भजनसंग्रह 23:1-6
भजनसंग्रह 23:1-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ, र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ। उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। मृत्युको अन्धकारमय घाटी भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्छ। तपाईंको लट्ठी र तपाईंको लहुरोले मलाई सान्त्वना दिन्छन्। मेरा शत्रुहरूका सामुन्ने तपाईंले मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईंले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ, मेरो कचौरो भरिएर पोखिन्छ। निश्चय नै तपाईंको भलाइ र करुणा मेरो जीवनभरि मपछि लाग्नेछ, र परमप्रभुको घरमा म सदासर्वदै वास गर्नेछु।
भजनसंग्रह 23:1-6 पवित्र बाइबल (NERV)
परमप्रभु मेरो गोठाला हुनुहुन्छ। मलाई खाँचो परेका सबै थोकहरू पाउनेछु। उहाँले मलाई हरियो घाँसको चौरमा सुताउनुहुन्छ। उहाँले मलाई शान्त तलाउतिर लानु हुन्छ। उहाँले आफ्नै नाउँको लागि मेरो आत्मामा नयाँ शक्ति दिनुहुन्छ। उहाँ साँच्चै नै असल हुनुहुन्छ भन्ने देखाउनलाई उहाँले मलाई धार्मिकताको बाटोतर्फ डोराउनु हुन्छ। यदि म चिहानभन्दा पनि अन्धकार-खाडी भएर हिंडे पनि, डरले रातभरी तर्सने छैन, किनभने हे परमप्रभु, तपाईं मसँग हुनुहुन्छ। तपाईंको लाठ्ठी र लौरोले मलाई सान्तवना दिंदछ। हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूका समक्ष मेरो निम्ति भोजन तयार पारिदिनु भयो, अनि तपाईंले मेरो शिरलाई तेलले अभिषेक गर्नु भयो। मेरो कचौरा चुलिन्छ र पोखिएर बगिरहनेछ। मेरो जीवनको अन्त सम्म करूणा र भलाई मसँगै रहने छ, अनि म परमप्रभुको मन्दिरमा सधैँको निम्ति बस्नेछु।
भजनसंग्रह 23:1-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई चाहिएका सबै थोक म पाउँछु। उहाँले मलाई हरियो घाँसको चउरमा लेटाउनुहुन्छ र ताजा पानीले भरेको शान्त पोखरीमा उहाँले मलाई लैजानुहुन्छ। उहाँले मलाई नयाँ बल दिनुहुन्छ, आफ्नो प्रतिज्ञाअनुसार उहाँले मलाई ठीक बाटोमा डोर्याउनुहुन्छ। घोर अन्धकारका बीचबाट भएर जानुपरे पनि हे परमप्रभु! म डराउनेछैनँ किनभने तपाईं मेरो साथ हुनुहुन्छ, तपाईंको गोठालाका छडी र लाठोले मेरो रक्षा गर्छन्। मेरा शत्रुहरूले देख्ने गरी तपाईंले मेरो निम्ति भोज तयार पार्नुहुन्छ मलाई आदरणीय पाहुनालाई झैँ स्वागत गर्नुहुन्छ र मेरो कचौरा पोखिञ्जेल भरिदिनुहुन्छ। म जान्दछु कि तपाईंका भलाइ र प्रेम मसँग जीवनभरि रहनेछन् र म बाँचुञ्जेल सदासर्वदा तपाईंको घर मेरो घर हुनेछ।