भजनसंग्रह 31:19-20
भजनसंग्रह 31:19-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईंको भलाइ कति महान् छ, जो तपाईंको भय मान्नेहरूका निम्ति तपाईंले राख्नुभएको छ, जो तपाईंमा शरण पर्नेहरूलाई तपाईंले मानिसहरूका सामुन्ने दिनुभएको छ। तपाईंका उपस्थितिको सुरक्षित ठाउँमा तिनीहरूलाई मानिसका षड्यन्त्रबाट तपाईंले लुकाउनुहुन्छ। तपाईंले तिनीहरूलाई दोष लगाउने जिब्राहरूबाट आफ्नो वासस्थानमा सुरक्षित राख्नुहुन्छ।
भजनसंग्रह 31:19-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तपाईंका भलाइ कति प्रशस्त छन्, जसलाई तपाईंको भय मान्नेहरूका निम्ति तपाईंले भण्डार गर्नुभएको छ, तपाईंले सबै मानिसहरूका सामु तपाईंमा शरण पर्नेहरूलाई ती दिनुभएको छ। तपाईंको उपस्थितिको छहारीमा, तपाईंले तिनीहरूलाई मानिसहरूको षड्यन्त्रबाट लुकाउनुहुन्छ; तपाईंले तिनीहरूलाई दोष लगाउने जिब्राहरूबाट आफ्नो वासस्थानमा सुरक्षित राख्नुहुन्छ।
भजनसंग्रह 31:19-20 पवित्र बाइबल (NERV)
हे परमेश्वर! तपाईंले धेरै आश्चर्य-जनक कुराहरू आफ्ना भक्तजनहरूको निम्ति लुकाउनु भएको छ। तपाईंले असल कुराहरू प्रत्येक मानिसहरूलाई गर्नु हुन्छ जसले तपाईंलाई विश्वास गर्छन्। धर्मी मानिसहरूलाई कष्ट दिनलाई दुष्टहरू एक जुट हुन्छन्। ती दुष्टहरू लडाइँ गर्न तैयार हुन्छन्। तर तपाईंले ती मानिसहरूलाई लुकाउनु हुन्छ र तिनीहरूको रक्षा गर्नु हुन्छ। तपाईंले तिनीहरूलाई आफ्नो छत्रछाँयामा जोगाउनु हुन्छ।
भजनसंग्रह 31:19-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तपाईंलाई आदर गर्नेहरूका लागि जे असल कुरा तपाईंले तयार गर्नुहुन्छ, ती कति उदेकलाग्दा छन्! तपाईं कति भलो हुनुहुन्छ, तपाईंमा भरोसा गर्नेहरूलाई कति सुरक्षासाथ तपाईं बचाउनुहुन्छ, ती सबैले जान्दछन्। तपाईंको साथमा पाइने सुरक्षामा तिनीहरूलाई मानिसका जालदेखि कुशलसित लुकाउनुहुन्छ। शत्रुहरूको बदनामदेखि तपाईंले तिनीहरूलाई आश्रय दिएर कुशलसित लुकाउनुहुन्छ।