भजनसंग्रह 32:1-3
भजनसंग्रह 32:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धन्य त्यो व्यक्ति, जसका अपराध क्षमा भएको छ, र जसका पाप ढाकिएका छन्। त्यो मानिस धन्य हो, जसलाई परमप्रभुले दोषी ठहराउनुहुन्न, र जसको मनमा छलकपट छैन। जब म मौन रहें, दिनभरिको मेरो करुण-क्रन्दनले मेरा हाड़हरू खिइएर गए।
भजनसंग्रह 32:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
धन्य हो त्यो मानिस, जसका अपराधहरू क्षमा भएका छन्; जसका पापहरू ढाकिएका छन्। त्यो मानिस धन्यको हो, जसको पापको लेखा याहवेहले राख्नुहुन्न, जसको मनमा कुनै छलकपट छैन। जब म आफ्नो पाप स्वीकार नगरी मौन रहेँ, तब मेरो दिनभरिको विलौनाले गर्दा मेरा हाडहरू मक्किए।
भजनसंग्रह 32:1-3 पवित्र बाइबल (NERV)
त्यो मानिस खुशी हुन्छ, जसका पापहरू क्षमा गरिएका छन्। त्यो मानिस एकदमै भाग्यमानी हो जसका पापहरू मेटिएका छन्। त्यो मानिस खुशी हुन्छ, जब परमप्रभुले त्यो दोषी होइन भनिदिनु हुन्छ। त्यो मानिस एकदमै भाग्यमानी हुन्छ जब उसले आफ्ना निजी पापहरू लुकाउँदैन। परमेश्वर मैले तपाईंलाई घरि-घरि प्रार्थना गरें। तर मैले आफ्नो गुप्त पापहरूको विषयमा कुरा गरिनँ। जतिपल्ट प्रार्थना गरें, उतिपल्ट म कमजोर हुँदै गएँ।
भजनसंग्रह 32:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ज-जसको पाप क्षमा गरिएका छन् र दुष्कर्म माफ भएका छन्, तिनीहरू कति खुसी छन्। जुन मानिसलाई परमप्रभुले दोषी ठहराउनुहुन्न, र जुन मानिसमा केही छलकपट छैन, ऊ कति खुसी हुन्छ। मैले पाप स्वीकार नगरेको बेलामा दिनभरि रोएकोले म थाकिसकेको थिएँ।