भजनसंग्रह 27:3-6
भजनसंग्रह 27:3-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनि मेरो हृदय डराउनेछैन। मेरो विरुद्धमा लड़ाइँ चले पनि त्यस बेला म पूरा आत्मविश्वास राख्नेछु। एउटै कुरा म परमप्रभुसँग माग्दछु, मैले खोजेको यही हो, कि जीवनभरि म परमप्रभुको भवनमा रहन पाऊँ, र उहाँको सुन्दरतालाई हेरिरहन पाऊँ, र उहाँको मन्दिरमा उहाँलाई खोज्न सकूँ। किनकि सङ्कष्टको दिनमा उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ, आफ्नो पवित्र वासस्थानमा उहाँले मलाई लुकाइदिनुहुनेछ, अनि एउटा चट्टानमाथि उच्च राख्नुहुनेछ। तब मेरो वरिपरिका शत्रुहरूमाथि मेरो शिर उच्च पारिनेछ, र उहाँको पवित्र वासस्थानमा हर्षले कराउँदै म बलिदान चढ़ाउनेछु, म भजन गाउनेछु, र परमप्रभुको प्रशंसा गर्नेछु।
भजनसंग्रह 27:3-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनि मेरो हृदय डराउनेछैनँ; मेरो विरुद्धमा लडाइँ चले तापनि त्यस बेलामा पनि म पूरा निर्धक्क रहनेछु। याहवेहसँग म एउटै कुरा माग्दछु, म त्यसैको मात्र खोजी गर्दछु: कि म आजीवन याहवेहको भवनमा रहन पाऊँ, उहाँको सुन्दरता हेर्न पाऊँ, र याहवेहको भवनमा उहाँलाई खोजी गर्न पाऊँ। किनकि सङ्कष्टका दिनमा उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ; उहाँले आफ्नो पवित्र वासस्थानको छहारीमा मलाई लुकाउनुहुनेछ; र एउटा चट्टानमाथि उच्च राख्नुहुनेछ। तब मेरो वरिपरिका शत्रुहरूमाथि मेरो शिर उच्च पारिनेछ; उहाँको पवित्र वासस्थानमा म आनन्दको सोर सुनाउँदै बलिदान चढाउनेछु; म भजन गाउनेछु, र याहवेहलाई प्रशंसा गर्नेछु।
भजनसंग्रह 27:3-6 पवित्र बाइबल (NERV)
तर मेरा शत्रुहरू ठक्कर खानेछन् अनि पतित हुनेछन्। तथापि सिपाहीहरू मेरो वरिपरि छन्, म डराउने छैन। यदि मानिसहरूले युद्धमा आक्रमण गरे तापनि म डराउने छैन। किनभने म परमप्रभुमाथि भरोसा गर्दछु। परमप्रभुबाट म एउटै मात्र कुरा जान्न चाहन्छुः “जीवनभर म उहाँको मन्दिरमा बस्न सकूँ, परमपरभुले दिने खुशी अनुभव गर्नुसकूँ अनि मन्दिरमा परिदर्शन गर्न सकुँ।” परमप्रभुले मलाई बचाउँनु हुन्छ। जब म सङ्कटमा पर्छु उहाँले मलाई आफ्नो वासस्थानमा लुकाउनुहुन्छ। उहाँले मलाई आफ्नो सुरक्षाको ठाउँमा लानुहुन्छ। मेरा शत्रुहरूले मलाई घेरेका छन्। तर तिनीहरूलाई परास्त गर्न मलाई परमप्रभुले सहयोग गर्नु हुनेछ। त्यसपछि म उहाँको पालमा बलि चढाउने छु। म आनन्दको जयकार सहित बलिदान गर्नेछु, म परमप्रभुको सम्मानमा भजन गाउनेछु।
भजनसंग्रह 27:3-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सारा सेनाले मलाई घेरे पनि म डराउनेछैनँ; शत्रुहरूले ममाथि हमला गरे पनि म परमेश्वरमा भरोसा गरिरहनेछु। मैले परमप्रभुसित एउटा कुरा मागेको छु, एउटै कुरा मात्र म चाहन्छु कि जीवनभरि म परमप्रभुको घरमा बस्न पाऊँ र त्यहाँ उहाँको भलाइको सुन्दरतामा मग्न रहन पाऊँ र उहाँको अगुवाइको लागि बिन्ती गर्न पाऊँ। उहाँले मलाई कष्टको बेलामा आश्रय दिनुहुनेछ, उहाँले मलाई आफ्नो मन्दिरमा कुशल राख्नुहुनेछ र अग्लो चट्टानमाथि मलाई सुरक्षित राख्नुहुनेछ। यसैले म आफ्ना चारैपट्टिका शत्रुहरूलाई जित्नेछु, आनन्दको सोरले म उहाँको मन्दिरमा बलि चढाउनेछु, म गाउनेछु, म परमप्रभुको प्रशंसा गर्नेछु।