भजनसंग्रह 22:3-5
भजनसंग्रह 22:3-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तापनि तपाईं परमपवित्र, सिंहासनमा विराजमान हुनुहुन्छ, तपाईं इस्राएलका प्रशंसा हुनुहुन्छ। हाम्रा पुर्खाले तपाईंमा नै भरोसा राखेका थिए, तिनीहरूले भरोसा राखे, र तपाईंले तिनीहरूलाई छुटकारा दिनुभयो। तपाईंमा तिनीहरूले पुकार गरे, र बाँचे। तिनीहरूले तपाईंमा भरोसा राखे, र निराश भएनन्।
भजनसंग्रह 22:3-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तरै पनि तपाईं पवित्र परमेश्वर, सिंहासनमा विराजमान हुनुहुन्छ; इस्राएलले प्रशंसा गर्ने तपाईं मात्र हुनुहुन्छ। हाम्रा पितापुर्खाले तपाईंमा नै भरोसा राखेका थिए; तिनीहरूले भरोसा राखे, र तपाईंले तिनीहरूलाई छुटकारा गर्नुभयो। तिनीहरूले तपाईंलाई पुकारे, र तपाईंले बचाउनुभयो; तिनीहरूले तपाईंमाथि भरोसा गरे, र शर्ममा परेनन्।
भजनसंग्रह 22:3-5 पवित्र बाइबल (NERV)
हे परमेश्वर तपाईं मात्र पवित्र हुनुहुन्छ तपाईं राजा जस्तो बस्नुहुन्छ। इस्राएल का प्रशंसाहरू तपाईंको सिंहासन हो। हाम्रा पिता-पुर्खाहरूले तपाईंमाथि भरोसा गरे हो तिनीहरूले तपाईंमाथि भरोसा गरे, अनि तपाईंले तिनीहरूलाई बचाउनु भयो। हे परमेश्वर, हाम्रा पिता-पुर्खाहरूले तपाईंलाई गुहार मागे अनि तिनीहरू आफ्ना शत्रुहरूबाट जोगिए। तिनीहरूले तपाईंमाथि भरोसा राखे अनि तिनीहरू निराश भएनन्!
भजनसंग्रह 22:3-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर तपाईं परमपवित्र भएर सिंहासनमा विराजमान हुनुहुन्छ, इस्राएलले तपाईंको प्रशंसा गर्दछ। हाम्रा पुर्खाहरूले तपाईंमा भरोसा गरे, तिनीहरू तपाईंमा भर परे र तपाईंले तिनीहरूलाई बचाउनुभयो। तिनीहरूले तपाईंलाई पुकारे र खतरादेखि बाँचे, तिनीहरूले तपाईंलाई भरोसा गरे र निराश हुनुपरेन।