भजनसंग्रह 18:2-6
भजनसंग्रह 18:2-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु मेरो चट्टान, मेरो किल्ला र मेरा उद्धारक हुनुहुन्छ। मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ, जसमा म शरण लिन्छु। उहाँ मेरो ढाल, र मेरा शक्तिशाली उद्धारक हुनुहुन्छ, मेरो गढ़। म परमप्रभुलाई पुकार्छु, जो प्रशंसाको योग्य हुनुहुन्छ, अनि म मेरा शत्रुहरूबाट बचाइनेछु। मृत्युका डोरीहरूले मलाई घेरे, विनाशको बाढ़ीले मलाई व्याकुल बनायो। पातालका डोरीहरूले मलाई बेह्रे, मृत्युको पासोले मेरो सामना गर्यो। मेरो आपत्मा मैले परमप्रभुलाई पुकार गरें, र मदतको निम्ति मेरा परमेश्वरलाई हपारें। आफ्नो मन्दिरबाट उहाँले मेरो सोर सुन्नुभयो, मेरो पुकार उहाँको सामु, उहाँका कानमा पुग्यो।
भजनसंग्रह 18:2-6 पवित्र बाइबल (NERV)
परमप्रभु मेरो चट्टान हुनुहुन्छ, मेरो किल्ला हुनुहुन्छ। मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ। मेरो परमेश्वर, मेरो चट्टान हुनुहुन्छ म उहाँकहाँ सुरक्षाको लागि दगुरेर जान्छु। परमेश्वर मेरो ढाल हुनुहुन्छ उहाँको शक्तिले मलाई बचाउँछ। परमप्रभु उच्च पर्वतहरूमा मेरो सुरक्षास्थान हुनुहुन्छ। मैले सहायताको लागि परमप्रभुलाई बोलाएँ, अनि म मेरो शत्रुहरूबाट बाँचे। तर तिनीहरूले खिल्ली उडाए। मेरा शत्रुहरूले मलाई मार्ने प्रयास गरिरहेका थिए! मृत्युको डोरीले मलाई चारैतिर घेरेको थियो। म बाढीमा फँसेको थिएँ जसले मलाई मृत्युको मुखतिर लगिरहेथ्यो। चिहानको डोरीले मलाई चारैतिर घेरि राखेको थियो, मृत्युको पासो मेरो सम्मुख थियो। म पासोमा फसें, मैले सहयोगको लागि परमप्रभुलाई बोलाएँ। हो, मैले परमेश्वरलाई बोलाएँ। परमेश्वर उहाँको मन्दिरमा हुनुहुन्थयो उहाँले मेरो स्वर सुन्नभयो। उहाँले मेरो विलापमा गोहारेको सुन्नुभयो।
भजनसंग्रह 18:2-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु मेरो रक्षक हुनुहुन्छ; उहाँ मेरो बलियो किल्ला हुनुहुन्छ। मेरा परमेश्वर मेरो रक्षक हुनुहुन्छ, उहाँको साथमा म सुरक्षित हुन्छु। ढालझैँ उहाँले मलाई रक्षा गर्नुहुन्छ, उहाँले मेरो रक्षा गरेर मलाई कुशल राख्नुहुन्छ। म परमप्रभुलाई पुकार्दछु र उहाँले मलाई मेरा शत्रुहरूदेखि बचाउनुहुन्छ। परमप्रभुको प्रशंसा गर! मृत्युको खतराले मलाई चारैपट्टि घेरेको थियो, नाशका छालहरू ममाथि उर्लेर आउँदथे। मृत्युको खतरा मेरो चारैपट्टि थियो, चिहानले मलाई पर्खिराखेको थियो। विपत्तिमा मैले परमप्रभुलाई पुकारें, मैले मेरा परमेश्वरलाई सहायताको निम्ति बोलाएँ। आफ्नो मन्दिरमा उहाँले मेरो सोर सुन्नुभयो, मेरो सहायताको पुकार उहाँले सुन्नुभयो।