भजनसंग्रह 35:1-28
भजनसंग्रह 35:1-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, मलाई विरोध गर्नेहरूको विरोध गरिदिनुहोस्, मसँग युद्ध गर्नेहरूका विरुद्धमा युद्ध गरिदिनुहोस्। कवच पहिरनुहोस् र ढाल लिनुहोस्, र मेरो सहायतामा खड़ा हुनुहोस्। मलाई खेद्नेहरूका विरुद्धमा भाला र बर्छा उठाउनुहोस्, मेरो प्राणलाई भन्नुहोस्, “म तेरो उद्धार हुँ।” मेरो ज्यानको खेदो गर्नेहरू शर्ममा परून्, र तिनीहरू अपमानित होऊन्। मेरो विरुद्धमा उपाय रच्नेहरू लखेटिऊन् र अलमल्ल परून्। तिनीहरू बतासले उड़ाएको भुसजस्ता होऊन्, र परमप्रभुका स्वर्गदूतले तिनीहरूलाई लखेटून्। तिनीहरूको बाटो अँध्यारो र चिप्लो होस्, र परमप्रभुका दूतले तिनीहरूलाई लखेटी नै रहून्। किनकि विनाकारण तिनीहरूले मलाई फसाउनलाई जाल बिछाए, र विनाकारण मेरो प्राण लिन तिनीहरूले खाड़ल खने। अकस्मात् तिनीहरूमाथि सर्वनाश आइपरोस्, तिनीहरूले लुकाएर थापेको पासोमा तिनीहरू आफै परून्, तिनीहरू आफै त्यस खाड़लमा परेर नष्ट होऊन्। तब मेरो प्राणचाहिँ परमप्रभुमा हर्षित हुनेछ, र उहाँबाटै भएको उद्धारमा उल्लसित हुनेछ। मेरा समस्त जीवनले भन्नेछ, “हे परमप्रभु, तपाईंजस्तो को छ र? निर्बललाई आफूभन्दा शक्तिशाली मानिसबाट तपाईं बचाउनुहुन्छ, अनि निर्बल र दरिद्रलाई अत्याचारीबाट उद्धार गर्नुहुन्छ।” निर्दयी साक्षीहरू अगि आउँछन्। मैले जान्दै नजानेका कुरा तिनीहरू मलाई सोध्छन्। तिनीहरू भलाइको बदला मलाई खराबी गर्छन्, र मेरो प्राणलाई अत्यन्त निराश छोड्छन्। तापनि तिनीहरू बिरामी हुँदा, मैले भाङ्ग्राको वस्त्र लगाएँ, र उपवास बसेर आफूलाई दीन बनाएँ। जब मेरा प्रार्थना उत्तरविनै फर्केर आए, मेरा मित्र र मेरो भाइको निम्ति शोक गरेझैँ म शोक गर्दै हिँडें। आफ्नी आमाको निम्ति विलाप गरेझैँ शिर झुकाएर मैले शोक मनाएँ। तर जब मैले ठेस खाएँ, हाँसो गर्दै तिनीहरू मेरो विरुद्धमा एकत्र भए। मैले थाहै नपाएको बेलामा आक्रमणकारीहरू मेरो विरुद्धमा जम्मा भए। तिनीहरूले लगातार मेरो निन्दा गरे। अधर्मीझैँ तिनीहरूले वैमनस्यपूर्वक निन्दा गरे, तिनीहरूले ममाथि दाह्रा किटे। हे परमप्रभु, कहिलेसम्म तपाईं हेरिरहनुहुन्छ? तिनीहरूले ममाथि ल्याएको आक्रमणबाट, ती सिंहहरूबाट मेरो ज्यानलाई छुटाउनुहोस्। ठूलो समुदायमा म तपाईंमा धन्यवाद चढ़ाउनेछु, विशाल जन-समूहमा म तपाईंको प्रशंसा गर्नेछु। अकारण मेरा शत्रुहरू मेरो विरुद्धमा रमाउन नपाऊन्, अकारण मलाई घृणा गर्नेहरूले मेरो वैमनस्यपूर्वक खिसी गर्न नपाऊन्। तिनीहरू त शान्तिको कुरै गर्दैनन्, तर देशमा शान्तिसँग बस्ने मानिसहरूका विरुद्धमा झूटा अभियोगहरू रच्छन्। ठूलो मुख बाएर मेरो विरुद्धमा तिनीहरू भन्छन्, “आहा! आहा! हामीले आफ्नै आँखाले यो देख्न पायौं।” हे परमप्रभु, तपाईंले यो देख्नुभएको छ, मौन नबस्नुहोस्। हे परमप्रभु, मबाट टाढ़ा नहुनुहोस्। उठ्नुहोस्, र मेरो रक्षाको निम्ति जाग्नुहोस्। हे परमप्रभु, मेरा परमेश्वर, मेरो निम्ति लड़िदिनुहोस्। हे मेरा परमप्रभु परमेश्वर, तपाईंकै धार्मिकताअनुसार मलाई निर्दोष ठहराउनुहोस्। ममाथि तिनीहरू रमाउन नपाऊन्। तिनीहरूले आफ्ना मनमा, “आहा! हामीले चिताएका पुग्यो” भन्न नपाऊन्, अथवा “हामीले त्यसलाई निलिदियौं” भन्न नपाऊन्। मेरो आपत्को समय मेरो हाँसो उड़ाउनेहरू सबै लाजमा परून् र अस्तव्यस्त होऊन्। मभन्दा ठूलो हुँ भनी धाक दिनेहरू सबै लाजमा परून् र अपमानित होऊन्। म दोष-मुक्त भएको कामना राख्नेहरू आनन्दले जयजयकार गरून् र हर्षित होऊन्। तिनीहरूले निरन्तर यसो भनिरहून्, “परमप्रभुको नाम उच्च होस्, जो आफ्नो दासको कल्याणमा प्रसन्न हुनुहुन्छ।” मेरो जिब्रोले तपाईंको धार्मिकताको बखान गर्नेछ, र म तपाईंको प्रशंसा दिनभरि गर्नेछु।

भजनसंग्रह 35:1-28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, मलाई विरोध गर्नेहरूको विरोध गरिदिनुहोस्; मसँग युद्ध गर्नेहरूका विरुद्धमा युद्ध गरिदिनुहोस्। ढाल लिनुहोस् र कवच पहिरनुहोस्; उठ्नुहोस् र मेरो सहायताको निम्ति खडा हुनुहोस्। मलाई खेद्नेहरूका विरुद्धमा तपाईंको भाला र बर्छा उठाउनुहोस्। मलाई भन्नुहोस्, “म तेरो मुक्ति हुँ।” मेरो प्राण लिन खोज्नेहरू अपमानित होऊन् र शर्ममा परून्; मेरा विरुद्धमा हानि रच्नेहरू पछाडि फर्कून् र शर्ममा परून्। याहवेहका स्वर्गदूतले तिनीहरूलाई टाढा लखेटून्; तिनीहरू बतासले उडाएका भुसजस्ता होऊन्। याहवेहका स्वर्गदूतले तिनीहरूलाई लखेटिरहून्; तिनीहरूको बाटो अँध्यारो र चिप्लो होस्। किनकि कारणविना तिनीहरूले मलाई फसाउनलाई पासो बिछाए; र कारणविना मलाई फसाउनलाई तिनीहरूले खाडल खने, अचानक तिनीहरूमाथि विनाश आइपरोस्; तिनीहरूले लुकाएर थापेको पासोमा तिनीहरू आफैँ परून्, तिनीहरूले खनेका खाडलमा आफैँ परेर नष्ट होऊन्। तब मेरो प्राणचाहिँ याहवेहमा आनन्दित हुनेछ, र उहाँको मुक्तिमा हर्षित हुनेछ। मेरो पूरा बलले भन्नेछु, “हे याहवेह, तपाईंजस्तो को छ र? तपाईंले दुर्बलहरूलाई तिनीहरूभन्दा शक्तिशालीहरूबाट बचाउनुहुन्छ, अनि दुर्बल र खाँचोमा परेकाहरूलाई लुटेराहरूबाट बचाउनुहुन्छ।” निर्दयी साक्षीहरू अगि आउँछन्; तिनीहरूले मैले जान्दै नजानेका कुराहरू मलाई सोध्छन्। तिनीहरूले मलाई भलाइको बदलामा खराबी गर्छन्, तपाईंले मेरो प्राणलाई आफन्त गुमाएझैँ शोकमा डुबाउनुभएको छ। तापनि जब तिनीहरू बिरामी भए, मैले भाङ्ग्राको वस्त्र लगाएँ; र उपवास बसेर आफूलाई दुःखित बनाएँ, जब मेरा प्रार्थना उत्तरविना नै फर्केर आयो, मेरा मित्र वा भाइको निम्ति शोक गरेझैँ, म तिनीहरूको निम्ति शोक गर्दै हिँडेँ। आफ्नी आमाको निम्ति विलाप गरेझैँ मैले शोकमा शिर झुकाएँ। तर जब मैले ठेस खाएँ, तिनीहरू मेरो विरुद्धमा एकमत भएर हाँसो गरे; मैले थाहै नपाई आक्रमणकारीहरू मेरो विरुद्धमा जम्मा भए। तिनीहरूले नथाकी लगातार मेरो निन्दा गरे। भक्तिहीनलेझैँ तिनीहरूले क्रूरतासाथ निन्दा गरे; तिनीहरूले ममाथि दाह्रा किटे। हे प्रभु, कहिलेसम्म तपाईं हेरिरहनुहुन्छ? तिनीहरूका आक्रमणबाट, र ती सिंहहरूबाट मलाई छुटाउनुहोस्। म तपाईंलाई ठूलो महासभामा धन्यवाद चढाउनेछु; विशाल जनसमूहमा म तपाईंको प्रशंसा गर्नेछु। मेरा शत्रुहरू कारणविना मेरो विरुद्धमा रमाउन नपाऊन्; मलाई घृणा गर्नेहरूले कारणविना एकनासै मेरो खिल्ली गर्न नपाऊन्। तिनीहरू त शान्तिको कुरै गर्दैनन्; तर देशमा शान्तिसँग बस्ने मानिसहरूका विरुद्धमा झूटो आरोपहरू रच्दछन्। तिनीहरूले ठूलो मुख बाएर मेरो विरुद्धमा भन्छन्, “ओहो! ओहो! हामीले आफ्नै आँखाले यो देख्न पायौँ।” हे याहवेह, तपाईंले यो देख्नुभएको छ; अब चुप लागेर नबस्नुहोस्। हे प्रभु, मदेखि टाढा नहुनुहोस्! हे प्रभु, मेरा परमेश्वर, उठ्नुहोस्; र मेरो रक्षाको निम्ति जाग्नुहोस्! मेरो निम्ति लडिदिनुहोस्। हे याहवेह, मेरा परमेश्वर, तपाईंको धार्मिकतामा मलाई निर्दोष ठहराउनुहोस्; तिनीहरू ममाथि रमाउन नपाऊन्। तिनीहरूले आफ्ना मनमा भन्न नपाऊन् कि, “आहा! हामीले चिताएजस्तै पुग्यो!” अथवा भन्न नपाऊन्, “हामीले त्यसलाई निलिदियौँ।” मेरो विपतको समयमा मेरो हाँसो उडाउनेहरू सबै लाजमा र अन्योलमा परून्; मभन्दा ठूलो हुँ भनी घमण्डले धाक दिनेहरू सबै शर्म र अपमानले ढाकिऊन्। म निर्दोष साबित भएको कामना राख्नेहरू आनन्दले जयजयकार गरून् र हर्षित होऊन्; तिनीहरूले निरन्तर यसो भनिरहून् कि, “याहवेह उच्च पारिनुभएको होस्, उहाँ, जो आफ्नो सेवकको भलाइमा प्रसन्न हुनुहुन्छ।” मेरो जिब्रोले तपाईंको धार्मिकताको घोषणा गर्नेछ, र तपाईंको प्रशंसा दिनभरि गरिरहनेछ।
भजनसंग्रह 35:1-28 पवित्र बाइबल (NERV)
हे परमप्रभु, मेरा युद्धहरू लडिदिनु होस्। मेरा लडाईँहरू लडिदिनु होस्! हे परमप्रभु! तपाईंको सानो ढाल र ठूलो कवच उठाउनु होस्। उठ्नु होस् र मलाई सहायता गर्नुहोस्। भाला र बर्छा लिनुहोस् अनि मलाई खेदो गर्नेहरूको विरूद्ध लड्नु होस्। परमप्रभु, मेरो प्राणलाई भन्नुहोस्, “म तिमीलाई बचाउनेछु।” कतिपय मानिसहरू मलाई मार्न तम्सिरहेका छन्। तिनीहरूलाई पछि फर्किएर भाग्ने बनाउनु होस्। तिनीहरूले मलाई नोक्सान गर्ने योजना बनाइरहेका छन्। यसर्थ तिनीहरूलाई जित्नु होस् र लज्जित पार्नु होस्। तिनीहरूलाई हावाले उडाउने भूस जस्तो बनाउनु होस्। तिनीहरूलाई परमप्रभुको स्वर्गदूतले खेदो गरून्। तिनीहरूका बाटोहरू अँध्यारो चिप्ला हुन्। परमप्रभुका स्वर्गदूतले तिनीहरूलाई खेद्न सकुन्। मैले अधर्म कर्महरू गरिनँ, तर ती मानिसहरूले मलाई पासोमा पार्ने कोशिश गरे। कुनै कारण नै बिना तिनीहरूले मलाई पासोमा पार्न खोजे। यसैकारण, हे परमप्रभु! तिनीहरूलाई आफ्नै पासोमा फँस्न दिनुहोस्। तिनीहरूलाई आफ्नै जालोहरूमा पछारिन दिनुहोस्। तिनीहरूलाई अज्ञात सङ्कटहरूले पक्रोस्। तब म परमप्रभुमा हर्षित रहनेछु। जब उहाँले मलाई बचाउनु हुनेछ म हर्षित हुनेछु। मेरो सम्पूर्ण शरीर र आत्माले भन्नेछ, “हे परमप्रभु! तपाईं परमेश्वर जस्तो हुनुहुन्छ, तपाईं ती बलिया मानिसहरू माझका कमजोर मानिसहरूलाई बचाउनु होस् तपाईंले ती बलिया मानिसहरूबाट सामानहरू थुतेर ती खाँचोमा परेका गरीब मानिसहरूलाई दिनुभयो।” झूटो बोल्ने समुदायका साक्षीहरूले मलाई कष्ट दिने योजनाहरू तयार पारिरहेछन्, म केही पनि जान्दिनँ भनेर ती मानिसहरूले मलाई सोधिरहेछन्। मैले असल कुराहरू मात्र गरें तर ती मानिसहरूले मेरो लागि नराम्रा कामहरू गर्नेछन्। हे परमप्रभु, मलाई मेरो योग्यता अनुसारको असल कुराहरू दिनुहोस्। जब ती मानिसहरू बिमारी हुन्थे, म तिनीहरूका लागि दुःखी हुन्थे। मैले उपवास बसेर आफ्नो शोक प्रकट गरें। (हुनसक्छ मैले तिनीहरूका निम्ति गर्को प्रार्थनाको उत्तर पाईंन।) मैले ती मानिसहरूका लागि उदास पोशाकहरू लगाएँ, ती मानिसहरूलाई साथी-भाइहरू जस्तो व्यवहार गरें। कुनै मानिसकी आफ्नो आमा मर्दा ऊ रोएको जस्तो अवस्था म उदास थिएँ। मैले आफ्नो उदासीनता देखाउनका लागि कालो पोशाक लगाएको थिएँ। म आफ्नो शरीर झुकाएर उदास भई हिंड्दथें। तर जब मैले भूल गरें ती मानिसहरू ममाथि हाँसे। तिनीहरू साँच्चै नै मेरा मित्रहरू थिएनन्, म तिनीहरूलाई चिन्दा पनि चिन्दैन थिएँ। तर तिनीहरूले मलाई धेरैपल्ट आक्रमण गरे। तिनीहरूले गाली गरे र मेरो खिसी गरे। तिनीहरूले मतर्फ आफू रिसाएको आफ्ना दाँतहरू किटेर दर्शाए। मेरा स्वामी, कहिलेसम्म तपाईं हेरिरहनु हुन्छ त्यस्ता नराम्रा घटनाहरू घटेका? तिनीहरूले मलाई नष्ट गर्न खोजिरहेका छन्। परमप्रभु! ती दुष्ट मानिसहरूबाट जो हिंस्रक सिंह जस्तै छन्। मेरो जीवनको रक्षा गर्नुहोस्, मेरो प्यारो जीवनको रक्षा गर्नु होस्। हे परमप्रभु, जब म शक्तिशाली मानिसहरूसँग हुनेछु, महासभामा म तपाईंको स्तुति गाउने छु। मेरो झूटा बोल्ने शत्रुहरू वास्तवमा ममाथि हाँसिरहने छैनन्। निःसन्देह मेरा शत्रुहरूले, आफ्ना गुप्त योजनाहरूको दण्ड पाउनेछन्। मेरो शत्रुहरूले वास्तवमा शान्तिको लागि योजनाहरू तयार गरिरहेका हुन्छन्। तिनीहरू गुप्त प्रकारले यस देशमा शान्तिसँग बसिरहेका मानिसहरू प्रति, अधर्म कामहरू गर्नलाई योजनाहरू तयार पारिरहेछन्। मेरा शत्रुहरूले मेरो विषयमा नराम्रो कुराहरू भनिरहेका छन्। तिनीहरू झूटो बोल्दछन् भन्छन् “आहा! हामी जान्दछौ तिमी के गरिरहेका छौ।” हे परमप्रभु, के भइरहेछ वास्तवमा तपाईंले देख्न सक्नु हुन्छ, यसैले मौन नबस्नुहोस्, मलाई छाडेर नजानुहोस्। हे परमप्रभु, जाग्नुहोस्! उठनुहोस्! मेरो परमेश्वर, मेरो परमप्रभु, मेरो लागि लडाइँ गर्नुहोस्। अनि मलाई न्याय ल्याई दिनुहोस्। हे मेरो परमप्रभु परमेश्वर, तपाईंको धार्मिकता अनुसार मलाई न्याय गर्नुहोस्। तिनीहरूलाई ममाथि उपहास गरेर हाँस्न नदिनुहोस्। मानिसहरूलाई भन्न नदिनुहोस्, “हामी जे चाहन्थ्यौं सो हामीले पायौं। हामीले उसलाई ध्वंश पारिदियौं!” म आशा गर्छु मेरा सम्पूर्ण शत्रुहरूले निन्दित अनुभव गर्नेछन् अनि लाजमा पारिनेछन्। जब ममाथि हानिकारक घटना हुन्छ तब तिनीहरू खुशी हुन्छन्। तिनीहरू सोच्दछन् मभन्दा तिनीहरू उत्तम छन्! यसकारण ती मानिसहरू लाज र अपमानले ढाकिएर जाऊन। कतिपय मानिसहरू मप्रति राम्रो कुराहरू होस् भनेर चाहन्छन्। भरोसा गर्दछु तिनीहरू खुशी हुनेछन्। तिनीहरू सधैँ भन्दछन्, “परमप्रभु महान् हुनुहुन्छ। उहाँ आफ्ना दासको लागि के उत्तम हो त्यही गर्ने इच्छा गर्नुहुन्छ।” यसकारण परमप्रभु! म तिनीहरूलाई भन्दछु, तपाईं कति धार्मिक हुनुहुन्छ। म प्रत्येक दिन तपाईंको प्रशंसा गर्छु।
भजनसंग्रह 35:1-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमप्रभु, मेरा विरोधीहरूलाई तपाईंले विरोध गर्नुहोस्, मसँग लड्नेहरूसँग तपाईं लड्नुहोस्! तपाईंका ढाल, झिलम भिर्नुहोस् र मेरो मद्दतको निम्ति आउनुहोस्। मलाई खेद्नेहरूको विरुद्धमा तपाईंले आफ्नो भाला र बन्चरो उठाउनुहोस्। तपाईंले मलाई बचाउनुहुन्छ भनी प्रतिज्ञा गर्नुहोस्। मलाई मार्न खोज्नेहरूको हार र अपमान होस्। मलाई जाल गर्नेहरू पिठ फर्काएर भाग्नुपरोस् र तिनीहरू अन्योलमा परून्! परमप्रभुका दूतले खेद्दा तिनीहरू बतासले उडाएका परालझैँ होऊन्! परमप्रभुका दूतले तिनीहरूलाई हिर्काएको बेलामा तिनीहरू हिँड्ने बाटो अँध्यारो र चिप्लो होस्! बिनाकारण तिनीहरूले मलाई पासो थापे, मलाई पक्रनलाई एउटा गहिरो खाडल खने। तर तिनीहरूले थाहा पाउनुअघि नै तिनीहरू नाश पारिनेछन्, आफूले थापेका पासोमा आफैं पर्छन् र आफैं नाशको खाडलमा ओइरिनेछन्! परमप्रभुको कारणले म खुसी हुनेछु, उहाँले मलाई बचाउनुभएकोले म हर्षित हुनेछु। आफ्नो पूरा हृदयले म परमप्रभुलाई भन्नेछु, “तपाईंजस्तो अरू कोही छैन। तपाईंले निर्धालाई बलियोबाट र दरिद्रलाई सताउनेहरूबाट रक्षा गर्नुहुन्छ।” दुष्ट मानिसहरूले मेरो विरुद्धमा गवाही दिन्छन्। मैले नजानेका अपराधको दोष ममाथि ल्याउँछन्। तिनीहरूले मलाई भलाइको साटोमा खराबी गर्छन् र म मनको पीडामा डुब्दछु। तर तिनीहरू बिरामी हुँदा मैले शोक गरें, मैले खान छोडें, आफ्नो शिर निहुराएर मैले प्रार्थना गरें। जसरी कुनै भाइ वा मित्रको लागि प्रार्थना गर्थें, त्यसरी नै मैले प्रार्थना गरें। आमाको निम्ति शोक गर्नेले जस्तै मैले शोक गर्दै निहुरेर हिँडें। तर म कष्टमा पर्दा तिनीहरू खुसी हुन्थे र खिसी गर्न मेरो चारैपट्टि भेला हुन्थे, नचिनेका मानिसहरूले मलाई कुटे अनि कुटिरहे। कुनै हात खुट्टा नचल्ने मानिसलाई खिसी गरेझैँ तिनीहरूले मलाई घृणाको दृष्टिले हेरे। हे परमप्रभु! अब कहिलेसम्म हेरिरहनु मात्र हुन्छ? मलाई तिनीहरूको हमलादेखि बचाउनुहोस्, यी सिंहहरूबाट मेरो प्राण जोगाउनुहोस्। तब म तपाईंलाई तपाईंका जनहरूका सभामा धन्यवाद चढाउनेछु, तिनीहरू सबैको अघि म तपाईंको प्रशंसा गर्नेछु। झूटो बोल्ने मेरा शत्रुहरू मेरो हारमा रमाउन नपाऊन्। बिनाकारण मलाई घृणा गर्नेहरूले, मेरो शोकमा मेरो खिल्ली उडाउन नपाऊन्। तिनीहरू मित्रभावसित बोल्दैनन्, त्यसका सट्टामा तिनीहरूले शान्तिप्रिय मानिसहरूका बारेमा सबै प्रकारका झूटा कुराहरू रच्छन्। तिनीहरूले चिच्च्याउँदै मलाई यसरी दोष लाउँछन्– “तैँले के गरिस्, हामीले देख्यौं!” तर हे परमप्रभु! तपाईंले यो कुरा देख्नुभएको छ। यसकारण प्रभु, चुप नबस्नुहोस्, आफैं टाढा हटेर नजानुहोस्! उठ्नुहोस्, प्रभु! र मेरो रक्षा गर्नुहोस्, हे मेरा परमेश्वर! मेरो पक्षमा बोलिदिनुहोस्। हे परमप्रभु! तपाईं धर्मी हुनुहुन्छ, म निर्दोष छु भनी न्याय गरी दिनुहोस्, मेरा शत्रुहरूले ममाथि खिसी गर्न नपाऊन्। तिनीहरूले आपसमा यसो भन्न नपाऊन्, “त्यसलाई धपायौं! अब हाम्रो इच्छा पूरा भयो!” मेरो कष्टमा रमाउनेहरूको पूरा हार होस्, तिनीहरू अन्योलमा परून्। “मभन्दा असल छन्,” भनी हिँड्नेहरूचाहिँ लाज र बदनाममा परून्। मलाई निर्दोष भएर छुटेको हेर्न चाहनेहरूले आनन्दले चिच्च्याउन र घरीघरी यसो भन्न पाऊन्– “परमप्रभु कति महान् हुनुहुन्छ! आफ्ना दासको विजयमा उहाँ प्रसन्न हुनुहुन्छ।” त्यस बेला म तपाईंको धार्मिकताको बारेमा भन्नेछु र दिनभरि तपाईंको प्रशंसा गर्नेछु।