्। अनि तिनीहरूका भावी सन्तानहरूलाई जग्गा छोडेर जानलाई बाध्य हुनेछन्। धर्मी मानिसहरूलाई परमप्रभुले बचाउँनु हुन्छ। जब धर्मी मानिसहरू सङ्कटमा पर्दछन् परमप्रभु तिनीहरूको बल बन्नु हुनेछ। परमप्रभुले धर्मी मानिसहरूलाई मद्दत गर्नुहुन्छ र तिनीहरूलाई बचाउँनु हुन्छ। धर्मी मानिसहरू परमप्रभुमाथि आश्रित हुन्छन्, अनि तिनीहरूलाई उहाँले दुष्ट मानिसहरूबाट बचाउनु हुनेछ।
भजनसंग्रह 37:1-40 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
दुष्ट मानिसका कारणले चिन्तित नहोओ, दुष्कर्म गर्नेहरूसँग डाहा नगर। तिनीहरू सुकिजाने घाँसजस्तै हराउनेछन्; तिनीहरू ओइली जाने झारपातझैँ मर्नेछन्। परमप्रभुमा भरोसा गर र भलाइ गर। देशमा कुशलसँग बास गर। परमप्रभुमा आफ्नो आनन्द खोज र उहाँले तिमीलाई तिम्रो मनले चाहेको कुरा दिनुहुनेछ। आफैंलाई परमप्रभुकहाँ सुम्पिदेऊ, उहाँमा भरोसा राख; उहाँले तिमीलाई सहायता गर्नुहुनेछ। उहाँले मध्यदिनको घामजस्तै तिम्रा धार्मिकतालाई चम्काउनुहुनेछ। धैर्य गर र परमप्रभुलाई काम गर्न देऊ, फलिफाप हुने मानिसका कारणले वा कोही आफ्ना दुष्ट युक्तिमा सफल भएमा चिन्ता नगर, त्यसको कारणले पनि चिन्तित नहोऊ। रिस र चिन्ता नगर, त्यसो गर्नाले कष्ट मात्र पाइन्छ। परमप्रभुमा भरोसा राख्नेहरूले देश आफ्ना हात पार्छन्, तर दुष्टचाहिँ धपाइनेछन्। दुष्टहरू चाँडै हराइजानेछन्; तिमीहरूले तिनीहरूलाई खोजौला तर भेट्टाउनेछैनौ। नम्रहरूले देशमाथि अधिकार गर्नेछन्, तिनीहरूलाई शान्ति र फलिफाप हुनेछ। दुष्ट मानिसले भलो मानिसको विरुद्धमा जाल रच्दछ र घृणाले उसलाई हेर्दछ। तर परमप्रभुले दुष्ट मानिसहरूको हाँसो उडाउनुहुन्छ किनभने तिनीहरूचाहिँ नाश हुनेछन् भनी उहाँले जान्नुहुन्छ। दरिद्र र अभावमा परेका मानिसहरू मार्नलाई र असल काम गर्नेहरूलाई नाश पार्नलाई दुष्टहरूले आफ्ना तरवारहरू निकाल्दछन् र धनु-काँड ताक्दछन्। तिनीहरू आफ्ना तरवारहरूले आफ्नै मुटु छेडिएर मर्नेछन्, तिनीहरूका धनु-काँड चकनाचुर हुनेछन्। भलो मानिससँग भएको थोरै थोक सबै दुष्टहरूले जम्मा गरेका धेरै धनभन्दा बढी हो किनभने परमप्रभुले दुष्टको बल खोस्नुहुनेछ; तर असल मानिसहरूलाई रक्षा गर्नुहुनेछ। परमप्रभुले आफ्ना आज्ञा मान्नेहरूको वास्ता राख्नुहुनेछ र देश सधैँभरि तिनीहरूको अधिकारमा रहनेछ। तिनीहरूले दिन र काल खराब हुँदा कष्ट पाउनेछैनन्, अनिकालको बेलामा तिनीहरूसँग पुग्दो चीजबीज रहनेछन्। तर दुष्टहरू मरिजानेछन्, जङ्गलका फूलहरूझैँ परमप्रभुका शत्रुहरू हराउनेछन् र धुवाँझैँ तिनीहरू बिलाएर जानेछन्। दुष्ट मानिसले ऋण लिएर कहिल्यै फिर्ता दिँदैन, तर भलो मान्छेले मुट्ठी खोलेर दान दिँदछ। परमप्रभुबाट आशिष् पाएकाहरूले देशमाथि अधिकार गर्नेछन्, तर सराप पाएकाहरू भने धपाइनेछन्। परमप्रभुले मानिसलाई ऊ जानुपर्ने बाटोमा डोर्याउनुहुन्छ र जसले उहाँलाई खुसी पार्दछ, उसलाई रक्षा गर्नुहुन्छ। तिनीहरू लडे भने पनि त्यत्तिकै लडिरहनेछैनन् किनभने परमप्रभुले तिनीहरूलाई मद्दत गरेर उठाउनुहुनेछ। म अब बुढो भएको छु, म धेरै दिन बाँचिसकें, तर कहिल्यै पनि कुनै भलो मानिसलाई परमप्रभुले फ्याँक्नुभएको वा तिनका सन्तानले भिख मागेको मैले देखेको छैनँ। भलो मानिसले सबै समय खुला हातले बाँड्छ र ऋण दिन्छ र तिनीहरूका सन्तान आशिषित हुनेछन्। खराबी गर्न छोड र भलाइ गर र तिम्रा सन्तानले सधैँभरि देशमा बास गर्नेछन् किनभने ठीक कुरालाई परमप्रभुले प्रेम गर्नुहुन्छ र आफ्ना विश्वासयोग्य प्रजालाई त्याग्नुहुन्न, उहाँले सधैँ तिनीहरूको रक्षा गर्नुहुन्छ र दुष्टका सन्तानचाहिँ भाग्नुपर्नेछ। धर्मी मानिसले देशमाथि अधिकार गर्नेछ र त्यहाँ सदा बास गर्नेछ। तर भलो मानिसले बुद्धिको कुरा बोल्छ, उसले न्यायको कुरा बोल्छ। उसले आफ्नो हृदयमा परमेश्वरको व्यवस्थालाई राख्दछ र कहिल्यै त्यसलाई छोड्दैन। दुष्ट मानिसले एउटा भलो मानिसलाई हेरिरहन्छ र उसलाई मार्ने चेष्टा गर्दछ। तर परमप्रभुले उसलाई शत्रुको हातमा छोडिदिनुहुन्न वा मुद्दा चलेको बेलामा उसलाई दोषी ठहराउनुहुन्न। तिमीले परमप्रभुमा आशा राख र उहाँका आज्ञा पालन गर। त्यस देशमाथि तिमीलाई अधिकार दिएर उहाँले तिम्रो आदर गर्नुहुनेछ र दुष्टहरू भागेको तिमीले देख्नेछौ। एकपल्ट म एक जना दुष्ट मानिसलाई चिन्दथें, जसले अरूलाई खुबै सताउँथ्यो, लेबनानको देवदारुजस्तै त्यो सबैभन्दा उच्च भएको थियो। तर पछि म त्यहाँबाट भएर जाँदा त्यो त्यहाँ थिएन, मैले त्यसलाई खोजें तर भेट्टाउन सकिनँ। भलो मानिसलाई हेर, धर्मी मानिसलाई ध्यानसित हेर, शान्तिप्रिय मानिसका आफ्ना साखा-सन्तान हुन्छन्। तर पापीहरू नाश भएर जान्छन्। अनि तिनका साखा-सन्तानको नाउँ-निशाना हराएर जान्छ। परमप्रभुले धर्मी मानिसलाई बचाउनुहुन्छ र आपत्को बेलामा तिनीहरूको रक्षा गर्नुहुन्छ। उहाँले तिनीहरूलाई सहायता गर्नुहुन्छ र तिनीहरूको उद्धार गर्नुहुन्छ। दुष्ट मानिसदेखि तिनीहरूलाई बचाउनुहुन्छ किनभने रक्षाको लागि तिनीहरू उहाँको शरण पर्छन्।
भजनसंग्रह 37:1-40 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
दुष्टहरूलाई देखेर झर्को नमान, कुकर्मीहरूप्रति डाही नहोऊ, किनकि तिनीहरू चाँड़ै घाँसझैँ सुकिजानेछन्, र हरिया बिरुवाजस्तै ओइलिजानेछन्। परमप्रभुमा भरोसा राख र भलाइ गर, त्यसरी देशमा रहेर सुरक्षाको उपभोग गर्नेछौ। परमप्रभुमा आनन्दित होऊ, र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ। आफ्नो मार्ग परमप्रभुलाई सुम्प, उहाँमा नै भरोसा राख, अनि उहाँले यो गर्नुहुनेछ: उहाँले तिम्रो धार्मिकता प्रभातझैँ ज्योतिसमान र तिम्रो मामिलाको न्याय मध्यदिनको सूर्यसमान पार्नुहुनेछ। परमप्रभुको सामुन्ने मौन बस र धैर्यपूर्वक उहाँको प्रतीक्षा गर। मानिस आफ्ना कुमार्गमा फलिफाप हुँदा र त्यसले खराब युक्तिहरू कार्यान्वयन गर्दा तिमी झर्को नमान। रिसाउन छोड र क्रोधलाई त्याग। झर्को नमान, यसले खराबी गर्नतिर मात्र ढल्काउँछ। किनकि कुकर्मीहरू बहिष्कृत हुनेछन्, तर परमप्रभुको प्रतीक्षा गर्नेहरूले देश अधिकार गर्नेछन्। अलिक बेरपछि दुष्टहरू रहनेछैनन्, तिमीले तिनीहरूलाई खोजे तापनि तिनीहरू पाइनेछैनन्। तर नम्रहरूले देश अधिकार गर्नेछन्, र ठूलो शान्ति उपभोग गर्नेछन्। दुष्टहरूले धर्मी जनका विरुद्धमा षड्यन्त्र रच्तछन्, र उनीहरूमाथि दाह्रा किट्दछन्, तर प्रभुले तिनीहरूलाई हाँसोमा उड़ाइदिनुहुन्छ, किनभने तिनीहरूको दिन आइराखेको उहाँ जान्नुहुन्छ। दु:खी र कङ्गालीहरूलाई ढाल्न, र सत्यको बाटोमा हिँड्नेहरूलाई मार्न, दुष्टहरूले तरवार थुत्छन्, र धनुमा ताँदो चढ़ाउँछन्। तर तिनीहरूका तरवारले तिनीहरूकै मुटु छेड्नेछन्, र तिनीहरूका धनु भाँचिनेछन्। धेरै दुष्टहरूका सम्पत्तिको प्रचुरताभन्दा धर्मी जनहरूसँग भएको थोरै कुरो उत्तम हो। किनकि दुष्टहरूका पाखुरा भाँचिनेछन्, तर धर्मीहरूलाई परमप्रभुले थामिराख्नुहुन्छ। परमप्रभुले निर्दोष मानिसहरूको वास्ता गर्नुहुन्छ, र तिनीहरूको अधिकार सधैँभरि रहनेछ। आपत्का दिनमा तिनीहरू लाजमा पर्नेछैनन्, र अनिकालका दिनमा तिनीहरूसँग प्रशस्त हुनेछ। तर दुष्टहरू त नष्ट हुनेछन्, परमप्रभुका शत्रुहरूचाहिँ चउरको हरियालीजस्तै छन्, तिनीहरू लोप भइजानेछन्, धूवाँजस्तै तिनीहरू लोप हुनेछन्। दुष्टहरूले ऋण लिन्छन्, र तिर्दैनन्, तर धर्मी जनहरूले उदारतापूर्वक दिन्छन्। परमप्रभुबाट आशिष् पाउनेहरूले देशमाथि अधिकार गर्छन्, तर उहाँबाट श्राप पाउनेहरूचाहिँ पन्साइनेछन्। यदि परमप्रभुलाई मानिसको मार्ग मन पर्यो भने उहाँले त्यसका पाइला दह्रिला पार्नुहुन्छ। त्यसलाई ठेस लाग्यो भने पनि त्यो लोट्दैन, किनकि परमप्रभुले आफ्नो हातले समातेर त्यसलाई थाम्नुहुन्छ। म जवान थिएँ, अब म वृद्ध भएको छु, तर धर्मी जनहरू त्यागिएका वा तिनका सन्तानले मागेर खानुपरेको मैले कहिल्यै देखेको छैनँ। तिनको मुट्ठी सधैँ उदार रहन्छ, र तिनले खुला रूपले पैँचो दिन्छन्, र तिनका सन्तानले आशिष् पाउनेछन्। खराबीदेखि फर्केर अलग्ग बस र भलाइ गर, र तिमी सदासर्वदा देशमा बस्नेछौ। किनकि परमप्रभु न्यायीलाई प्रेम गर्नुहुन्छ, र आफ्नो विश्वाशयोग्यहरूलाई उहाँले त्याग्नुहुन्न। तिनीहरू सधैँ सुरक्षित राखिनेछन्, तर दुष्टका सन्तान भने बहिष्कृत हुनेछन्। धर्मीहरूले देश अधिकार गर्नेछन्, र त्यहाँ सधैँभरि वास गर्नेछन्। धर्मी जनले ज्ञानको कुरा गर्छ, र त्यसको जिब्रोले न्यायको कुरा बोल्छ। त्यसको हृदयमा त्यसका परमेश्वरको व्यवस्था हुन्छ, त्यसका खुट्टा चिप्लँदैनन्। धर्मी जनको हत्या गर्नलाई दुष्टहरू ढुकिबस्छन्। तर परमप्रभुले धर्मी जनलाई तिनीहरूको शक्तिमा छोड्नुहुनेछैन, न त त्यसको न्याय हुँदाखेरि त्यसलाई दोषी ठहराउन दिनुहुन्छ। परमप्रभुको प्रतीक्षा गर र उहाँकै मार्गमा हिँड़। प्रतिज्ञाको देश अधिकार गर्न उहाँले तिमीलाई उचाल्नुहुनेछ। दुष्टको विनाश तिम्रै आँखाले देख्नेछ। मैले एक जना दुष्ट र अत्याचारी मानिसलाई देखेको छु, जो सप्रेको देवदारुको वृक्षजस्तो थियो। तर त्यो चाँड़ै मर्यो र रहेन। मैले खोजें, तर त्यो पाउन सकिएन। निर्दोष मानिसलाई विचार गर, र सत्यनिष्ठ जनलाई हेर, किनभने शान्तिप्रिय मानिसको सन्तान हुन्छ। तर अपराधीहरूचाहिँ सखापै हुनेछन्, दुष्टका सन्तानचाहिँ बहिष्कृत हुनेछन्। धर्मी जनहरूको उद्धार परमप्रभुको तर्फबाट हुन्छ, दु:खको समयमा उहाँ नै तिनीहरूको शरणस्थान हुनुहुन्छ। परमप्रभुले तिनीहरूलाई मदत गर्नुहुन्छ र तिनीहरूको उद्धार गर्नुहुन्छ, उहाँले तिनीहरूलाई दुष्टबाट छुटाएर तिनीहरूलाई बचाउनुहुन्छ, किनभने तिनीहरूले उहाँको शरण लिन्छन्।