भजनसंग्रह 19:1-3
भजनसंग्रह 19:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आकाशले परमेश्वरका महिमाको वर्णन गर्छ। र तारा-मण्डलले उहाँका हातको सीपको घोषणा गर्छ। हरेक दिन तिनीहरूले वार्तालाप गर्छन्, र हरेक रात तिनीहरूले ज्ञानको प्रदर्शन गर्छन्। कुनै बोली छैन, न भाषा छ, जहाँ तिनीहरूको सोर सुनिँदैन।
भजनसंग्रह 19:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आकाशले परमेश्वरको महिमाको वर्णन गर्दछ; अन्तरिक्ष मण्डलले उहाँका हातका कामहरू प्रकट गर्दछन्। हरेक दिनले अर्को दिनसँग परमेश्वरको महिमाको चर्चा गर्दछ; हरेक रातले अर्को रातलाई उहाँका ज्ञानको प्रदर्शन गर्दछ। तिनीहरू बोल्दैनन्, न त तिनीहरूको बोल्ने शब्दहरू नै छन्; तिनीहरूबाट कुनै सोर सुनिँदैन।
भजनसंग्रह 19:1-3 पवित्र बाइबल (NERV)
स्वर्गले परमेश्वरको महिमाको विषयमा बोल्छ। आकाश-मण्डलले उहाँका हातबाट बनिएका राम्रा-राम्रा कुराहरूका विषयमा भन्दछ। प्रत्येक नयाँ दिनले धेरै-धेरै सृष्टिको कथा वर्णन गर्छ। अनि प्रत्येक रातले परमेश्वरको धेरै-धेरै शक्ति प्रकट गर्छ। तिमीले साँच्चि नै केही वचन वा शब्दहरू सुन्न सक्तैनौ। उनीहरूले स्वर निकाल्दैनन् जो हामी सुन्न सक्छौं।
भजनसंग्रह 19:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
कति छर्लङ्गै आकाशले परमेश्वरको महिमा देखाउँछ! कति सरल प्रकारले त्यसले उहाँका काम देखाउँछ! हरेक नयाँ दिनले भोलि फेरि आउने दिनलाई जनाउँछ र हरेक रातले भोलि फेरि आउने रातलाई दोहोर्याई सुनाउँदछ। कुनै बोली वा भाषा छैन, केही आवाज सुनिंदैन