भजनसंग्रह 19:7-9
भजनसंग्रह 19:7-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुनर्जीवित गराउने। परमप्रभुका कानूनहरू विश्वसनीय छन्, निर्बोधलाई बुद्धिमान् तुल्याउने। परमप्रभुका नियमहरू ठीक छन्, हृदयलाई आनन्द गराउने। परमप्रभुका आज्ञाहरू उज्ज्वल छन्, आँखालाई प्रकाश दिने। परमप्रभुको भय स्वच्छ छ, अनन्तकालसम्मै स्थिर रहने। परमप्रभुका विधिहरू सच्चा छन्, ती सर्वथा धर्ममय छन्।
भजनसंग्रह 19:7-9 पवित्र बाइबल (NERV)
परमप्रभुका शिक्षाहरू अत्युत्तम छन्। तिनीहरूले परमेश्वरका भक्तजनहरूलाई शक्ति प्रदान गर्छन्। परमप्रभुको व्यवस्था विश्वास योग्यको छ। यसले मूर्ख मानिसहरूलाई ज्ञानी बनाउँछ। परमप्रभुका विधिहरू सही छन्। तिनीहरूले मानिसहरूलई खुशी पार्छन्। परमप्रभुका आदेशहरू निष्कपट छन्, तिनीहरूले जीवनमा उचित मार्ग देखाउँछन्। परमप्रभुको उपासना एउटा ज्योति जस्तै हो जसले अनन्त चम्किलो उज्यालो पार्छ। परमप्रभुको न्यायहरू उचित र निष्कपट छन्। तिनीहरू सम्पूर्ण ठीक छन्।
भजनसंग्रह 19:7-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुको व्यवस्था सिद्ध छ; त्यसले नयाँ बल दिन्छ। परमप्रभुका आज्ञाहरू विश्वासयोग्य छन्, त्यसले बुद्धि नभएकालाई बुद्धि दिन्छ। परमप्रभुका व्यवस्थाहरू ठीक छन् र जसले आज्ञाहरूलाई पालन गर्दछ त्यो प्रसन्न रहन्छ। परमप्रभुका आज्ञाहरू न्यायपूर्ण छन् र त्यसले मानिसको मनमा बुझ्ने समझ दिँदछ। परमप्रभुको भय मान्नु असल छ र सदाकालको निम्ति स्थिर रहनेछ। परमप्रभुका निसाफहरू न्यायपूर्ण छन् र सधैँ न्यायसङ्गत हुन्छन्।