भजनसंग्रह 31:21-24
भजनसंग्रह 31:21-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहको प्रशंसा होस्; किनकि म शत्रुहरूको घेरामा परेको सहरभित्र हुँदा, उहाँले आफ्नो अद्भुत प्रेम ममाथि देखाउनुभयो। म आत्तिएको बेलामा मैले भनेँ, “तपाईंको दृष्टिबाट हराएको छु।” तर जब मैले तपाईंलाई गुहारको निम्ति पुकारेँ, तब तपाईंले मेरो दयाको पुकार सुनिदिनुभयो। हे सबै विश्वासयोग्यहरू हो, याहवेहलाई प्रेम गर। याहवेहले आफ्ना विश्वासयोग्यहरूलाई रक्षा गर्नुहुन्छ। तर अहङ्कारीहरूलाई चाहिँ उहाँले पूरा दण्ड दिनुहुन्छ। हे सबै याहवेहमा आशा राख्नेहरू हो, बलियो र साहसिलो होओ।
भजनसंग्रह 31:21-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुको प्रशंसा गर! मलाई घेरेर शत्रुहरूको आक्रमण गरेको बेलामा उहाँले कस्तो अचम्म किसिमले मलाई आफ्नो प्रेम देखाउनुभयो! म डराएँ, उहाँले मलाई आफ्नो नजिकबाट धपाउनुभएछ भन्ठानें, तर मैले मद्दतको लागि उहाँलाई पुकार्दा उहाँले मेरो पुकार सुन्नुभयो। उहाँका विश्वासयोग्य जनहरू हो, तिमीहरूले परमप्रभुलाई प्रेम गर, परमप्रभुले विश्वासीहरूलाई रक्षा गर्नुहुनेछ, तर घमण्डीहरूलाई तिनीहरूले पाउनुपर्ने दण्ड दिनुहुन्छ। परमप्रभुमा आशा गर्नेहरू सबै, तिमीहरू बलियो र साहसी होओ।
भजनसंग्रह 31:21-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुको स्तुति होस्, किनकि म शत्रुहरूको घेरामा परेको सहरभित्र हुँदा उहाँले आफ्नो उदेकको कृपा ममाथि देखाउनुभयो। आत्तिएको बेलामा मैले भनें, “तपाईंको दृष्टिबाट म टाढ़ा भएको छु।” तर तपाईंलाई गुहारको निम्ति पुकारा गर्दा, तपाईंले कृपाको निम्ति मेरो पुकारा सुनिदिनुभयो। हे उहाँका सबै पवित्र जन हो, परमप्रभुलाई प्रेम गर! विश्वास गर्नेहरूलाई परमप्रभुले रक्षा गर्नुहुन्छ, तर अहङ्कारीहरूलाई चाहिँ उहाँले पूरा दण्ड दिनुहुन्छ। हे परमप्रभुमा आशा राख्ने सबै जना हो, शक्तिशाली होओ, अनि ढाड़स गर।
भजनसंग्रह 31:21-24 पवित्र बाइबल (NERV)
परमप्रभुको स्तुति होस्! जब सम्पूर्ण शहरलाई शत्रुहरूले घेरेका थिए, आफ्नो स्नेहपूर्ण करूणा अद्भूत प्रकारले मलाई देखाउनु भयो। म भयभीत थिएँ अनि मैले भने, “म यस्तो ठाउँमा छु, जहाँ परमेश्वरले मलाई देख्न सक्नु हुन्न। तर मैले तपाईंलाई प्रार्थना गरें, अनि तपाईंले मेरो प्रार्थना सहायताका लागि सुन्नु भयो।” हे परमेश्वरका भक्तजनहरू, तिमीहरूले परमप्रभुलाई प्रेम गर्नु पर्छ! परमप्रभुले तिनीहरूलाई रक्षा गर्नुहुन्छ जो उहाँप्रति विश्वासी छन्। तर परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुन्छ जसले आफ्नो बलको अहंकार गर्छन्। उहाँले तिनीहरूलाई दण्ड दिनुहुन्छ जो त्यसको लायक छन्। बलियो र साहसी होऊ, तिमीहरू सबै जो परमप्रभुको सहयोग पर्खिरहेका छौ।