भजनसंग्रह 22:1-3
भजनसंग्रह 22:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ? मलाई बचाउनबाट तपाईं किन यति टाढ़ा हुनुहुन्छ? अनि मेरो करुण-क्रन्दनका शब्दहरूबाट त्यति टाढ़ा? हे मेरा परमेश्वर, दिनको समयमा म पुकार्छु, तर तपाईं उत्तर दिनुहुन्न। राती पनि म शान्त बन्दिनँ। तापनि तपाईं परमपवित्र, सिंहासनमा विराजमान हुनुहुन्छ, तपाईं इस्राएलका प्रशंसा हुनुहुन्छ।
भजनसंग्रह 22:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ? मलाई बचाउनको लागि तपाईं किन धेरै टाढा हुनुहुन्छ? मेरा गुहारका शब्दहरूबाट तपाईं किन यति धेरै टाढा हुनुहुन्छ? हे मेरा परमेश्वर, म दिनमा पुकार्छु, तर तपाईंले जवाफ दिनुहुन्न; रातमा पनि मलाई विश्राम छैन। तरै पनि तपाईं पवित्र परमेश्वर, सिंहासनमा विराजमान हुनुहुन्छ; इस्राएलले प्रशंसा गर्ने तपाईं मात्र हुनुहुन्छ।
भजनसंग्रह 22:1-3 पवित्र बाइबल (NERV)
हे मेरो परमेश्वर, हे मेरो परमेश्वर! किन मलाई छाडनुभयो? मलाई बचाउँन तपाईं किन यति टाढा हुनुहुन्छ! तपाईं मेरो विलौना, गुहार सुन्नलाई कति टाढा हुनुहुन्छ! हे मेरो परमेश्वर, मैले तपाईंलाई दिउँसो बोलाएँ, अनि मैले निरन्तर तपाईंलाई रातभरि बोलाएँ, तर तपाईंले मलाई उत्तर दिनु भएन। हे परमेश्वर तपाईं मात्र पवित्र हुनुहुन्छ तपाईं राजा जस्तो बस्नुहुन्छ। इस्राएल का प्रशंसाहरू तपाईंको सिंहासन हो।
भजनसंग्रह 22:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे मेरा परमेश्वर! हे मेरा परमेश्वर! तपाईंले मलाई किन त्याग्नुभयो? मैले सहायताको लागि धेरै पुकारा गरेको छु, तर अझै पनि सहायता पाएको छैन। हे मेरा परमेश्वर! दिउँसो म तपाईंलाई पुकार्दछु तर तपाईंले उत्तर दिनुहुन्न, म राती पुकार्छु तर केही विश्राम पाउँदिनँ। तर तपाईं परमपवित्र भएर सिंहासनमा विराजमान हुनुहुन्छ, इस्राएलले तपाईंको प्रशंसा गर्दछ।