भजनसंग्रह 31:1-24
भजनसंग्रह 31:1-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमप्रभु, मैले तपाईंमा शरण लिएको छु, मलाई कहिल्यै पनि शर्माउनु नपरोस्, तपाईंको धार्मिकतामा मेरो उद्धार गर्नुहोस्। मेरो पुकारा सुनिदिनुहोस्, मलाई झट्टै छुटाउनुहोस्। तपाईं मेरो निम्ति शरणको चट्टान हुनुहोस्, मलाई बचाउने एउटा बलियो गढ़ हुनुहोस्। मेरो चट्टान र गढ़ तपाईं नै हुनुहुन्छ, यसैकारण तपाईंकै नाउँको खातिर मलाई डोर्याउनुहोस्। मेरो निम्ति गुप्तमा थापिएको पासोबाट मलाई छुटाउनुहोस्, किनकि तपाईं नै मेरो आश्रय हुनुहुन्छ। तपाईंकै हातमा म मेरो आत्मा सुम्पन्छु। हे परमप्रभु, हे सत्यका परमेश्वर, मोल तिरेर मेरो उद्धार गर्नुहोस्। व्यर्थका मूर्तिहरूको पूजा गर्नेहरूलाई म घृणा गर्छु, म त परमप्रभुमा नै भरोसा गर्छु। तपाईंको कृपामा म आनन्द मनाउनेछु र खुशी हुनेछु, किनकि तपाईंले मेरो विपत्ति देख्नुभयो, र मेरो प्राणको वेदना तपाईंले जान्नुभयो। तपाईंले शत्रुको हातमा मलाई पर्न दिनुभएको छैन, तर तपाईंले मलाई फराकिलो ठाउँमा राख्नुभएको छ। ममाथि अनुग्रह गर्नुहोस्, हे परमप्रभु, किनकि म ठूलो सङ्कष्टमा परेको छु। शोकले गर्दा मेरा आँखा धमिला भएका छन्, मेरो प्राण र मेरो शरीर सुकिसकेका छन् मेरो जीवन वेदनामा, र मेरो उमेरचाहिँ सुस्केरामा बितेका छन्। मेरो क्लेशको कारणले मेरो बल घटेको छ, र मेरा हाड़हरू कमजोर भइसकेका छन्। मेरा सबै शत्रुहरूले गर्दा म मेरा छिमेकीहरूका निम्ति तुच्छ भएको छु। म मेरा मित्रहरूका लागि भयको कारण बनेको छु। मलाई बाटोघाटोमा देख्नेहरू मदेखि भाग्छन्। मरिसकेका मानिसझैँ मलाई सबैले भुलेका छन्, म त फुटेको भाँड़ाजस्तै भएको छु। किनकि धेरैले मेरो विरुद्धमा निन्दा गरेका मैले सुनेको छु, जताततै आतङ्क मात्र छ। तिनीहरू मिलेर मेरो विरुद्ध मिलेमतो गर्छन्, र मेरो प्राण लिनलाई तिनीहरू षड्यन्त्र रच्छन्। तर हे परमप्रभु, म त तपाईंमा नै भरोसा राख्छु, म भन्छु, “तपाईं नै मेरा परमेश्वर हुनुहुन्छ।” मेरा समय तपाईंकै हातमा छन्, मेरा शत्रुहरूका हातबाट र मलाई सताउनेहरूका हातबाट मलाई छुटाउनुहोस्। तपाईंको मुहार आफ्नो दासमाथि प्रज्वलित होस्, तपाईंको अचूक कृपामा मेरो उद्धार गर्नुहोस्। मैले शर्माउनु नपरोस्, हे परमप्रभु, किनकि मैले तपाईंमा पुकारा गरेको छु। तर दुष्टहरू शर्ममा परून्, र पातालमा जाऊन् र त्यहीँ चूपचाप रहून्। तिनीहरूका झूटा ओठहरू बन्द भइजाऊन्, किनकि तिनीहरू धर्मी जनका विरुद्धमा तिरस्कार र अहङ्कारसाथ बोल्छन्। तपाईंको भलाइ कति महान् छ, जो तपाईंको भय मान्नेहरूका निम्ति तपाईंले राख्नुभएको छ, जो तपाईंमा शरण पर्नेहरूलाई तपाईंले मानिसहरूका सामुन्ने दिनुभएको छ। तपाईंका उपस्थितिको सुरक्षित ठाउँमा तिनीहरूलाई मानिसका षड्यन्त्रबाट तपाईंले लुकाउनुहुन्छ। तपाईंले तिनीहरूलाई दोष लगाउने जिब्राहरूबाट आफ्नो वासस्थानमा सुरक्षित राख्नुहुन्छ। परमप्रभुको स्तुति होस्, किनकि म शत्रुहरूको घेरामा परेको सहरभित्र हुँदा उहाँले आफ्नो उदेकको कृपा ममाथि देखाउनुभयो। आत्तिएको बेलामा मैले भनें, “तपाईंको दृष्टिबाट म टाढ़ा भएको छु।” तर तपाईंलाई गुहारको निम्ति पुकारा गर्दा, तपाईंले कृपाको निम्ति मेरो पुकारा सुनिदिनुभयो। हे उहाँका सबै पवित्र जन हो, परमप्रभुलाई प्रेम गर! विश्वास गर्नेहरूलाई परमप्रभुले रक्षा गर्नुहुन्छ, तर अहङ्कारीहरूलाई चाहिँ उहाँले पूरा दण्ड दिनुहुन्छ। हे परमप्रभुमा आशा राख्ने सबै जना हो, शक्तिशाली होओ, अनि ढाड़स गर।

भजनसंग्रह 31:1-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे याहवेह, मैले तपाईंमा शरण लिएको छु; मलाई कहिल्यै पनि शर्ममा पर्न नदिनुहोस्। तपाईंको धार्मिकतामा मलाई छुटाउनुहोस्। मेरो पुकार सुन्न आफ्नो कान मतिर फर्काउनुहोस्; मेरो उद्धार गर्नलाई चाँडो आउनुहोस्; तपाईं मेरो शरण लिने चट्टान हुनुहोस्, मलाई बचाउने बलियो किल्ला तपाईं नै हुनुहोस्। तपाईं मेरो चट्टान र मेरो किल्ला हुनुभएकोले, तपाईंको नामको खातिर मलाई अगुवाइ गर्नुहोस् र डोर्याउनुहोस्। मेरो निम्ति गुप्तमा थापिएको पासोबाट मलाई छुटाउनुहोस्; किनकि तपाईं नै मेरो शरणस्थान हुनुहुन्छ। तपाईंकै हातमा मेरो आत्मा सुम्पन्छु; हे याहवेह, हे मेरा विश्वासयोग्य परमेश्वर, मेरो उद्धार गर्नुहोस्। व्यर्थका मूर्तिहरूमा मन लगाउनेहरूलाई म घृणा गर्दछु; तर मचाहिँ याहवेहमा नै भरोसा राख्दछु। म तपाईंको अचुक प्रेममा आनन्दित र हर्षित हुनेछु, किनकि तपाईंले मेरो पीडा देख्नुभयो, र मेरो प्राणको व्यथालाई जान्नुभएको छ। तपाईंले मलाई शत्रुका हातमा पर्न दिनुभएको छैन; तर तपाईंले मेरा पाउलाई फराकिलो ठाउँमा खडा गर्नुभएको छ। हे याहवेह, ममाथि कृपालु हुनुहोस्; किनकि म सङ्कष्टमा परेको छु; शोकले गर्दा मेरा आँखा कमजोर भएका छन्, अनि मेरो प्राण र मेरो शरीर शोकमा छन्। मेरो जीवन वेदनामा जलेको छ, र मेरो आयुचाहिँ सुस्केरामा बितेका छन्; मेरो अधर्मको कारणले मेरो बल घटेको छ, र मेरा हाडहरू कमजोर भइसकेका छन्। मेरा सारा शत्रुहरूका कारणले गर्दा, म मेरा छिमेकीहरूका निम्ति घृणाको पात्र बनेको छु, मेरा सबै हितैषी मित्रहरूका निम्ति म एक डरको कारण भएको छु, मलाई बाटोमा देख्नेहरू, मबाट टाढा भाग्दछन्। मरिसकेको मानिसलाई झैँ मलाई तिनीहरूले बिर्सेका छन्; म एक फुटेको भाँडाझैँ भएको छु। किनकि धेरैले मेरो विरुद्धमा कानेखुसी गरेको मैले सुनेको छु, “चारैपट्टि मेरो निम्ति खतरा मात्र छ।” तिनीहरूले मेरो विरुद्धमा जाल बनाउँदछन्, र मेरो प्राण लिनलाई तिनीहरू षड्यन्त्र रच्दछन्। तर हे याहवेह, म तपाईंमा नै भरोसा राख्छु; म भन्छु, “तपाईं नै मेरो परमेश्वर हुनुहुन्छ।” मेरा समयहरू तपाईंकै हातमा छन्; मलाई खेदो गर्ने, मेरा शत्रुहरूका हातबाट मलाई छुटाउनुहोस्! तपाईंको मुहार आफ्नो सेवकमाथि चम्काउनुहोस्; तपाईंको अचुक प्रेममा मलाई बचाउनुहोस्! हे याहवेह, मैले शर्माउन नपरोस्, किनकि मैले तपाईंलाई पुकारेको छु; तर दुष्टहरू शर्ममा परून्, र तिनीहरू पातालमा चुपचाप रहून्। तिनीहरूका झूटो बोल्ने ओठहरू चुप होऊन्, किनकि घमण्ड र अवहेलनासाथ, तिनीहरू धर्मीहरूका विरुद्धमा अहङ्कारी भई बोल्छन्। तपाईंका भलाइ कति प्रशस्त छन्, जसलाई तपाईंको भय मान्नेहरूका निम्ति तपाईंले भण्डार गर्नुभएको छ, तपाईंले सबै मानिसहरूका सामु तपाईंमा शरण पर्नेहरूलाई ती दिनुभएको छ। तपाईंको उपस्थितिको छहारीमा, तपाईंले तिनीहरूलाई मानिसहरूको षड्यन्त्रबाट लुकाउनुहुन्छ; तपाईंले तिनीहरूलाई दोष लगाउने जिब्राहरूबाट आफ्नो वासस्थानमा सुरक्षित राख्नुहुन्छ। याहवेहको प्रशंसा होस्; किनकि म शत्रुहरूको घेरामा परेको सहरभित्र हुँदा, उहाँले आफ्नो अद्भुत प्रेम ममाथि देखाउनुभयो। म आत्तिएको बेलामा मैले भनेँ, “तपाईंको दृष्टिबाट हराएको छु।” तर जब मैले तपाईंलाई गुहारको निम्ति पुकारेँ, तब तपाईंले मेरो दयाको पुकार सुनिदिनुभयो। हे सबै विश्वासयोग्यहरू हो, याहवेहलाई प्रेम गर। याहवेहले आफ्ना विश्वासयोग्यहरूलाई रक्षा गर्नुहुन्छ। तर अहङ्कारीहरूलाई चाहिँ उहाँले पूरा दण्ड दिनुहुन्छ। हे सबै याहवेहमा आशा राख्नेहरू हो, बलियो र साहसिलो होओ।
भजनसंग्रह 31:1-24 पवित्र बाइबल (NERV)
हे परमप्रभु, म तपाईंमाथि आश्रित हुन्छु मलाई निराश नपार्नुहोस्। मप्रति कृपालु हुनुहोस् र मेरो रक्षा गर्नुहोस्। हे परमेश्वर, मप्रति ध्यान दिनुहोस्। चाँडै आउँनु होस् अनि मलाई बचाउनु होस्। मेरो चट्टान हुनुहोस्। मेरो सुरक्षाको ठाउँ भइदिनु होस्। मेरो किल्ला बनिनुहोस् मेरो रक्षा गर्नुहोस्। हे परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ अनि तपाईं मेरो किल्ला हुनुहुन्छ। यसर्थ, तपाईंको सुरक्षाको निम्ति मेरो अगुवाइ गर्नुहोस् र मलाई निर्देशन गर्नुहोस्। मेरा शत्रुहरूले मेरै समक्ष पासो थापे। मलाई तिनीहरूको पासोबाट बचाउँनु होस्। तपाईं मेरो सुरक्षाको स्थान हुनुहुन्छ। हे परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्छ, जसमाथि हामी भरोसा गर्न सक्छौं। मैले आफ्नो जीवन तपाईंको हातमा राखिदिएँ, मलाई बचाउनु होस्! म ती झूटा देवताहरू मान्नेहरूलाई घृणा गर्छु। म परमप्रभुमा मात्र भरोसा गर्छु। हे परमेश्वर, तपाईंको विश्वासपूर्ण प्रेमको आनन्दमा म खुशी हुनेछु अनि नाँच्नेछु। तपाईंले मेरो पीरहरू देख्नु भएको छ। मलाई भएका दुःख कष्टहरू तपाईं जान्नुहुन्छ। तपाईंले मेरा शत्रुहरूलाई मलाई लिएर जानु दिनु भएन। तपाईंले तिनीहरूको पासोबाट मलाई बचाउँनु भयो। हे परमप्रभु, मसँग कैयौं दुःख-कष्टहरू छन्, यसैले मप्रति कृपा-दृष्टि राख्नुहोस्। यसैले म यति साह्रो उदास छु मेरा आँखाहरू बिझाउँदैछन्। मेरो घोक्रो र भूँडीहरू दुखिरहेकोछ। मेरो जीवन उदासीनतामा समाप्त भइरहेछ। मेरो उमेर नैराश्यमा बितिरहेछ। मेरा सङ्कटहरूले मेरो शक्ति नाश गर्दै लाँदैछ। मेरो शक्तिले मलाई छोड्दै गइरहेछ। मेरा शत्रुहरूले मलाई हेला गर्छन्, अनि मेरा सम्पूर्ण छिमेकीहरूले पनि हेला गर्छन्। सबै मेरा आफन्तहरूले मलाई गल्लीमा देखेका छन्। तिनीहरू मसँग डराउँछन् जब गल्लीमा मलाई तिनीहरूले देख्छन्, तिनीहरू मलाई नदेखे झैं भान गर्छन्। मानिसहरूले आफ्नो हराएको औजार जस्तै पूर्ण प्रकारले मलाई बिर्सेकाछन्। मेरो विषयमा मानिसहरूले भनेका डरलाग्दा कुराहरू म सुन्छु। तिनीहरू मेरा विरोधीहरू भए, तिनीहरूले मलाई मार्ने योजना गरे। तर हे परमप्रभु, म तपाईंमाथि भरोसा गर्छु। तपाईं नै मेरो परमेश्वर हुनुहुन्छ। मेरो जीवन तपाईंको हातमा छ, मलाई मेरो शत्रुहरूदेखि बचाउनुहोस्। कतिपय मानिसहरूले मलाई खेदिरहेका छन्। मलाई तिनीहरूबाट बचाउनुहोस्। कृपया स्वागत जनाएर तपाईंको दासलाई ग्रहण गर्नुहोस्। ममाथि कृपादृष्टि परोस् र मलाई बचाउनु होस्! हे परमप्रभु, मैले तपाईंलाई प्रार्थना गरें। यसर्थ म असन्तुष्ट हुँदिन। दुष्ट मानिसहरू असन्तुष्ट हुनेछन्। तिनीहरू निस्तब्ध चिहानभित्र जानेछन्। ती दुष्टहरू अंहकार गर्छन् अनि राम्रा मानिसहरूको विषयमा झूटा कुरा गर्छन्। ती दुष्टहरू घमण्डी छन्, तिनीहरूको झूटो बोल्ने ओंठहरू मौन हुनेछन्। हे परमेश्वर! तपाईंले धेरै आश्चर्य-जनक कुराहरू आफ्ना भक्तजनहरूको निम्ति लुकाउनु भएको छ। तपाईंले असल कुराहरू प्रत्येक मानिसहरूलाई गर्नु हुन्छ जसले तपाईंलाई विश्वास गर्छन्। धर्मी मानिसहरूलाई कष्ट दिनलाई दुष्टहरू एक जुट हुन्छन्। ती दुष्टहरू लडाइँ गर्न तैयार हुन्छन्। तर तपाईंले ती मानिसहरूलाई लुकाउनु हुन्छ र तिनीहरूको रक्षा गर्नु हुन्छ। तपाईंले तिनीहरूलाई आफ्नो छत्रछाँयामा जोगाउनु हुन्छ। परमप्रभुको स्तुति होस्! जब सम्पूर्ण शहरलाई शत्रुहरूले घेरेका थिए, आफ्नो स्नेहपूर्ण करूणा अद्भूत प्रकारले मलाई देखाउनु भयो। म भयभीत थिएँ अनि मैले भने, “म यस्तो ठाउँमा छु, जहाँ परमेश्वरले मलाई देख्न सक्नु हुन्न। तर मैले तपाईंलाई प्रार्थना गरें, अनि तपाईंले मेरो प्रार्थना सहायताका लागि सुन्नु भयो।” हे परमेश्वरका भक्तजनहरू, तिमीहरूले परमप्रभुलाई प्रेम गर्नु पर्छ! परमप्रभुले तिनीहरूलाई रक्षा गर्नुहुन्छ जो उहाँप्रति विश्वासी छन्। तर परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुन्छ जसले आफ्नो बलको अहंकार गर्छन्। उहाँले तिनीहरूलाई दण्ड दिनुहुन्छ जो त्यसको लायक छन्। बलियो र साहसी होऊ, तिमीहरू सबै जो परमप्रभुको सहयोग पर्खिरहेका छौ।
भजनसंग्रह 31:1-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे परमप्रभु! म सुरक्षाको निम्ति तपाईंको शरण पर्दछु, मेरो हार कहिल्यै हुन नदिनुहोस्! तपाईं धर्मी परमेश्वर हुनुहुन्छ, म प्रार्थना गर्दछु, मलाई बचाउनुहोस्! मेरो बिन्ती सुन्नुहोस्! अहिले मलाई बचाउनुहोस्! मेरो शरणस्थान भई मेरो रक्षा गर्नुहोस्। मेरो ढाल बनेर मलाई बचाउनुहोस्। तपाईं मेरो शरणस्थान र ढाल हुनुहुन्छ, आफ्नो प्रतिज्ञाअनुसार मेरो अगुवाइ गर्नुहोस् र मलाई डोर्याउनुहोस्। मेरो लागि थापेको पासोदेखि मलाई जोगाउनुहोस्, विपत्तिदेखि मलाई आश्रय दिनुहोस्। म आफूलाई तपाईंको हातमा सुम्पिदिँदछु। परमप्रभु! तपाईंले मलाई बचाउनुहुनेछ। तपाईं विश्वासयोग्य परमेश्वर हुनुहुन्छ। झूटा देवताहरू मान्नेलाई तपाईंले घृणा गर्नुहुन्छ, तर म तपाईंमा भरोसा गर्दछु। तपाईंको अटुट प्रेमले गर्दा म खुसी हुनेछु र रमाउनेछु। तपाईंले मेरा कष्ट र पीडा जान्नुहुन्छ। तपाईंले मलाई मेरा शत्रुहरूका कब्जामा पर्न दिनुभएको छैन, जहाँ इच्छा हुन्छ, त्यहाँ जानलाई तपाईंले मलाई खुल्ला छोडिदिनुभएको छ। हे परमप्रभु! ममाथि दया गर्नुहोस्, किनभने म कष्टमा परेको छु। रुँदा-रुँदा मेरा आँखा थाकेका छन् र म पूरा हैरान भएको छु। अफसोसले मलाई थकाइ लागेको छ, रोएकाले मेरो आयु घटेको छ, मेरो कष्टले मलाई कमजोर पारेको छ, मेरा हड्डीहरू पनि कमजोर भएर जाँदैछन्। मेरा सबै शत्रुहरूले विशेषगरी मेरा छिमेकीहरूले मलाई घृणा गर्छन्, मलाई चिन्नेहरू मसँग डराउँछन् र मलाई बाटोमा देखेर तिनीहरू भाग्छन्। सबैले मलाई भुलिसके, मानिलिऊँ कि म मरेको छु, फ्याँकिदिएको वस्तुजस्तो मेरो हाल भएको छ। धेरै शत्रुहरूले कानेखुसी गरेको म सुन्दछु, डरले मलाई चारैपट्टि घेरेको छ। मलाई मार्ने जाल गरेर तिनीहरूले मेरो विरुद्ध युक्ति गर्दै छन्। तर हे परमप्रभु, मेरो भरोसा तपाईंमा छ, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। म सधैँ तपाईंको हेरचाहमा छु, मेरा शत्रुहरूदेखि र मलाई सताउनेहरूबाट मलाई बचाउनुहोस्। दयासाथ आफ्नो दासलाई हेर्नुहोस्, आफ्नो अटुट प्रेममा मलाई बचाउनुहोस्। परमप्रभु, म तपाईंलाई पुकार्दछु; मेरो अपमान हुन नदिनुहोस्। दुष्टहरूको अपमान होस्, चुपचाप तिनीहरू मृत्यु-लोकमा जाऊन्। ती झूटा बोल्नेहरू, सबै घमण्डी र अहङ्कारीहरू, ज-जसले धर्मीहरूको विरुद्धमा घृणा गरेर बोल्छन्– तिनीहरूलाई चुप पार्नुहोस्। तपाईंलाई आदर गर्नेहरूका लागि जे असल कुरा तपाईंले तयार गर्नुहुन्छ, ती कति उदेकलाग्दा छन्! तपाईं कति भलो हुनुहुन्छ, तपाईंमा भरोसा गर्नेहरूलाई कति सुरक्षासाथ तपाईं बचाउनुहुन्छ, ती सबैले जान्दछन्। तपाईंको साथमा पाइने सुरक्षामा तिनीहरूलाई मानिसका जालदेखि कुशलसित लुकाउनुहुन्छ। शत्रुहरूको बदनामदेखि तपाईंले तिनीहरूलाई आश्रय दिएर कुशलसित लुकाउनुहुन्छ। परमप्रभुको प्रशंसा गर! मलाई घेरेर शत्रुहरूको आक्रमण गरेको बेलामा उहाँले कस्तो अचम्म किसिमले मलाई आफ्नो प्रेम देखाउनुभयो! म डराएँ, उहाँले मलाई आफ्नो नजिकबाट धपाउनुभएछ भन्ठानें, तर मैले मद्दतको लागि उहाँलाई पुकार्दा उहाँले मेरो पुकार सुन्नुभयो। उहाँका विश्वासयोग्य जनहरू हो, तिमीहरूले परमप्रभुलाई प्रेम गर, परमप्रभुले विश्वासीहरूलाई रक्षा गर्नुहुनेछ, तर घमण्डीहरूलाई तिनीहरूले पाउनुपर्ने दण्ड दिनुहुन्छ। परमप्रभुमा आशा गर्नेहरू सबै, तिमीहरू बलियो र साहसी होओ।