भजनसंग्रह 145:1-21
भजनसंग्रह 145:1-21 पवित्र बाइबल (NERV)
म मेरो परमेश्वरको प्रशंसा गर्छु र मेरो राजाको प्रशंसा गर्दछु। म तपाईंको नाउँलाई सदा-सर्वदा धन्य मान्नेछु। म प्रत्येक दिन तपाईंको प्रशंसा गर्छु। म तपाईंको नाउँलाई सदा-सर्वदा प्रशंसा गर्नेछु। परमप्रभु महान् हुनुहुन्छ, मानिसहरू उहाँको अत्यन्त गुणगान गर्दछन्, उहाँले गर्नु वा रच्नुभएको महान् चीजहरू हामी गन्न पनि सक्तैनौं। परमप्रभु, तपाईंले गर्नु वा रच्नुभएको कार्यहरूका निम्ति मानिसहरूले सदा-सर्वदा र अनन्तरूपमा प्रशंसा गर्नेछन्। तपाईंको शाही र महिमा अश्चर्यजनक छन् म तपाईंको आश्चर्यकामहरूको बारेमा भन्ने छु। हे परमप्रभु, मानिसहरूले तपाईंका आश्चर्यजनक कार्यहरूको बारेमा भन्नेछन्। म तपाईंले गर्नु भएको महान् कार्यहरूको बारेमा भन्नेछु। मानिसहरूले तपाईंले गर्नुभएका राम्रा कुराहरूको प्रशंसा गर्दछन्। मानिसहरूले तपाईंकै धार्मिकताको गीत गाउने छन्। परमप्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ। परमप्रभु धीरजी र मायालु हुनुहुन्छ। परमप्रभु प्रत्येक मानिसको लागि असल हुनुहुन्छ। परमेश्वरले बनाउनु भएको प्रत्येक कुरामाथि आफ्नो दया देखाउनु हुन्छ। परमप्रभु, जुन कुराहरू तपाईंले गर्नुभयो त्यसले तपाईंको प्रशंसा ल्याउँदछ। तपाईंका भक्तजनहरूले तपाईंको गुण गाउँछन्। तिनीहरूले भन्छन्, तपाईंको राज्य कति महान् छ। तिनीहरूले भन्छन् तपाईं कति महान् हुनुहुन्छ। परमप्रभु, यसकारण अन्य मानिसहरूले तपाईंले गर्नु भएका महान् कार्यहरूका विषयमा सिक्नेछन्। मानिसहरूले तपाईंको राज्य कति महान् र आश्चर्यपूर्ण छ भनेर सिक्नेछन्। परमप्रभु, तपाईंको राज्य सदा-सर्वदा रहनेछ। तपाईंको प्रभुत्व सदा-सर्वदा रहिरहनेछ। पतन भएका मानिसहरूलाई परमप्रभुले उठाउनु हुन्छ। परमप्रभु जो सङ्कटहरूमा पर्दछन् उनीहरूलाई सघाउनु हुन्छ। परमप्रभु, सम्पूर्ण जीवित प्राणीहरूले आफ्नो भोजनको लागि तपाईंलाई नै खोज्दछन् अनि तपाईंले तिनीहरूलाई ठीक समयमा नै आहार दिनुहुन्छ। परमप्रभु, तपाईं आफ्ना हातहरू खुल्ला पार्नुहोस् अनि तपाईंले प्रत्येक जीवित प्राणीहरूलाई उनीहरूको आवश्यकता अनुसार सबै थोकहरू दिनुहोस्। परमप्रभुले गर्नुभएको प्रत्येक कुरा धार्मिक अनि उचित छ। प्रत्येक कुराहरूबाट उहाँ कति भलो हुनुहुन्छ, भन्ने दर्शन्छ। जसले परमप्रभुको साथ माग्छ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ। जसले परमप्रभुलाई साँच्चो मनले पूज्दछ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ। परमप्रभुले त्यही गर्नुहुन्छ जो भक्तजनहरूले चाहन्छन्। परमप्रभुले उहाँका भक्तजनहरूले सहायताको निम्ति गरेको पुकार सुन्नु हुन्छ। उहाँले उनीहरूको प्रार्थनालाई जवाफ दिनुहुन्छ र तिनीहरूलाई बचाउनुहुनेछ। जसले उहाँलाई प्रेम गर्दछ परमप्रभुले तिनीहरूकै रक्षा गर्नुहुन्छ तर परमप्रभुले दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ। म परमप्रभुको प्रशंसा गर्नेछु! म, प्रत्येकले सदा-सर्वदा र अनन्त उहाँको प्रशंसा गरेको चाहन्छु।
भजनसंग्रह 145:1-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमेश्वर मेरा राजा, म तपाईंको नाउँ उच्च पार्दछु, म तपाईंका नाउँको सदासर्वदा प्रशंसा गर्नेछु। प्रतिदिन म तपाईंको प्रशंसा गर्नेछु, र सदासर्वदा म तपाईंका नाउँको स्तुति गर्नेछु, परमप्रभु महान् हुनुहुन्छ र प्रशंसाको अति योग्य, र उहाँको महानता अगम छ। एक पुस्ताले अर्को पुस्तालाई तपाईंका कार्यको प्रशंसा गर्नेछ, तिनीहरूले तपाईंका शक्तिशाली कार्यहरूको घोषणा गर्नेछन्। तिनीहरूले तपाईंको ऐश्वर्य र तेजस्वी वैभवको वर्णन गर्नेछन्, र म तपाईंका आश्चर्यपूर्ण कार्यहरूमाथि चिन्तन गर्नेछु। मानिसहरूले तपाईंको महान् कामहरूका शक्तिको विषयमा चर्चा गर्नेछन्, र म तपाईंका महान् कार्यहरूको घोषणा गर्नेछु। तिनीहरूले तपाईंको प्रचुर भलाइमा आनन्द मनाउनेछन्, र तपाईंका धार्मिकताको जयजयकार गर्नेछन्। परमप्रभु अनुग्रही र टिठालु हुनुहुन्छ, क्रोध गर्नमा ढिलो र अति करुणामय हुनुहुन्छ। परमप्रभु सबैमाथि भलो हुनुहुन्छ। र आफ्नो समस्त सृष्टिमाथि दया राख्नुहुन्छ। तपाईंले सृष्टि गर्नुभएका सबै थोकले, हे परमप्रभु, तपाईंको प्रशंसा गर्नेछन्, र तपाईंका पवित्रजनहरूले तपाईंको स्तुति गर्नेछन्। तिनीहरूले तपाईंको राज्यका महिमाको चर्चा गर्नेछन् र तपाईंका शक्तिको बखान गर्नेछन्, कि सबै मानिसहरूले तपाईंका शक्तिशाली कार्यहरू थाहा पाऊन्, अनि तपाईंका राज्यको महिमापूर्ण वैभव देखून्। तपाईंको राज्य अनन्तको राज्य हो, र तपाईंका प्रभुत्व पुस्तौँ-पुस्तौँसम्म रहिरहनेछ। परमप्रभु आफ्ना सबै प्रतिज्ञाहरूमा विश्वसनीय हुनुहुन्छ, र आफूले रचेका सबै थोकप्रति कृपामय हुनुहुन्छ। लड़ेकाहरू सबैलाई परमप्रभुले सहारा दिनुहुन्छ, दबिएकाहरू सबैलाई उठाउनुहुन्छ। सबै प्राणीहरूका आँखाले तपाईंतिर हेर्दछन्, अनि तपाईंले तिनीहरूको भोजन ठीक समयमा दिनुहुन्छ। तपाईंले आफ्नो मुट्ठी खोल्नुहुन्छ, र सबै प्राणीहरूका मनोरथ सन्तुष्ट पार्नुहुन्छ। परमप्रभु आफ्ना सबै मार्गमा धर्मी हुनुहुन्छ, र आफूले रचेका सबै थोकप्रति कृपालु हुनुहुन्छ। परमप्रभुलाई पुकारा गर्नेहरू सबैका नजिक उहाँ हुनुहुन्छ, सबैका नजिक ज-जसले उहाँलाई सत्यतामा पुकार्दछन्। उहाँको भय मान्नेहरू सबैका मनोरथ उहाँले पूरा गर्नुहुन्छ, उहाँले तिनीहरूको पुकारा सुन्नुहुन्छ, र तिनीहरूलाई बचाउनुहुन्छ। उहाँलाई प्रेम गर्ने सबैलाई परमप्रभुले रक्षा गर्नुहुन्छ, तर सबै दुष्टहरूलाई उहाँले नाश गर्नुहुनेछ। मेरो मुखले परमप्रभुको प्रशंसामा बोल्नेछ। प्रत्येक प्राणीले सदासर्वदा उहाँको पवित्र नाउँको प्रशंसा गरून्।

भजनसंग्रह 145:1-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे मेरा परमेश्वर, मेरा राजा, म तपाईंलाई उच्च पार्नेछु; म सदासर्वदा तपाईंको नामको प्रशंसा गर्नेछु। हरेक दिन म तपाईंको प्रशंसा गर्नेछु, र सदासर्वदा तपाईंको नामको स्तुति गर्नेछु। याहवेह महान् र प्रशंसाको अति योग्य हुनुहुन्छ; उहाँको महानता अपार छ। एक पुस्ताले अर्को पुस्तालाई तपाईंका महान् कामहरूको प्रशंसा गर्नेछन्; तिनीहरूले तपाईंका शक्तिशाली कामहरूको वर्णन गर्नेछन्। तिनीहरूले तपाईंका ऐश्वर्यको महिमामय वैभवको वर्णन गर्नेछन्— र म तपाईंका आश्चर्यपूर्ण कार्यहरूमा मनन गर्नेछु। मानिसहरूले तपाईंका अद्भुत कार्यहरूका शक्तिको विषयमा चर्चा गर्नेछन्— र म तपाईंका महान् कार्यहरूको घोषणा गर्नेछु। तिनीहरूले तपाईंको प्रशस्त भलाइको बारेमा उत्सव मनाउनेछन्, र तपाईंको धार्मिकताबारे आनन्दले जयजयकार गर्नेछन्। याहवेह अनुग्रही र कृपालु हुनुहुन्छ; रिसाउनमा ढिलो र अचुक प्रेममा महान् हुनुहुन्छ। याहवेह सबैमाथि भलो हुनुहुन्छ; र आफ्ना सारा सृष्टिमाथि उहाँले कृपा देखाउनुहुन्छ। हे याहवेह, तपाईंले सृष्टि गर्नुभएका सबै थोकले तपाईंको प्रशंसा गर्दछन्; तपाईंका विश्वासयोग्य जनहरूले तपाईंको स्तुति गर्नेछन्। तिनीहरूले तपाईंको राज्यको महिमाको वर्णन गर्नेछन्; र तपाईंको शक्तिको बखान गर्नेछन्, ताकि सबै मानिसहरूले तपाईंका शक्तिशाली कार्यहरू, र तपाईंका राज्यको महिमामय वैभव थाहा पाऊन्। तपाईंको राज्य अनन्तको राज्य हो, र तपाईंको प्रभुत्व पुस्तौँ-पुस्तासम्म रहिरहन्छ। आफ्ना सबै प्रतिज्ञामा याहवेह भरोसायोग्य हुनुहुन्छ, र उहाँले गर्नुहुने सबै थोकप्रति विश्वासयोग्य हुनुहुन्छ। लडेकाहरू सबैलाई याहवेहले सहारा दिनुहुन्छ; दबिएकाहरू सबैलाई उठाउनुहुन्छ। सबैका आँखाहरूले तपाईंकै बाटो हेर्दछन्; अनि तपाईंले तिनीहरूलाई उचित समयमा तिनीहरूको भोजन दिनुहुन्छ। तपाईंले आफ्नो मुट्ठी खोल्नुहुन्छ, र हरेक जीवित प्राणीका इच्छाहरूलाई तृप्त पार्नुहुन्छ। याहवेह उहाँका सबै मार्गहरूमा धर्मी हुनुहुन्छ, र उहाँले गर्नुहुने सबै थोकप्रति विश्वासयोग्य हुनुहुन्छ। याहवेहलाई पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ, उहाँलाई सत्यतामा पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ। उहाँको भय मान्नेहरूका इच्छालाई उहाँले पूरा गर्नुहुन्छ; उहाँले तिनीहरूको पुकार सुन्नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ। उहाँलाई प्रेम गर्ने सबैलाई याहवेहले रक्षा गर्नुहुन्छ; तर सबै दुष्टहरूलाई उहाँले नाश पार्नुहुनेछ। मेरो मुखले याहवेहको प्रशंसा गर्नेछ; हरेक प्राणीले सदासर्वदा उहाँको पवित्र नामको प्रशंसा गरून्!
भजनसंग्रह 145:1-21 पवित्र बाइबल (NERV)
म मेरो परमेश्वरको प्रशंसा गर्छु र मेरो राजाको प्रशंसा गर्दछु। म तपाईंको नाउँलाई सदा-सर्वदा धन्य मान्नेछु। म प्रत्येक दिन तपाईंको प्रशंसा गर्छु। म तपाईंको नाउँलाई सदा-सर्वदा प्रशंसा गर्नेछु। परमप्रभु महान् हुनुहुन्छ, मानिसहरू उहाँको अत्यन्त गुणगान गर्दछन्, उहाँले गर्नु वा रच्नुभएको महान् चीजहरू हामी गन्न पनि सक्तैनौं। परमप्रभु, तपाईंले गर्नु वा रच्नुभएको कार्यहरूका निम्ति मानिसहरूले सदा-सर्वदा र अनन्तरूपमा प्रशंसा गर्नेछन्। तपाईंको शाही र महिमा अश्चर्यजनक छन् म तपाईंको आश्चर्यकामहरूको बारेमा भन्ने छु। हे परमप्रभु, मानिसहरूले तपाईंका आश्चर्यजनक कार्यहरूको बारेमा भन्नेछन्। म तपाईंले गर्नु भएको महान् कार्यहरूको बारेमा भन्नेछु। मानिसहरूले तपाईंले गर्नुभएका राम्रा कुराहरूको प्रशंसा गर्दछन्। मानिसहरूले तपाईंकै धार्मिकताको गीत गाउने छन्। परमप्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ। परमप्रभु धीरजी र मायालु हुनुहुन्छ। परमप्रभु प्रत्येक मानिसको लागि असल हुनुहुन्छ। परमेश्वरले बनाउनु भएको प्रत्येक कुरामाथि आफ्नो दया देखाउनु हुन्छ। परमप्रभु, जुन कुराहरू तपाईंले गर्नुभयो त्यसले तपाईंको प्रशंसा ल्याउँदछ। तपाईंका भक्तजनहरूले तपाईंको गुण गाउँछन्। तिनीहरूले भन्छन्, तपाईंको राज्य कति महान् छ। तिनीहरूले भन्छन् तपाईं कति महान् हुनुहुन्छ। परमप्रभु, यसकारण अन्य मानिसहरूले तपाईंले गर्नु भएका महान् कार्यहरूका विषयमा सिक्नेछन्। मानिसहरूले तपाईंको राज्य कति महान् र आश्चर्यपूर्ण छ भनेर सिक्नेछन्। परमप्रभु, तपाईंको राज्य सदा-सर्वदा रहनेछ। तपाईंको प्रभुत्व सदा-सर्वदा रहिरहनेछ। पतन भएका मानिसहरूलाई परमप्रभुले उठाउनु हुन्छ। परमप्रभु जो सङ्कटहरूमा पर्दछन् उनीहरूलाई सघाउनु हुन्छ। परमप्रभु, सम्पूर्ण जीवित प्राणीहरूले आफ्नो भोजनको लागि तपाईंलाई नै खोज्दछन् अनि तपाईंले तिनीहरूलाई ठीक समयमा नै आहार दिनुहुन्छ। परमप्रभु, तपाईं आफ्ना हातहरू खुल्ला पार्नुहोस् अनि तपाईंले प्रत्येक जीवित प्राणीहरूलाई उनीहरूको आवश्यकता अनुसार सबै थोकहरू दिनुहोस्। परमप्रभुले गर्नुभएको प्रत्येक कुरा धार्मिक अनि उचित छ। प्रत्येक कुराहरूबाट उहाँ कति भलो हुनुहुन्छ, भन्ने दर्शन्छ। जसले परमप्रभुको साथ माग्छ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ। जसले परमप्रभुलाई साँच्चो मनले पूज्दछ उहाँ ती प्रत्येकको नजीक हुनुहुन्छ। परमप्रभुले त्यही गर्नुहुन्छ जो भक्तजनहरूले चाहन्छन्। परमप्रभुले उहाँका भक्तजनहरूले सहायताको निम्ति गरेको पुकार सुन्नु हुन्छ। उहाँले उनीहरूको प्रार्थनालाई जवाफ दिनुहुन्छ र तिनीहरूलाई बचाउनुहुनेछ। जसले उहाँलाई प्रेम गर्दछ परमप्रभुले तिनीहरूकै रक्षा गर्नुहुन्छ तर परमप्रभुले दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ। म परमप्रभुको प्रशंसा गर्नेछु! म, प्रत्येकले सदा-सर्वदा र अनन्त उहाँको प्रशंसा गरेको चाहन्छु।
भजनसंग्रह 145:1-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तपाईंको महान्ताको घोषणा गर्नेछु, हे मेरा परमेश्वर, मेरा राजा! म सदासर्वदा तपाईंलाई धन्यवाद चढाउनेछु। म प्रतिदिन तपाईंलाई धन्यवाद चढाउनेछु, सदासर्वदा म तपाईंको प्रशंसा गर्नेछु। परमप्रभु महान् हुनुहुन्छ र उहाँको उच्च प्रशंसा हुनुपर्छ, उहाँको महान्ता बुझ्न नसकिनेछ। एक पुस्तादेखि अर्को पुस्ताले तपाईंको कामको प्रशंसा गर्नेछ, तपाईंको शक्तिशाली कामहरूबारे तिनीहरूले जोडले भन्नेछन्। तिनीहरूले तपाईंका महिमा र राजकीय गौरवबारे भन्नेछन् र म तपाईंका उदेकका कामहरूमा ध्यान दिनेछु। मानिसहरूले तपाईंका शक्तिशाली कामहरूबारे भन्नेछन् र म तपाईंको महान्ताबारे जोडले भन्नेछु। तिनीहरूले तपाईंका सारा भलाइको बयान गर्नेछन् र तपाईंको दयाबारे गाउनेछन्। परमप्रभु प्रेमी र कृपालु हुनुहुन्छ, रिस गर्नमा ढीलो र अनन्त प्रेमले परिपूर्ण। उहाँले सबैलाई भलो गर्नुहुन्छ र आफूले बनाउनुभएका सबैमाथि दया देखाउनुहुन्छ। परमप्रभु! तपाईंका सारा सृष्टिले तपाईंको प्रशंसा गर्नेछन् र तपाईंका सबै प्रजाले तपाईंलाई धन्यवाद चढाउनेछन्। तपाईंको राज्य-शक्तिको महिमाबारे तिनीहरूले भन्नेछन् र तपाईंको सामर्थ्यको बयान गर्नेछन्। सबैले तपाईंका सामर्थी कामहरू र तपाईंको राज्यका महिमापूर्ण राजकीय गौरवबारे जान्नेछन्, तपाईंको राज्यको अन्त छैन र तपाईं सदासर्वदाको लागि राजा हुनुहुन्छ। परमप्रभुले आफ्ना प्रतिज्ञाहरू पूरा गर्न विश्वासयोग्य हुनुहुन्छ र उहाँ आफ्ना सबै कामहरूमा दयालु हुनुहुन्छ। कष्टमा परेकाहरूलाई उहाँ सहायता गर्नुहुन्छ, उहाँले लडेकाहरूलाई उठाउनुहुन्छ। सबै जीवित प्राणीहरूले तपाईंलाई आशा गरेर हेर्दछन् र तिनीहरूलाई चाहिएका बेलामा तपाईं भोजन दिनुहुन्छ। तिनीहरूलाई तपाईंले पेटभरि खुवाउनुहुन्छ र तिनीहरू सबैका अभावहरू पूरा गरिदिनुहुन्छ। आफूले गर्नुभएका सारा कामहरूमा परमप्रभु धार्मिक हुनुहुन्छ, आफ्ना सबै काममा उहाँ कृपालु हुनुहुन्छ। उहाँलाई पुकार्नेहरू उहाँलाई साँचो मनले पुकार्नेहरू, सबैका नजिक उहाँ हुनुहुन्छ। उहाँलाई आदर गर्नेहरूका अभावहरू उहाँले भरिदिनुहुन्छ, उहाँले तिनीहरूको पुकार सुन्नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ। उहाँलाई प्रेम गर्ने हरेकलाई उहाँले रक्षा गर्नुहुन्छ, तर दुष्टहरूलाई भने उहाँले नाश गर्नुहुनेछ। म सधैँ परमप्रभुको प्रशंसा गर्नेछु, उहाँका सारा सृष्टिले सदासर्वदा उहाँको पवित्र नामको प्रशंसा गरोस्।