भजनसंग्रह 31:10-11
भजनसंग्रह 31:10-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरो जीवन वेदनामा, र मेरो उमेरचाहिँ सुस्केरामा बितेका छन्। मेरो क्लेशको कारणले मेरो बल घटेको छ, र मेरा हाड़हरू कमजोर भइसकेका छन्। मेरा सबै शत्रुहरूले गर्दा म मेरा छिमेकीहरूका निम्ति तुच्छ भएको छु। म मेरा मित्रहरूका लागि भयको कारण बनेको छु। मलाई बाटोघाटोमा देख्नेहरू मदेखि भाग्छन्।
भजनसंग्रह 31:10-11 पवित्र बाइबल (NERV)
मेरो जीवन उदासीनतामा समाप्त भइरहेछ। मेरो उमेर नैराश्यमा बितिरहेछ। मेरा सङ्कटहरूले मेरो शक्ति नाश गर्दै लाँदैछ। मेरो शक्तिले मलाई छोड्दै गइरहेछ। मेरा शत्रुहरूले मलाई हेला गर्छन्, अनि मेरा सम्पूर्ण छिमेकीहरूले पनि हेला गर्छन्। सबै मेरा आफन्तहरूले मलाई गल्लीमा देखेका छन्। तिनीहरू मसँग डराउँछन् जब गल्लीमा मलाई तिनीहरूले देख्छन्, तिनीहरू मलाई नदेखे झैं भान गर्छन्।
भजनसंग्रह 31:10-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अफसोसले मलाई थकाइ लागेको छ, रोएकाले मेरो आयु घटेको छ, मेरो कष्टले मलाई कमजोर पारेको छ, मेरा हड्डीहरू पनि कमजोर भएर जाँदैछन्। मेरा सबै शत्रुहरूले विशेषगरी मेरा छिमेकीहरूले मलाई घृणा गर्छन्, मलाई चिन्नेहरू मसँग डराउँछन् र मलाई बाटोमा देखेर तिनीहरू भाग्छन्।