भजनसंग्रह 147:12-14
भजनसंग्रह 147:12-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे यरूशलेम, परमप्रभुको स्तुति गा! हे सियोन, आफ्ना परमेश्वरको प्रशंसा गर्! किनकि उहाँले तेरा सहरका ढोकाहरू सुदृढ़ पारिदिनुहुन्छ, अनि तँभित्र वास गर्ने मानिसहरूलाई आशिष् दिनुहुन्छ। उहाँले तेरा साँध-सिमानामा शान्ति स्थापित गरिदिनुहुन्छ, उहाँले तँलाई असल गहूँले तृप्त पार्नुहुन्छ।
भजनसंग्रह 147:12-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे यरूशलेम, याहवेहको स्तुति गर्! हे सियोन, आफ्ना परमेश्वरको प्रशंसा गर्। उहाँले तेरा ढोकाहरूका आग्लोहरू बलियो पारिदिनुहुन्छ; अनि तँभित्र बास गर्ने जातिलाई आशिष् दिनुहुन्छ। उहाँले तेरा सिमानाहरूमा शान्ति ल्याउनुहुन्छ, उहाँले तँलाई असल गहुँले सन्तुष्ट पार्नुहुन्छ।
भजनसंग्रह 147:12-14 पवित्र बाइबल (NERV)
हे यरूशलेम! परमप्रभुको प्रशंसा गर! हे सियोन! आफ्ना परमप्रभुको प्रशंसा गर। यरूशलेम, परमेश्वरले तिम्रा प्रवेशद्वारहरू बलियो बनाइदिनु भयो। अनि परमेश्वरले तिम्रो शहरका मानिसहरूलाई आशीर्वाद दिनुभयो। परमेश्वरले तिमीहरूलाई आफ्नो देशमा ल्याईदिनु भयो। यसैले शत्रुहरूले तिमीहरूका अन्नहरू युद्धमा लगेनन्। अनि तिमीहरूसँग प्रशस्त खाद्य-पदार्थहरू छन्।
भजनसंग्रह 147:12-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे यरूशलेम, परमप्रभुको प्रशंसा गर, हे सियोन, तिम्रा परमेश्वरको प्रशंसा गर! उहाँले तिम्रा ढोकाहरू बलिया बनाउनुहुन्छ, उहाँले तिम्रा मानिसहरूलाई आशिष् दिनुहुन्छ। उहाँले तिम्रा साँध-सिमानाको रक्षा गर्नुहुन्छ र सबैभन्दा असल गहुँले तिमीलाई तृप्त गर्नुहुन्छ।