भजनसंग्रह 34:17-20
भजनसंग्रह 34:17-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
धर्मीहरूले परमप्रभुलाई पुकार्छन् र उहाँले सुन्नुहुन्छ, उहाँले तिनीहरूलाई सारा कष्टदेखि बचाउनुहुन्छ। परमप्रभु हरेस खाएकाहरूको नजिकमा हुनुहुन्छ, उहाँले आशा हराएका सबैलाई बचाउनुहुन्छ। भलो मानिसहरूले धेरै कष्ट पाउँछन्, तर परमप्रभुले उनीहरूलाई ती सबै कष्टहरूदेखि उद्धार गर्नुहुन्छ। परमप्रभुले तिनीहरूको पूरा सुरक्षा गर्नुहुन्छ, तिनीहरूको एउटै हड्डी पनि भाचिंदैन।
भजनसंग्रह 34:17-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब धार्मिक जनहरूले पुकारा गर्छन्, तब परमप्रभुले सुन्नुहुन्छ, र तिनीहरूका सबै सङ्कष्टबाट तिनीहरूलाई उद्धार दिनुहुन्छ। चूर्ण हृदय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ। धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्छन्, तर परमप्रभुले त्यसलाई ती सबैबाट उद्धार दिनुहुन्छ। परमप्रभुले त्यसका सबै हाड़हरूको रक्षा गर्नुहुन्छ। तिनमा एउटै पनि भाँचिँदैन।
भजनसंग्रह 34:17-20 पवित्र बाइबल (NERV)
परमप्रभुलाई प्रार्थना गर र उहाँले सुन्नु हुनेछ। उहाँले तिमीहरूका सबै संकष्टहरूबाट बचाउनु हुनेछ। जब कष्टले सताँउछ केही मानिसहरू नम्र हुन्छन्। परमप्रभु तिनीहरूको नजिक हुनुहुन्छ। अनि उहाँले तिनीहरूलाई बचाउनु हुन्छ। धार्मिक मानिसहरूका धेरै समस्याहरू हुन सक्छन्, तर परमप्रभुले तिनीहरूका प्रत्येक समस्याबाट बचाँउनु हुनेछ। परमप्रभुले तिनीहरूका सम्पूर्ण हड्डीहरू जोगाउनु हुनेछ। एउटा पनि हड्डी भाँचिन दिनु हुनेछैन।