भजनसंग्रह 2:10-12
भजनसंग्रह 2:10-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण हे राजा हो, बुद्धिमान् होओ, पृथ्वीका शासक हो, सावधान! भय मानेर परमप्रभुको सेवा गर, र कम्पनसाथ आनन्द मनाओ। पुत्रलाई चुम्बन गर, नत्रता उहाँ रिसाउनुहुनेछ, र तिमीहरू बाटैमा नष्ट हुनेछौ, किनभने उहाँको कोप चाँड़ै दन्कन्छ। ती सबै धन्य हुन्, जो उहाँको शरण पर्दछन्।
भजनसंग्रह 2:10-12 पवित्र बाइबल (NERV)
यसैकारण, राजा र शासकहरू बुद्धिमान होउन् र तिम्रा सम्पूर्ण शासकहरूले यो पाठ सिकुन्। यसकारण एकदम डराएर परमप्रभुको आज्ञा पालन गर। तिमीहरूले परमप्रभुको पुत्रको भक्त हुँ भन्ने देखाऊ। यदि तिमीहरूले त्यसो गरेनौ भने उहाँ क्रोधित हुनुहुनेछ, र तिमीहरू सबैलाई ध्वंश पार्नु हुनेछ। जसले परमप्रभुमाथि विश्वास गर्छन् उनीहरू सुखी हुन्छन्। तर अन्य मानिसहरू होशियार हुनु पर्नेछ। परमप्रभु आफ्नो क्रोध देखाउन तयार हुनुहुन्छ।
भजनसंग्रह 2:10-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
राजाहरू हो! यो चेतावनी सुन; संसारका शासक हो! यो पाठ सिक। डरसँग परमप्रभुको सेवा गर; काम्दै उहाँलाई दण्डवत् गर। होइन भने उहाँको रिस छिटो जाग्नेछ र तिमीहरू अचानक मर्नेछौ। आफ्नो सुरक्षाको लागि परमेश्वरकहाँ जानेहरू प्रसन्न रहन्छन्।