भजनसंग्रह 18:46-50
भजनसंग्रह 18:46-50 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह जीवित हुनुहुन्छ! मेरो चट्टानको स्तुति होस्! परमेश्वर, मेरा मुक्तिदाता, उच्च होऊन्! उहाँ मेरो परमेश्वर हुनुहुन्छ, जसले मेरो निम्ति बदला लिनुहुन्छ, जसले राष्ट्रहरूलाई मेरो वशमा पारिदिनुहुन्छ, जसले मलाई मेरा शत्रुहरूबाट बचाउनुहुन्छ। तपाईंले मलाई मेरा वैरीहरूभन्दा माथि उच्च पार्नुभएको छ; हिंसक मानिसहरूबाट मलाई उद्धार गर्नुभएको छ। यसैकारण हे याहवेह, राष्ट्रहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु; म तपाईंको नामको प्रशंसाको गीत गाउनेछु। उहाँले आफ्ना राजालाई महान् विजय दिनुहुन्छ; र उहाँका अभिषिक्त जनलाई आफ्नो अचुक प्रेम देखाउनुहुन्छ, दावीद र तिनका वंशहरूलाई सदासर्वदा।
भजनसंग्रह 18:46-50 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु जीवित हुनुहुन्छ! मेरो चट्टानको स्तुति-प्रशंसा होस्। मेरा उद्धारक परमेश्वर उच्च होऊन्। उहाँ परमेश्वर हुनुहुन्छ, जसले मेरो बदला लिनुहुन्छ, उहाँले नै मानिसहरूलाई मेरो वशमा पारिदिनुहुन्छ, उहाँले मलाई मेरा शत्रुहरूबाट छुटाउनुहुन्छ। मेरा शत्रुहरूमाथि तपाईंले मलाई उच्च पार्नुभयो, हिंसक मानिसहरूबाट तपाईंले मलाई छुटाउनुभयो। यसैकारण हे परमप्रभु, जातिहरूका बीचमा म तपाईंको प्रशंसा गर्नेछु, र तपाईंका नाउँको स्तुति गाउनेछु। उहाँले आफ्ना राजालाई महान् विजय दिनुहुन्छ, र उहाँका अभिषिक्त राजा दाऊद र तिनका वंशमाथि उहाँले सदासर्वदा आफ्नो अचूक करुणा देखाउनुहुन्छ।
भजनसंग्रह 18:46-50 पवित्र बाइबल (NERV)
परमप्रभु जीवित हुनुहुन्छ, म मेरो चट्टानलाई प्रशंसा गर्छु। किनभने उहाँ महान् हुनुहुन्छ! मेरो निम्ति परमप्रभुले मेरो शत्रुहरूलाई दण्ड दिनुभयो। उहाँले मानिसहरूलाई आफ्नो अधीनमा राख्नु भयो। हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूबाट मलाई बचाउनु भयो जो मेरो विरूद्ध उभिए, तिनीहरूलाई पराजित गर्न मलाई सहयोग गर्नुभयो। मलाई अत्याचारी मानिसहरूबाट जोगाउनु भयो। हे परमप्रभु, यही कारणले ती जातिहरूको बीचमा म तपाईंको स्तुति गर्छु। यही कारणले गर्दा म तपाईंको नाउँको गीत गाउँछु। परमप्रभुले आफ्ना राजालाई धेरै युद्धहरूमा सहयोग गर्नुहुन्छ! उहाँले आफ्नो स्नेहपूर्ण करूणा आफूले अभिषेक गर्नु भएको राजालाई देखाउनु हुन्छ। उहाँ दाऊद र उनका सन्तानहरूसित सघैंको लागि विश्वासयोग्य रहनुहुनेछ।
भजनसंग्रह 18:46-50 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु जीवित हुनुहुन्छ! मेरा रक्षकको प्रशंसा गर! मलाई बचाउनुहुने परमेश्वरको महान्ताको बारेमा सबैलाई भन। उहाँले मलाई मेरा शत्रुहरूमाथि विजय दिनुहुन्छ, उहाँले जाति-जातिलाई मेरा अधीनमा पार्नुहुन्छ, र मलाई मेरा शत्रुहरूबाट बचाउनुहुन्छ। हे परमप्रभु! तपाईंले मलाई मेरा शत्रुहरूमाथि विजय दिनुहुन्छ र हिँसा गर्ने मानिसबाट मेरो रक्षा गर्नुहुन्छ। यसैले म जातिहरूका बीचमा तपाईंको प्रशंसा गर्छु, म तपाईंको स्तुति गाउँछु। परमेश्वरले आफ्ना राजाहरूलाई ठूल्ठूला विजय दिनुहुन्छ, आफूले चुनेको मानिसलाई उहाँले अनन्त प्रेम गर्नुहुन्छ, उहाँले दाऊद र उसका सन्तानलाई सदासर्वदा प्रेम गर्नुहुन्छ।